उदारिकरण सुरु गर्दा नचाहिने क्षेत्रमा पनि विदेशी लगानीलाई खुल्ला गरियोः अन्जन श्रेष्ठसँगको अन्तरवार्ता




तपाई व्यापारी कि उद्योगपति ?

म आफुलाई व्यवसायी भन्छु । व्यापार पनि गर्छु, उद्योग पनि गर्छु । दुवैलाई एकैठाउँमा जोड्दा व्यवसायी भन्न ठिक हुन्छ ।

उद्योग र ब्यापारमध्ये कुनमा बढी सन्तुष्टि मिल्छ ?

उद्योग गर्दा जति सन्तुष्टि अरुमा पाइन्न । उद्योगमा आफ्नो सिर्जना गर्न पाइन्छ । जस्तो हामीले चोकोपन चकलेटको ब्रान्ड आफैं बनाएका हौं । आफैले ब्रान्ड र प्रोडक्ट बनाएर पाउने सन्तुष्टी बेल्लै हुन्छ ।

पैसा कमाउन केमा सजिलो हुन्छ ?

नेपालको सन्दर्भमा पैसा बनाउन व्यापारमा सजिलो छ । यसमा लगानी कम छ र फाइदा बढी छ । उद्योगका विभिन्न चरण पार गर्नुपर्छ । व्यापारमा खरिद र बिक्री गर्ने मात्र हो । अरुको ब्रान्डमा आफुले मेहनत गर्ने हो । उद्योग गर्ने वातावरण नभएपछि व्यापारमा जानु बाध्यता हो । सरकारको कुरा मात्र होइन ।

लेखेको एउटा हुन्छ, भनिने अर्काे हुन्छ र कार्यान्वयनमा जादा अर्काे प्रकारले त्यही कुराको ब्याख्या गरिन्छ । जसले गर्दा समस्या आएको हो । मैले पनि त्यही व्यवसाय गर्छु, उसले पनि त्यही व्यवसाय गर्छ भने, कार्यान्वयनमा फरक हुनु भएन । अहिले फरक छ । नीतिगत रुपमा एकरुपता हुनुपर्छ ।

समाजको वातावरण पनि राम्रो छैन । समाज भनेको तपाई पनि हो, म पनि । नेपालमा उद्योग चाहिन्छ कि चाहिदैन भन्ने प्रष्ट भिजन राज्यसँग छैन । समाजले उद्योगलाई हेर्ने दृष्टिकोण राम्रो छैन । अहिले मुलुकमा सबैभन्दा ठूलो चुनौति उद्योग गर्नको लागि भएको छ ।

मेसिनरी भन्दा अब जमिनको मुल्य बढ्दो छ । १ करोडको प्लान्ट लगाउनको लागि १० करोडको जमिन खरिद गर्नुपर्ने बाध्यता छ । यसलाई रोक्न राज्यले उद्योग क्षेत्र भनेर छुट्टाउनुपर्छ । यो काम सरकारले विगतमा नै गर्नु पथ्र्याे । भूउपयोग नीति ल्याएपनि कार्यान्वयन भएन । भू उपयोग नीति लागू गर्नुपर्छ । कतिपय अवस्थामा हाम्रो पनि गल्ती छ । धानफल्ने खेतमा गएर सस्तो जग्गा खोज्ने र त्यहाँ उद्योग लगाउँने गर्नाले पनि समस्या भएको हो ।

उद्योग संचालन गर्ने वातावरणा भएन भन्नुभयो, तपाईले खोजेको बातावरण के हो ?

राज्यबाट खोज्ने भनेको पहिलो कुरा नीतिगत स्थिरता हो । कार्यान्वयनमा द्धिअर्थी हुनु भएन । लेखेको एउटा हुन्छ, भनिने अर्काे हुन्छ र कार्यान्वयनमा जादा अर्काे प्रकारले त्यही कुराको ब्याख्या गरिन्छ । जसले गर्दा समस्या आएको हो । मैले पनि त्यही व्यवसाय गर्छु, उसले पनि त्यही व्यवसाय गर्छ भने, कार्यान्वयनमा फरक हुनु भएन । अहिले फरक छ । नीतिगत रुपमा एकरुपता हुनुपर्छ । व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्छ । व्यवसायीको गर्ने नाफा भनेको उसको धर्म हो । जसले व्यवसायीलाई नाफा खायो भनेर गाली गर्छन्, तिनीहरुले मुख्य कुरा नबुझेको हो । व्यवसायीले नाफा गरेर राज्यलाई कर तिर्ने हो । राज्य भनेको बिना लगानीको ३० प्रतिशतको पर्टनर हो । त्यसैले पूर्वाधारमा विशेष केही गर्दिए हुन्थ्यो भन्ने लाग्छ ।

साबुन उद्योगमा एफडिआई ल्याउनुपर्ने जरुरी थियो कि थिएन ? एफडिआई ल्याउने कुरामा यो सेक्टर छोड्ने र यो नछोड्ने भनेर नीति हुनुपर्ने थियो । एफडिआई पूर्वाधारको क्षेत्रमा ल्याउनुपर्ने खाँचो हो । एफडिआईको नाममा बिस्कुट चकलेट बनाउनेहरु आउनुपर्ने थिएन ।

व्यवसायलाई माथि लैजान विश्व र क्षेत्रीय परिवेश बुझेर प्रतिस्पर्धात्मक क्षेत्रमा जानुपर्छ । व्यवसायी जहिले पनि माग्न आउँछन् भन्ने दृष्टीकोणले हेर्न भएन । २०४६ सालमा बहुदल आयो, नेपालमा खुला अर्थनीति लागू भयो । खुला अर्थनीति लागू गर्दा सबै छाड्ने काम भयो । केही उद्योगको क्षमता बढाउने तर्फ लाग्नुपर्ने थियो । खुला छाड्दा सबै कुरा छाडियो । उदारिकरण सुरु गर्दाताकाका केही कर्मचारीहरु भन्नुहुन्छ ‘हामीले खुल्ला त गरिएछ तर, चौरीदेखि चौरीको पुच्छरपनि बाँकी राखिएनछ ।’ यहाँनेर केही कमजोरी भएको जस्तो पनि देखियो ।

०४८ सालपछि आएको खुला बजारको नीति परिवर्तन भएको छैन, यो नीतिगत स्थीरता होइन र ?

मैले भन्न खोजेको अस्थिरता कार्यान्वयनमा हो । खुला बजार अर्थतन्त्रको त हामीले सधै स्वागत गरेका छौ । आजको आर्थिक अवस्था खुला बजार अर्थतन्त्रको कारण भएको हो । यसको सफलता बैकिङ, उडड्यन, संचार, मिडिया तथा हस्पिटल क्षेत्रमा देखिएको छ । आर्थिक उदारिकरणमा समय अनुसार परिवर्तन हुन्छ । उदारिकरण ‘फेज वाइज’ हुन पर्ने थियो भन्ने हो ।

‘फेज वाइज’ भन्नाले ?

तत्कालिन अवस्थामा फेज वाइज गर्नुपर्ने थियो । आजको अवस्थामा त्यो सम्भव छैन । जस्तो साबुन उद्योगको कुरा गरौं । साबुन उद्योगमा एफडिआई ल्याउनुपर्ने जरुरी थियो कि थिएन ? एफडिआई ल्याउने कुरामा यो सेक्टर छोड्ने र यो नछोड्ने भनेर नीति हुनुपर्ने थियो । एफडिआई पूर्वाधारको क्षेत्रमा ल्याउनुपर्ने खाँचो हो । एफडिआईको नाममा बिस्कुट चकलेट बनाउनेहरु आउनुपर्ने थिएन । तत्कालिन अवस्थामा कतिवटा साबुन उद्योग थिए । अहिले धेरैवटा साबुन उद्योग बन्द भए । चरणबद्ध आर्थिक उदारिकरण लागु गरेको भए ती उद्योग बच्न सक्ने थिए भन्ने कुरा हो ।

निजीकरण गरिएका उद्योग जिम्मा लिएर बन्द गरेर राख्ने त निजी क्षेत्र नै होइन र ?

यसमा कमजोरी भएको हो । चलेको भए प्रश्न उठ्ने थिएन । हामी आफैले पनि पोखराको सरकारी डेरी उद्योग लिएका हौं । हामीले यसलाई संचालन गरेर काठमाडौंमा पनि ल्याउने बनायौ । राम्रो भएका उदाहरण पनि छन् । केही नचलेका उद्योग पनि छन् । चलेको भए यो प्रश्न उठ्ने थिएन ।

लगानी थप्ने योजना छ ?

लगानी थप गर्ने भन्दापनि नयाँ क्षेत्रमा जाने सोच बनाएको छु । पूर्वाधारको क्षेत्रमा लगानी गर्ने सोचमा छु । जस्तो सिमेन्टमा लगानी गर्ने सोच छ । यस्तै होटल क्षेत्रमा आउने सोच बनाएको छु । पोखरा र चितवनमा होटल खोल्ने काम अगाडि बढाएको छु । पोखराको होटल यो वर्षको अन्त्यसम्ममा शुरु हुन्छ ।

व्यवसायमा लाग्दा तपाईहरु उद्योगबाट लाग्नु भएको, अहिले ब्यापारमा बढी केन्द्रीत हुनुहुन्छ, यसको खास कारण केही छ ?

नेपालको अर्थतन्त्रको साइज सानो छ । विकास गर्नको लागि ब्यवसायमा विविधिकरण गर्नै पर्छ । नेपालका सबै व्यवसायिक समूहको लगानी विविधिकरण गरेका छन् । भारतमा एउटै व्यवसायबाट माथी आउन सक्ने सम्भावना हुन्छ । त्यहाँ झन्डै १ अर्ब ३० करोड जनसंख्या छ । हाम्रोमा ३ करोड पुग्न लागेको छ । बजारको अवस्थालगायत सबै कारणले लगानीलाई डाइभर्ट नगरी हुँदैन । हामीले शुरुमा लगानी डाइभर्ट गर्दा उद्योगबाट गरेका थियौं । हाम्रो पारिवारले व्यवसाय गर्दा रक्सी र चुरोटको भने नगर्ने भन्ने छ ।

हाम्रोमा जतिपनि उद्योगहरु छन्, ती सबै ट्रेनिङ स्कूल भएका छन् भने पनि हुन्छ । उद्योग गर्नको लागि मानिस पाइएला र भनेर प्रश्न गर्नुपर्छ ।

हामीले डेरी उद्योग ग¥यौं । त्यसपछि देशको अवस्थाले गर्दा व्यापारमा हात हाल्यौं । तत्कालिन अवस्थामा उद्योगमा काम गर्न धेरै गाह्रो थियो । २०६० देखि २०६८ सम्म उद्योग चलाउनको लागि श्रम वातावरण अनुकुल थिएन । त्यो बेला चल्नको लागि व्यापारमा जानुपर्ने बाध्यता थियो । उद्योगमा प्रतिस्पर्धा भारतका ठूला उद्योगसँग गर्नुपर्छ । यसमा सजिलो पनि छैन । व्यापारमा कम रिक्स र फाइदा बढी छ । यसमा संलग्न हुने जनशक्ति कम भएपनि हुन्छ । पुँजीको आधारले पनि कम लगाए हुन्छ ।

सबै व्यापारमा जान थालेपछि नेपालमा अब उद्योगपति नभएर व्यापारी मात्र हुने अवस्था आउने त होइन ?

निश्चय पनि यो सबैको चिन्ताको विषय हो । सरकारले वातावरण बनाएन भने त्यो अवस्था आउन सक्छ । हाम्रो देशमा उद्योग व्यवसाय राम्रोपनि हुँदैन, त्यति नराम्रो पनि हुँदैन । म आफै पनि यही कुरा सुन्दै हुर्कदै आएको ब्यक्ति हूँ । त्यस्तो बिग्रने वातावरण पनि हुँदैन । मुलुकलाई पशुपतिनाथले धानेको छ ।

व्यापारमा लागेर त्यसको मजा लिइरहेको ब्यवसायी पुन उद्योगमा फर्कन कत्तिको सहज छ ?

फर्केको छ । यसको उदाहरण हामी आफै पनि छौं, अरु पनि छन् । अरु व्यवसायी पनि आइरहेका छन् । वातावरण फरक भएपछि आउने हो ।

काम गर्न सक्ने ४० लाख युवायुवती बाहिर पठाएर हामीले कस्तो उद्योग गर्न खोजेका छौं ?

यो सही प्रश्न हो । हाम्रोमा जतिपनि उद्योगहरु छन्, ती सबै ट्रेनिङ स्कूल भएका छन् भने पनि हुन्छ । उद्योग गर्नको लागि मानिस पाइएला र भनेर प्रश्न गर्नुपर्छ । हाम्रो त धेरै प्रकारका उद्योग छन् । एक वर्षजति काम गर्ने, अनुभव लिने र खाडी जाने मात्र भएको छ । ब्रेन ड्रेन र मसल ड्रेनको डरलाग्दो अवस्था छ । सबैले उद्योगमा काम गर्ने अवसर पनि पाएका छैनन् । अदक्ष कामदार बढी गएका छन् । दक्ष बनाउने काम भएको छैन । भोलिको दिनमा फिलिपिन्सको जस्तो अवस्था हुने कि भनेर चिन्ता गर्नुपर्ने दिन आइसक्यो ।

विदेशको जति कमाइ यही हुनेभए विदेश जाने क्रम रोकिन्थ्यो होला नि ?

यो कुरा प्रतिस्पर्धासँग जोड्ने हो । देशको अवस्था अनुसार पनि हेर्नुपर्ने हुन्छ । हाम्रा पनि सिमितता छन् । ‘एबिलिटी टु पे’ अनुसार पनि हेर्नुपर्छ । उत्पादकत्वको पार्टसँग यसलाई जोड्नु पर्ने हुन्छ । यहाँ काम गर्नेभन्दा बाहिर गएर काम गरेपछि राम्रो गरेको पनि देखिएको छ । उत्पादनमुलक उद्योगले खुला बजार अर्थतन्त्रको कारण मार भने खाएको छ । उदारिकरण लागू गर्दा सरकारले त्यो बेला फेज वाइज गरेको भए राम्रो हुन्थ्यो । कम्तीमा १० वर्ष संरक्षण गरेर खुला गर्नुपर्ने थियो । अहिले पनि भारतले सबै खुला छाडेको छैन । हामीले सबै कुरा खुला छाड्यौ । समस्या यहाँनेर पनि छ ।
तपाइ आफै अटोमोबाइल ब्यवसायी हुनुहुन्छ, नेपालमा गाडी आयात बढी थियो भन्ने लाग्दैन ?

अहिले गाडी सबैलाई चाहिएको छ । सवारी साधनलाई मौलिक हकको रुपमा लिनुपर्छ । आफ्नो गक्ष अनुसार गाडी सबैलाई चाहिएको छ । यो निकै आवश्यक पर्ने बस्तु हो । यसलाई बिलासीको दृष्टिकोणले हेर्न भएन । कुनै बेला बिलासी थिए होला । आजको दिनमा कुल जनसंख्याको ८ प्रतिशत मानिससँग मात्रै गाडी छ । राज्यले यसमा हेर्ने दृष्टिकोण परिवर्तन पनि गर्नुपर्ने थियो । गत वर्ष गाडीको बजार भएन । नाकाबन्दीको कारण जनताले गाडी खरिद गरेका थिएनन् । पछिल्लो वातावरण सबैलाई ‘कन्फिडेन्ट’ हुने खालको भयो । यसैकारण गाढीको आयात यो बर्ष बढी भएजस्तो देखिएको हो ।

काठमाडौंमा सवारीको चाप धेरै बढेको छ, सडक बिस्तार कमजोर छ, यसमा पुनर्बिचार गर्नुपर्ने हो ?

काठमाडौंको सडक संरचना २० वर्षसम्मको तुलना गर्नुपर्ने हुन्छ । म आफु काठमाडौं आएको करिब ३५ वर्ष हुन लागेको छ । त्यो बेला काठमाडौंको जनसंख्या १० लाख थियो । अहिले करिब ४० लाख पुगेपनि सडक संजाल बढेको छैन । जनसंख्याको चाप बढेको हो । जनतालाई आवश्यक भएर गाडी चढेको हो । सरकारले सार्वजनिक यातायातको अवस्था राम्रो बनाएमा निजी सवारीमा आकर्षण नहुँन पनि सक्ने थियो ।

सार्वजनिक यातायात सुधार गर्नको लागि सडक सुधार नै पहिलो काम हो । हाम्रो सडक सुधारको कामको योजना बन्छ । तर कार्यान्वयन कहिले पनि हुँदैन । भौतिक संरचनामा काम गर्न निजी क्षेत्रले सक्दैन । चक्रपथ राम्रो बनाउनुपर्ने भयो । फ्लाइ ओभरको कुरा छ । तर यो कार्यान्वयन भएको कहिल्यै पूरा हुँदैन । गाडी बढ्नुको कारण जनसंख्या बढेको कारणले हो । सडक सबैको साझा हो । काठमाडौंको लागि पार्किङ व्यवस्थापन गर्नुपर्ने छ । अब सरकारले बनाउने पार्किङ बाहेक निजी घर र व्यवसायिक भवनले पनि आफ्नो पार्किङ बनाउनुपर्ने कुरा छ । यातायात व्यवस्थापनको लागि यो आवश्यक छ । यी काम हुन सकेमा सडकको विषयमा अहिले हामीले जे जस्तो समस्या भोगिरहेका छौं, त्यो केहीहदसम्म भएपनि समाधान हुन्छ ।


क्लिकमान्डु