सेयर किन्न दिएको पैसा ब्रोकरले खाइदिए के गर्ने ? रबिन्द्र भट्टराईको लेख



लगानीकर्ताले बर्षौंदेखि भोग्दै आएका पिडा विस्तारै कम हुदै गएका छन् । यसका लागि धितोपत्र बोर्डका पछिल्ला पहलको प्रशंशा गर्नै पर्छ । ब्रोकरका शाखा विस्तारसँगै उपत्यका बाहिरका लगानीकर्ताले पहूँचको अभावमा चाहेको बेला सेयर विक्री गर्न नपाउने पिडा कम हुदै गएका छन् ।

त्यस्तै कम्पनीले दिएको नगद लाभांश लगानीकर्ताको खातामा जम्मा गरिदिने व्यवस्था पूर्णरुपमा कार्यान्वयन त भएको छैन । तर पनि यसको सुरुवातले सेयर किनेर लाभांश लिन नसकिने समस्याबाट पनि लगानीकर्ताले विस्तारै मुक्ति पाउने अपेक्षा गर्न सकिन्छ ।

कतिपय गतिविधि विवदास्पद भए पनि पछिल्लो समयमा सेयरबजारको सुधारका लागि धितोपत्र बोर्डले गरेका प्रयासको प्रशंशा गर्नै पर्छ । बोर्डका पछिल्ला प्रयासका कारण पुँजी बजारमा लगानीकर्ताको पहुँच र सुविधा विस्तारै बढ्दै गएका छन् ।

तर प्रश्न उठाउनै पर्छ, के सुविधार पहुँच विस्तार मात्रप र्याप्त छ ? अवश्य पनि छैन । यससँगै अन्य दुईवटा विषय जोडिन आवश्य छन् । ती हुन् लगानीका विकल्प र सुरक्षा । बोर्डले अब लगानीका विकल्पतर्फ पनि सोच्न आवश्यक छ ।

हामीसँग बिकल्पको कमी छ । हामी केवल कम्पनीका साधारण सेयरमा मात्र सिमित भयौं । हामीसँग लगानीका अन्य विकल्प कम भए ।

सेयरसँग जोडिएका केही डेरिभेटिलाई बजारमा ल्याइन आवश्य छ । जसले लगानीकर्तालाई जोखिमन्यु निकरण गर्न सघाउँछ । जस्तो नेप्से परिसुचकसँग जोडिएर कारोबार गर्न सकिने इन्डेक्स फ्युचरर्स र यसको कारोबारका बारेमा सोच्नु पर्छ । त्यो भन्दा पहिला नेप्से परिसुचकलाई बढी भन्दा बढी विश्वसनीय बनाइनु पर्छ । यो काम नेपाल स्टक एक्सचेन्जले गर्नु पर्ने हो । तर यसको कमजोर नेतृत्वका कारण तत्काल धेरै आशा गर्ने ठाँउ छैन ।

ब्रोकर र तीनका कर्मचारीका कारण लगानीकर्तामा उत्पन्न हुने जोखिमका बारेमा हामीले सोचेका छैनौं । बोर्डले यसतर्फ किन ध्यान दिएन ? यो गम्भिर विषय छ । मानिसका आँकांक्षा अनेक हुन सक्छन् । लोभ असिमित हुन सक्छ । जसका कारण लगानीकर्ताले ठुलो जोखिम मोल्नु परिरहेको हुन्छ ।

त्यस्तै हाम्रो सेयर बजारमा लगानी र लगानीकर्ताको सुरक्षा अत्यन्तै कमजोर छ । जसका कारण कुनैपनि बेला ठुला दुर्घटना हुन सक्छन् । जसको मारमा लगानीकर्ता पर्ने छन् । यसको प्रमुख कारण कानुनी संरचनामा भएका कमजोरी र अनुसन्धानको कमी हो ।

अहिले ब्रोकरका शाखा विभिन्न शहरमा विस्तार हुँदै गएका छन् । छोटो समयमा धेरै शाखा खुलेका छन् । जुन राम्रो कुरा हो । बजार विस्तार र लगानीकर्ताको पहुँच विस्तारका हिसावले यो अत्यन्तै सकारात्मक छ । तर यससँगै हामीले अर्को महत्वपूर्ण विषय विर्सिरहेका छौं । र, त्यो हो लगानीकर्ताको सुरक्षा ।

ब्रोकर र तीनका कर्मचारीका कारण लगानीकर्तामा उत्पन्न हुने जोखिमका बारेमा हामीले सोचेका छैनौं । बोर्डले यसतर्फ किन ध्यान दिएन ? यो गम्भिर विषय छ । मानिसका आँकांक्षा अनेक हुन सक्छन् ।

लोभ असिमित हुन सक्छ । जसका कारण लगानीकर्ताले ठुलो जोखिम मोल्नु परिरहेको हुन्छ । जसरी अहिले बैकमा कर्मचारीका कारण भएको ठुलठुला घोटला र अनियमितताका कुरा आइरहेका छन् । त्यस्तै सहकारीमा भएका अनियमितता असिमित छन् । कति बाहिर आउछन्, कति आउदैनन् ।

सेयर बजारमा पनि यस्ता अनियमितता बेलाबेलामा हुने गरेका छन् । तर धेरै अनियमितता विचैमा गुपचुप बनाइन्छ । अध्ययनकै क्रममा हराउछन् । नक्कली सर्टिफिकेटको प्रकरण त्यसै गुपचुप बनाइयो । जुन नक्कली नोट छाप्ने कामभन्दा बढी अपराधिक हुन सक्थ्यो होला । यस अघिपनि केही ब्रोकरका लाइसेन्स खारेज गरिएका छन् । जसका कारण ब्रोकर नम्बरको सुचिमा कतिनम्बरहरु अझै पनि खालि देख्न पाइन्छ ।

ब्रोकरले गर्ने अपराध र त्यसबाट लगानीकर्तामा हुने नोक्सानीको तत्काल बीमाको व्यवस्था गरिनु पर्छ । यसमा हामी धेरै ढिला भै सकेका छौं । बोर्डले अन्य कुरा थाँति राखेर भए पनि यसमा तत्काल गृहकार्य गर्न आवश्यक छ । ब्रोकरको व्यवसायको बीमा गरिनु पर्छ । जुन ब्रोकरको हितका निम्ति भन्दापनि ब्रोकरका कारण लगानीकर्तालाई हुन सक्ने नोक्सानबाट बचाउन गरिने बीमा हो ।

जस्तो लागानीकर्ताले ब्रोकरलाई सेयर खरिद गर्नका लागि चेक दिन्छ । त्यो पैसा ब्रोकरको खातामा जम्मा हुन्छ । त्यस्तै बिक्री गरेपछि पैसा सर्वप्रथम ब्रोकरको खातामा आउछ । गलत नियत राखेर ब्रोकर वा उसका कर्मचारीले यो पैसामा आँखा लगाउन थाल्यो भने लगानीकर्ताको पैसा डुव्न सक्छ ।

अहिले पनि धेरै नयाँ लगानीकर्ताले ब्रोकरलाई चेक दिने बेलामा खुट्टा कमाउ छन् । उनीहरुको मुटु डरले एक पटक काँप्छ । लगानीकर्ताका यस्ता डरलाई कम गर्न बजारमा पर्याप्त सुरक्षाको व्यवस्था अपनाइनु पर्छ । यसैगरी ब्रोकरले आफै कारोबार गरेर ठुलो नोक्सान भए त्यसको क्षति पुर्तिका लागि उसले लगानीकर्ताको पैसामा आँखा लगाउन सक्छ । जसबाट लगानीकर्ता फस्न सक्छन् । यसका निम्ति पनि बीमाको आवश्यक छ । जुन तत्काल गरिनु पर्छ । भट्टराई सेयर बजार विश्लेषक हुन् ।


क्लिकमान्डु