आयात ब्यापारमा भन्दा उत्पादन गरेर बिक्री गर्दा बढी नाफा छ



व्यवसाय कहिलेबाट सुरु गर्नु भयो ?
पढाई सकेपछि १७ वर्ष अगाडीे, त्यो समय गैरसरकारी संस्था खोल्ने लहर चलेको थियो । हामी केही साथीहरु मिलेर कन्सल्टिङ कम्पनी खोल्यौं । त्यो कप्पनी राम्रोसँग चल्न सकेन । अनि हामीले प्रदान गर्ने कन्सल्टिङ सेवासँग सम्बन्धित औद्योगिक कच्चा पदार्थ आयात गर्न थाल्यौं । मैले ब्यबसायिक क्षेत्रमा प्रबेश त्यहिबाट गरेको हो ।

उत्पादन गर्नु भएको छ कि छैन ?
उत्पादनमा हामीले बिटी प्रिफम भन्ने बोतल बनाउने कम्पनी संचालन गरिरहेका छौं ।

यस्तो सोच कसरी आएको थियो ?
हामी त्यस्तै सामान आयत गरिरहेका थियौं । नेपालमा त्यसको माग थियो । यदि हामीले भ्यालु एड गरेर उत्पादन गर्न सक्यौ भने बिटी प्रिफम बोतल बिक्री गर्न सक्छौं भन्ने भयो । सकियो पनि ।

उत्पादन मुलक उद्योगमा संलग्न ब्यक्तिहरु पनि ब्यापारमा केन्द्रीत भइरहेको समयमा तपाई भने किन उत्पादनतर्फ आकर्षित हुनुभएको ?
मेरो सिद्धान्त भनेको यो देशमा जन्मिसकेपछि रोजगारी सिर्जना गर्ने क्षेत्रमा काम गर्नुपर्छ भन्ने हो । उत्पादनमूलक क्षेत्रमा काम गर्दा नेपालमा रहेको बेरोजगारी समस्यालाई केहि हदसम्म भए पनि हल गर्न सकिन्छ । र, अरुको उत्पादन बेच्नुभन्दा आफैले उत्पादन गरेर बेच्न सकियो भने फाइदा पनि धेरै हुन्छ । यही सोचले मलाई उत्पादतिर आकर्षित गरेको हो ।

कानुन र कार्यान्वयनबीच ग्याप छ । हामी जुन किसिमको विजनेस प्रयोगमा छौं र हामीसँग भएको कानुनको पुर्वाधारसँग मेल नभएका कारण व्यवसायीले विभिन्न प्रकारका दुःख पाएका छन् ।

लगानीमैत्री वातावरण नै छैन भन्ने गुनासो आइरहेको हुन्छ, तपाइलाई कस्तो लाग्छ ?
अहिलेको अवस्थामा भन्नुहुन्छ भने यो लगानीमैत्री वातावरण हो । हामीले १० वर्षसम्म ससस्त्र बिद्रोह भोग्यौं । १८ घण्टासम्म लोडसेडिङको मार खप्यौं । युवा पलायन र राजनीतिक अस्थिरता लगायतका समस्या थियो । यसबीचमा यस्तो दरदनाक स्थितिबाट गुर्जेको हुनाले आजको अवस्थालाई मैत्रीपूर्ण मान्नुपर्छ । ३/ ४ महिनादेखि लोडसेडिङ समस्यामा सुधार भएको छ । यो राम्रो अबस्था हो ।

केही ब्यवसायीहरु वातावरण अनुकूल छैन भनिरहेका छन्, तपाई राम्रो छ भन्नु हुन्छ ?
हाम्रो देशमा जुन कानुन, ऐनेहरु निर्माण भएका छन् त्यसको ब्यबहारिक कार्यान्वयनमा समस्या देखिएको छ । कानुन र कार्यान्वयनबीच ग्याप छ । हामी जुन किसिमको विजनेस प्रयोगमा छौं र हामीसँग भएको कानुनको पुर्वाधारसँग मेल नभएका कारण व्यवसायीले विभिन्न प्रकारका दुःख पाएका छन् । नेपालका उद्योगहरुको मामलामा वारम्बार हुने कानुन परिवर्तनका कारण व्यवसायी हतोसाहित हुने गरेका छन् । उदाउदो ब्यवसायमा चुनौती र सम्भावना दुवै हुन्छ । आफूलाई चुनौती चाहिएको हो कि सम्भावना त्यही अनुरुप ढाल्नु पर्छ । चुनौती नभएको ठाँउ हुदैन । हामीले नै हिजो असाध्यै बिग्रिएको श्रम सम्बन्ध, ससस्त्र बिद्रोह, १८ घण्टा लोडसेडिङ जस्ता समस्या भोगेका हौं । अहिले त्यो छैन । त्यसकारण वातावरण अनुकुल छ भनेको हूँ ।

कानुन र कार्यन्वयनबीचको ग्याप भनेको के हो ? ब्युरोक्रेटिक्स हडल्स हो ?
ब्युरोक्रेटिक्स हडल्स मात्र होइन । हामीसँग २०२२ सालमा निर्माण भएको कालोबजारी ऐन छ । २०७३ सालमा पनि त्यही ऐन कार्यन्यन भइरहेको छ । त्यस समयको ऐनले अहिलेको उद्देश्य प्राप्ति हुदैन । त्यो ऐन त अहिले ब्यापारीहरुलाई अनाबश्यक दुःख दिन मात्रै प्रयोग हुन्छ ।

तर राजनीति गर्ने ब्यक्तिलाई ब्यापारीले आफू अनुकुल प्रयोग गरिरहेका छन् भनिन्छ नि ?
यो सोच नै गलत हो । हामीले मन्त्री वा राजनीतिज्ञलाई आफू अनुकुल बनाउन सक्दैनौं ।

अहिले नेपालमा उत्पादनमुलक क्षेत्रलाई दुइवटा कुराले निधारण गर्छ । मुल्य र गुणस्तर । हाम्रो जस्तो उदाउँदो बजार भएको देशका तीन प्रकारका ग्राहकहरु छन् ।

चुनावमा चन्दा दिएर राजनीतिज्ञलाई कब्जामा राख्नुहुन्छ भन्ने छ नि ?
यो त संसार भर चल्दै आएको नियम हो । व्यापार र राजनीति एकअर्काका परिपूरक हुन । राजनीतिज्ञहरुले आर्थिक सम्वृद्धिका लागि काम गर्ने हो । र, जनताको आर्थिक अवस्था उकास्नका लागि गर्ने हो । उद्योगी ब्यवसायीहरुले पनि आर्थिक उपार्जन र रोजगारी सिर्जनाकै लागि लगानी गर्ने हो । ब्यवसायी र राजनीतिज्ञको धेरै बिषयमा समान धारणा भएकोले नजिकको सम्बन्ध हुन्छ ।

नेपालमा ब्यवसायका लागि के कस्ता चुनौति देख्नुहुन्छ ?
पूर्वाधार कमजोर छ । अहिले नेपालमा उत्पादनमुलक क्षेत्रलाई दुइवटा कुराले निधारण गर्छ । मुल्य र गुणस्तर । हाम्रो जस्तो उदाउँदो बजार भएको देशका तीन प्रकारका ग्राहकहरु छन् । अन्तर्राष्ट्रियस्तरको उत्पादन, त्यही मूल्यमा खोज्ने । दोश्रो, अन्तर्राष्ट्रिय उत्पादन स्थानीय मुल्यमा खोज्ने । र, तेश्रो भनेको स्थानीय उत्पादन स्थानीय मुल्यमा नै खोज्ने । हामीसँग यस प्रकारका ग्राहकहरु भएका हुनेले हामीले आफ्नो कामदारको स्तर वृद्धि गर्नका लागि उनीहरुलाई प्रबिधिमैत्री बनाउने हो । हामीसँग दक्ष कामदारको अभाव छ । देशले दक्षशक्ति उत्पादनमा ध्यान दिन सकेको छैन ।

सम्भावना कस्तो छ ?
नेपालको श्रम र जनसंख्या बाहिर छ । तर अर्थतन्त्र नेपालमै छ । उनीहरुले रेमिटान्सको रुपमा पठाएको पैसाले नेपालको अर्थतन्त्र चलायमान भएको छ । उनीहरुको योग्दान जिडिपीमा उलेख्खनीय रहेको छ । ४० लाख नेपालीले पठाएको पैसाले नेपालका श्रोतसाधन प्रयोग भएका छन् । विदेशबाट आयात भएका सामानहरु किनेका छन् । सबै पैसा अनुत्पादकमुलक क्षेत्रमा लगानी गरेको भनेका छौं । तर त्यो नेपालमै प्रयोग भएका छन् । त्यो सामान किन्नमा नेपालको अर्थतन्त्र चलायमान भएको छ । त्यो अर्थतन्त्रलाई नेपालमै उद्योग स्थापना गरेर आतरिक मागलाई धान्न सकियो भने त्यो उद्योगहरुको बजार सम्भावना राम्रै छ ।

यो वर्ष कुन कुन कम्पनी थप्दै हुनु हुन्छ ?
हामी फर्मासेटिकल प्याकेजिङमा पहिलो पटक नेपालमा सुरु गर्दौ छौं । आजसम्म नेपालका सबै कम्पनीले भारतबाट आयात गर्ने गरेका छन् । हामी स्वास्थ्यको उत्पादनमा सिरिन्ज लिएर आउदैै छौं ।

कति जति लगानी थपिन्छ होला ?
दुइवटा प्रोजेक्टमा झण्डै ४०/५० करोड रुपैयाँ जति थपिन्छ होला ।


क्लिकमान्डु