फ्रष्ट एण्ड सलिभन र सिएनआइले मिलेर नेपाल बिजनेस एक्सलेन्स अवार्ड्स आयोजना गर्ने



काठमाण्डौं । फ्रष्ट एण्ड सलिभन तथा नेपाल उद्योग परिसंघ सिएनआइले संयूक्त रुपमा आयोजना गर्ने नेपाल बिजनेस एक्सलेन्स अवार्ड्स (एनविइए) २०१७ को पहिलो संस्करण आगामी नोभेम्वर १४ मा काठमाण्डौंमा हुने भएको छ ।

फ्रष्ट एण्ड सलिभन तथा सिएनआइले सफल कम्पनीहरुमा नाफामुखी र दिगोपना जस्ता दुई मुख्य व्यापारीक ध्येय हुनुपर्ने कुरालाई केन्द्रमा राखेर यस्तो अवार्ड गर्न लागेका हुन् ।

फ्रष्ट एण्ड सलिभन तथा सिएनआइले नेपालका विभिन्न कम्पनीहरु माझ व्यापार उत्कृष्टताको स्थापना तथा मूल्यांकन गर्ने फरक एउटा फोरमको शुरुवात गर्ने लक्ष्य लिएका बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

नेपाल बिजनेस एक्सलेन्स अवार्ड्स २०१७ व्यापारका नेतृत्वकर्ताहरुको व्यवसायहरुमा दिगोपना निर्माण गर्ने, कम्पनीहरुले दिगोपना र लगानीकर्तामैत्री व्यापार ढाँचा अपनाए/नअपनाएको पहिचान गर्ने आदि जस्ता मूख्य कुराहरुलाई मूल्यांकन तथा जोड दिन रचना गरिएको सो अबसरमा जानकारी दिइयो ।

अवार्ड मूल्यांकनले व्यापार बृद्धि, सुधारिएको प्रतिस्पर्धातर्फ संस्थाको उद्देश्य र व्यापार प्रभावकारीताका लागि आवश्यक कार्यप्रदर्शन जस्ता कम्पनीका रणनीतिक लक्ष्यहरुलाई झल्काउने उद्देश्य लिएको आयोजकको भनाइ छ ।

आयोजकका अनुसार उत्पादन, व्यापार, सूचना प्रविधि अस्पताल, निर्माण, प्रचालन, होटल, बैंकिङ्घ, वित्तीय सेवा तथा बीमा कम्पनीहरु यस मूल्यांकन प्रक्रियामा सहभागी हुन योग्य हुनेछन् ।

यस्तो अवार्डमा सहभागी हुन चाहने कम्पनीहरुको बिक्री कारोबारमा आधारित चार श्रेणीहरु रहने छन् । जस अनुसार भर्खरै उदयीमान व्यापार गरेका कम्पनीहरुको श्रेणीमा ३ करोड रुपैयाँभन्दा कम बार्षिक कारोबार भएका कम्पनीहरु पर्ने छन् भने मध्यम व्यापार कम्पनीहरुमा ३ करोड रुपैयाँदेखि २५ करोड रुपैयाँसम्मको बार्षिक कारोबार भएका कम्पनी पर्नेछन् ।

आयोजकका अनुसार ठूला व्यापार श्रेणीमा २५ करोड रुपैयाँदेखि ५० करोड रुपैयाँसम्मको बार्षिक कारोबार भएका कम्पनीहरु पर्नेछन् भने अति ठूला व्यापार भएका कम्पनीहरुमा ५० करोड रुपैयाँभन्दा बढि बार्षिक कारोबार भएका कम्पनीहरु पर्नेछन् ।

बिहिबार आयोजित अवार्ड कार्यक्रमको उद्घाटनमा फ्रष्ट एण्ड सलिभनका म्यानुफ्याक्चरिङ्घ एण्ड कन्सल्टिङ्घ प्राक्टिस् निर्देशक नितिन कलोथियाले नेपाल आर्थिक परिवर्तनको प्रक्रियामा रहेको भन्दै यसले यस क्षेत्रमा नयाँ अवसर, चुनौति तथा प्रतिस्पर्धाहरु ल्याउने आशा ब्यक्त गरे । कुल ग्राहस्थ उत्पादन ७.५ प्रतिशतले बृद्धि भएको आर्थिक बर्ष २०१७ मा पूर्वाधार तथा उर्जा क्षेत्रमा गरिएको लगानीलाई आशाजनक मान्नु पर्ने कलोथियाको भनाइ छ ।

भविष्यका लागि तयार रहन कम्पनीहरुले नयाँ व्यापार ढाँचाहरु सृजना गर्ने र कार्यान्वयन गर्ने, विश्वव्यापी सुत्रधारहरुबाट सिक्न तिनका व्यापारका उत्कृष्ट ढाँचाहरुलाई अवलम्बन गर्न आवश्यक रहेको उनले बताए ।

नेपाल बिजनेस एक्सलेन्स अवार्ड्स २०१७ चेतना फैलाउने र नेपालका कम्पनीहरु माझ विश्वका उत्कृष्ट अभ्यासहरु चिनाउन सहयोगी हुने भन्दै कलोथियाले यो कार्यक्रमले संस्थाहरु माझ बृद्धि, नाफा र प्रतिस्पर्धा पनि विकास गर्ने बताए ।

परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपाल नीतिगत स्थायित्व र स्थीर आर्थिक वृद्धितर्फ अघि बढीरहेको भन्दै कम्पनीहरुका लागि वृहत लगानी र विस्तार गर्ने अवसरका ढोकाहरु खोलिरहेको बताए । यस्तो अवस्थामा आफ्नो दक्षता, परिणाम र कार्यप्रदर्शन सुधार गरी बजार सुहाउने बन्नका लागि नेपाली कम्पनीहरुले अन्तर्राष्ट्रिय रुपमा स्वीकृत प्रणालीहरु अवलम्बन गर्न आवश्यक भएको अध्यक्ष शर्माको भनाइ छ ।

आयोजकले दिएको जानकारी अनुसार अवार्ड प्रतिस्पर्धामा सहभागी हुन चाहने सम्पूर्ण वर्गका योग्य कम्पनीहरुको मूल्यांकन फ्रष्ट एण्ड सलिभन तथा परिसंघका सदस्यहरु रहेको एलिट जुरी प्यालनद्धारा गरिने छ । मूल्यांकनमा संस्थाका चार मूख्य व्यापार प्रक्रियाको मापन गरिने छ ।

ती प्रक्रियाहरुमा व्यापार योजना (उपलब्धी योजना सहित), रणनीति क्रमबद्धता र प्रयोग (बाझिएका नीतिको पहिचान सहित), संस्थागत विकास÷सहायता (उत्तराधिकारीको योजना सहित) र प्रक्रिया व्यवस्थापन (बल्झिरहने समस्याका रोकथामका उपाय सहित) हुनेछ ।

यी चार प्रक्रियाले व्यापार परिणाम मूल्यांकनको पाँचौ तत्वमा पु¥याउने आयोजकको दाबी छ । सो प्रतिस्पर्धामा समग्र बिजेताहरुलाई सुपर प्लेटिनम अवार्ड र सुपर प्लेटिनम अवार्ड फस्र्ट रनरअप प्रदान गरिने आयोजकको भनाइ छ । यस बाहेक क्षेत्र विषेश पुरस्कारहरु पनि प्रदान गरिने छ । यस्तो पुरस्कारलाई जसलाई प्लेटिनम, गोल्ड र सिल्भर भनेर बर्गीकरण गरिएको छ ।


क्लिकमान्डु