आखिर किन लोकप्रिय छ, नोकिया ३३१० ?




१७ वर्षपछि नोकियाको चर्चित ह्यान्ड सेट ३३१० लाई पुनः बजारमा ल्याएको ल्याइएको छ । नोकियाले सन् २०००मा फिचर फोन ३३१० लाई बजारमा भित्रिएको थियो । यो सेट हालसम्ममा उत्पादन भएका ह्यान्ड सेटमध्येमा सर्वाधिक बिक्री भएको फोन हो । संसारभरका १२ करोड ६० लाख मानिसले नोकियाको यो सेट प्रयोग गरेको कम्पनीको दाबी छ ।

आइडीसीको २०१६ को तीन महिनाको तथ्यांकअनुसार फिचर फोनको बजार अहिले पनि बाँकी छ । त्यसैले हुन सक्छ नोकियाले दोस्रो पटक फोनलाई बजारमा उतारेको हो ।

वर्षौपछि टुजी नेटवर्कमा चल्ने फोनलाई पुन सार्वजनिक गर्नु भनेको संसारका कयौं मानिसलाई आश्चर्य लाग्न सक्छ । यसमा आश्चर्य मान्नु पर्ने कुरा छैन, दिन दुई गुणा रात चार गुणा स्मार्टफोनको व्यापार भइरहेको छ ।

सन् २०१३ मा रसियन सरकारले कम्प्युटर ह्याक हुन सक्ने भन्दै आफ्ना जिम्मेवार एजेन्सीलाई टाइपराइटर किन्नका लागि विज्ञापन नै प्रकाशित गरेको थियो ।

व्हिसलब्लोअर एडवर्ड स्नोडेन र विकिलिक्सबाट प्रभावित भएर महत्वपूर्ण जानकारीको सुरक्षाका लागि एजेन्सीहरु कम्प्युटरको ठाउँमा टाइपराइटरको प्रयोग गर्न चाहन्छन् ।

तर, सुरक्षाका हिसाबले स्मार्टफोनलाई सुरक्षित मान्न सकिदैन । नोकियाले सुरक्षामा विश्वास गर्ने ग्राहकलाई ध्यानमा राखेर बजारबाट पूर्णरुपमा विस्थापित भएको फिचर फोनलाई पुनः व्यूँताएको हो ।

‘द मिलेनियम सिईओ’का लेखक डेनियल न्यूम्यनकाका अनुसार कुनै पनि ग्याजेट ह्याकिङबाट बच्न सक्छैन । ‘नयाँ प्रविधिवाला ग्याजेट यस मामलामा अधिक कमजोर छ,’ उनी भन्छन् ।

अमेरिकी खुफिया एजेन्सी एफबीआईले इन्टरनेटमा जोडिएको चिज ह्याक हुने सम्भावना अधिक छ भनेर पहिलै चेतावनी दिइसकेको छ ।

सन् २०१३ मा रसियन सरकारले कम्प्युटर ह्याक हुन सक्ने भन्दै आफ्ना जिम्मेवार एजेन्सीलाई टाइपराइटर किन्नका लागि विज्ञापन नै प्रकाशित गरेको थियो । व्हिसलब्लोअर एडवर्ड स्नोडेन र विकिलिक्सबाट प्रभावित भएर महत्वपूर्ण जानकारीको सुरक्षाका लागि एजेन्सीहरु कम्प्युटरको ठाउँमा टाइपराइटरको प्रयोग गर्न चाहन्छन् ।

रसियन सेना र आपतकालिन सेवामा अहिले कम्प्युटरको प्रयोग गरिँदैन ।

यस्तो गर्नेमा रशिया एक्लो देश हैन । सन् २०१४ मा अमेरिकी सुरक्षा एजेन्सी एनएसएले जर्मनी सरकारको इमेल ह्याक गरेको आरोप जर्मनीले लगाएको थियो । त्यस समयपछि जर्मनीमा कम्प्युटर र फोनको ठाउँमा टाइपराइटर प्रयोग गर्ने विषयमा छलफल भएको थियो ।

आईफोनको डाटा ह्याक गर्न धेरै पटक पासवर्ड हाल्ने कोशिस गरेमा फोनले आफ्नो डाटा आफै डिलिट गरिदिन्छ ।

अमेरिकी सरकारसँग ४ विशेष प्रकारको विमान भएको हल्ला व्यापक रुपमा चलेको थियो । ति विमानले परमाणु युद्ध भएमा अमेरिकी अधिकारी र मन्त्रीहरुलाई कयौं दिनसम्म हावामा राख्नेछ । विमानलाई इ–४बी वा डुम्सडे विमान भनिन्छ ।
केहि समय पहिले यस प्रकारको विमानको बारेमा गिज्मडुले लेखेका थिए, विमानमा नयाँ प्रविधिको ककपिडको ठाउँमा पुरानो एनालग सिस्टमको प्रयोग गरिएको छ । यसो किन गरिएको हो भने, नयाँ प्रविधि इलेक्ट्रम्याग्नेटिक ग्रेडिएसनबाट काम नलाग्ने हुन सक्छ ।

क्वाटम म्याकनिजममा काम गर्ने वैज्ञानिक स्टेफन हकिंग, स्पेस एक्स र टेस्ला कम्पनीका मालिक एलन मस्क, एप्पल कम्पनीका सह सस्थापक स्टिव वाजनिएक र आर्टिफिसियलमा काम गर्ने १०० भन्दा धेरै विज्ञले यस खतराबारेमा पहिलै चेतावनी दिइसकेका छन् ।

माइक्रोसफ्टका संस्थापक बिल गेट्सले पनि यस बारेमा चिन्ता हुनु स्वाभाविक भएको बताएका छन् ।

बोइङले सुरक्षालाई आफ्नो प्रमुख प्राथमिकता बनाएको छ । सन् २०१४ मा बोइङले निर्माण गरेको फोन जोर जर्बजस्त खोल्ने कोशिस गरेमा आफै आफ्ना डाटा डिलिट हुन्थ्यो । यो भने त्यो जासुस जस्तै हो जो आफ्नो दुस्मनको हात लाग्ने सम्भावना भएमा स्वयम विष सेवन गरेर स्वमरण गर्थे ।

आईफोनको डाटा ह्याक गर्न धेरै पटक पासवर्ड हाल्ने कोशिस गरेमा फोनले आफ्नो डाटा आफै डिलिट गरिदिन्छ । जसका कारणले अमेरिकामा भएको एक हत्याको छानबिनका लागि एफबीआईले आफफोन ह्याक गर्नका लागि बाहिरी कम्पनीको मद्दत लिनु परेको थियो ।

संसारमा प्रविधिको विकास द्रुत गतिमा भइरहेको छ । मान्छेमा प्रविधिको लत बसिसकेको छ, प्रविधिको प्रयोग बिना मानिसको दैनिकी असम्भव जस्तै छ । त्यसैले प्रविधिबाट पछि हट्न असम्भब छ । जसले गर्दा आफ्नो सुरक्षा आफै गर्नुपर्ने हुन्छ । बिबिसी हिन्दीबाट


क्लिकमान्डु