सेयर खरिदबिक्री अब अनलाईनबाट गर्न सकिने



काठमाडौं । सेयर खरिदबिक्री अनलाईन पक्रियाबाट गर्न सकिने भएको छ ।

धितोपत्र बोर्डले सेयर बोक्ररलाई परिपत्र जारी गर्दैै खरिदबिक्रीलाई अनलाईन प्रक्रियाबाट गर्न निर्देशन दिएको छ ।

बोर्डले जारी गरेको परिपत्र अनुसार लगानीकर्ताले सेयर खरिदबिक्री आदेश ब्रोक्रर कम्पनीले युजरनेम र पासवर्ड दिएर खरिदबिक्रीको आदेश दिन सकिने भनेको छ । अहिलेसम्म सेयर खरिदबिक्रीको लागि लगानीकर्ता बोक्रर अफिसमा जानुपर्ने बाध्यता छ ।

इन्टरनेट मार्फत लगानीकर्ताले खरिद बिक्रीको आदेश दिएपछि समय प्राथमिकताको आधारमा खरिद र बिक्री प्रणालीलाई प्रविष्टको व्यवस्था मिलाउन सकिने निर्देशन बोर्डले दिएको छ । यसमा सेयर कारोवारको सम्पूर्ण विवरण लगानीकर्ताले इन्टरनेट मार्फत पाउँन सक्ने छन् ।

बोर्डले यो व्यवस्थाबाट धितोपत्र खरिद बिक्री गर्न धितोपत्र दलाल व्यवसायीको कार्यालयमा उपस्थित भई आदेश दिनुपर्ने झन्झटको अन्तः भई धितोपत्रको कारोवार प्रकृया थप सहज, सरल र छिटो छरितो बनाउन सहयोग पुग्ने बताएको छ । यसले लगानीकर्ताहरुलाई विशेष सुविधा हुने तथा दोस्रो बजारको कारोवारमा स्थलगत तथा परिणात्मक रुपमा व्यापकता आई नयाँ अध्याय थप्ने बोर्डको अपेक्षा रहेको छ ।तत्कालको लागि यो व्यवस्था पूर्ण रुपमा भने कार्यान्वयन भने हुने छैन ।


क्लिकमान्डु