महावीरको यो छटपटी र ती भारतीय युवाको सफलता



काठमाडौं । नेपालका म्यागासेसे अवार्ड बिजेता एवं समाजसेवी महावीर पुनले ४० करोड रुपैंयाँको आविष्कार केन्द्र स्थापना गर्ने योजनाका लागि आफुले जितेका पदक लिलामी गर्ने घोषणा गरे ।

नेपालमा कुनैपनि नयाँ व्यवसाय शुरुवाती चरणबाट स्थापना गर्न समस्या हुने गरेको बेलामा छिमेकी मुलुक भारतमा भने भर्खरका युवाहरुले ‘स्टार्टअप’ (प्रारम्भिक ब्यवसाय) बाटै करोडौं कमाउन थालिसकेका छन् ।

प्रारम्भिक ब्यवसाय कठिन हुन्छ, एकदमै कठिन । काम गर्ने निश्चित समय हुँदैन, जसको मतलब काम २४ सै घण्टा हुनसक्छ । आम्दानी पनि निश्चित र सुरक्षित हुँदैन । सफलताको कुनै ग्यारेन्टी हुँदैन, साधन स्रोत सिमित हुन्छन् । तर, काम ठिक ठाउँमा परे मानिसहरु रातारात करोडपति वा अर्बपति पनि हुनसक्छन् ।

सबै स्टार्टअप कम्पनीहरु सफल हुँदैनन् । तर, प्रबिधिको बिकासले यसलाई केही हदसम्म सहज बनाएको छ । मेहेनत, सृजनशीलता र नविनतम आइडिया भएकालाई केही सहज पक्कै पनि भएको छ । यही सहजताको उपयोग गर्दै छिमेकी राष्ट्र भारतमा केही ‘स्टार्टअप’ हरुले आकाश छोएका छन् ।

अंकित भाटी र भाबिनाश अग्रवाल

यी दुई युवा ‘ओला क्याब’ नामक यातायात नेटवर्किङ कम्पनीका संस्थापक हुन् । उनीहरु क्रमशः २९ र ३० बर्षका छन् । एक रिर्पोट अनुसार उनीहरुको सम्पत्ति प्रतिब्यक्ति २ हजार ३ सय ८५ करोड भारु छ ।

भाबिनाशले आफ्नो करिअर माइक्रोसफ्टबाट शुरु गरेका थिए । त्यपछि उनले आफ्नै अनलाइन ट्राभल एजेन्सी शुरु गर्न माइक्रोसफ्ट छाडेका थिए । पछि उनले अंकितसँग मिलेर सन् २०१० मा ओला क्याब स्थापना गरे । शुरुमा उनको परिवारले समेत छोरा कुनै ट्राभल एजेन्टको रुपमा काम गरिरहेको छ भन्ने सोचेका थिए ।

कुनाल भाल

उनी ‘स्न्यापडिल’ (भारतको चर्चित इ—कर्मश साइट) का सह—संस्थापक एवं प्रमुख कार्यकारी हुन् । ३२ बर्षीय कुनालको ‘नेट वर्थ’ २ हजार ३ सय १४ करोड भारु छ । उनी अमेरिकाबाट इन्जिनियरिङमा स्नातक हुन् । उनले पनि कुनै समय माइक्रोसफ्टमा काम गरेका थिए ।

 

सचिन बंसल र बिन्नी बंसल

उनीहरु ‘ फ्लिपकार्ट’ का संस्थापक हुन् । यस इ—कर्मश साइट भारतमा यस क्षेत्रमा धेरै अवसर भएका बेला स्थापना भएको थियो । त्यस बेला भारतामा अमेजोन जस्ता बिश्व बिख्यात इ—कर्मश ब्यवसायको भारतमा प्रवेश भैसकेको थिएन । उनीहरुले सन् २००७ मा ‘ फ्लिपकार्ट’ को शुरुवात गरेका थिए । हाल उनीहरुको सम्पत्ति १ अर्ब डलर हाराहारी छ । ‘फ्लिपकार्ट’ शुरुमा अनलाइन किताब रिटेलरको रुपमा शुरु भएको थियो । उनीहरुको आकर्षक तलब सहितको जागीर छाडेर यो ब्यवसाय शुरु गरेका थिए ।

बिजय शेखर शर्मा

३८ बर्षीय शर्मालाई कुनै समय आफ्ना बिद्यालयका सहपाठीहरुले अंग्रेजी नजान्ने भनेर गिज्याउने गरेका थिए । अहिले उनी मोबाइल वालेट ‘पेटिएम’ को संस्थापक भएका छन् । अहिले उनको नेटवर्थ २ हजार ८ सय २४ करोड भारु छ । उनले अत्यन्तै गरिब परिवारबाट यहाँसम्मको यात्रा तय गरेका हुन् । अलिगढको सानो गाउँबाट आएका उनले दिल्ली टेक्नोलोजिकल युनिभर्सिटीमा पढेका थिए ।

नविन तिवारी

भारतको प्रतिष्ठित ‘आइआइटि’ कानपुरमा पढेका उनले हार्वड बिजनेश स्कुलसम्मको यात्रा गरे । यो समयमा उनले कामदारदेखि मालिकसम्मको यात्रा गरे । उनले सन् २००७ मा ‘एम—खोज’ र अहिले ‘इन मोबी’ स्थापना गरेका छन् । इन मोबी भारतकै ठूलो मोबाइल नेटवर्क कम्पनी हो । ३९ बर्षको उमेरमा उनको कुल सम्पत्ति १६ सय ६८ करोड भारु छ । एजेन्सीको सहयोगमा


क्लिकमान्डु