सेयर बजार ‘क्रयास’को संघारमै पुगेको हो त ?




काठमाडौं । नेपालका सेयर लगानीकर्ता अहिले निकै तनावमा छन् । पछिल्ला केही दिनमा नेपाली सेयर बजारको सूचक नेप्से लगातार घट्न थालेपछि उनीहरु तनावमा परेका हुन् ।

अहिलेसम्मकै उच्च बिन्दु १८८१ चुमेपछि नेप्से केही समय लगातार घटेको थियो । तर, १५०० बिन्दु हाराहारीमा आइपुगेपछि केही स्थीर भएको थियो ।

बैंकहरुले पनि केही हप्तायता तरलताको निकै ठूलो समस्या भैरहेको बताउँदै आएका थिए । त्यसैले यसै हप्तादेखि उनीहरुले पनि तिब्र गतिमा ब्याजदर बढाउन थालेका छन् । जसको सिधा असर सेयर बजारमा देखिन थालेको छ । यो हप्ता नेप्से लगातारजसो दोहोरो अंकले घटिरहेको छ । ब्याजदर र सेयर बजारको सूचकको सामान्यतः नकारात्मक सम्बन्ध हुन्छ ।

अबको डेढ बर्ष भित्रमा हुने स्थानीय, प्रदेशीय, र केन्द्रीय चुनावले अर्थतन्त्रलाई चलायमान बनाउँनेछ । चुनावका समयमा आर्थिक बृद्धि राम्रो हुने ऐतिहासिक तथ्यले पनि पुष्टि गर्छन् । चुनावका समय ठूलो मात्रामा उपभोग बढ्ने र सरकारी खर्चमा पनि बृद्धि हुने कारण आर्थिक बृद्धि बढि हुने गर्छ ।

पुस मसान्तमा ठूलो रकम करको रुपमा सरकारी ढुकुटीमा जम्मा भएको र सरकारले बिकास खर्च तिब्र गतिमा गर्न नसकेका कारण तरलताको समस्या आएको बैंकरहरु बताउँछन् । तर, नियामक निकाय नेपाल राष्ट्र बैंकका अधिकारीहरु भने बैंकहरुकै कमजोर कर्जा ब्यवस्थापनका कारण यो समस्या आउको दाबी गर्छन् ।

कारण जेसुकै भए पनि यो समस्या सुल्झिन थप केही महिना लाग्ने देखिन्छ । नेपालको समग्र आर्थिक स्थितिमा आँखा डुलाउने हो भने लगानीकर्ता त्यति धेरै हतास हुनुपर्ने अवस्था देखिँदैन । तर, लगानी भने दिर्घकालीन हिसाबले राम्रा कम्पनीमा गर्नुपर्छ ।

आर्थिक बर्ष ०७३/७४ मा नेपाल सरकारले आर्थिक बृद्धि ६.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । साथै, सरकारले सो लक्ष्य पूरा हुने बताएको छ । यो बर्ष पानी राम्रो परेका कारण कृषि क्षेत्रमा हुने बृद्धिले सरकारी लक्ष्य भेटिने संकेत पनि मिलेको छ ।

अबका २/३ बर्षमा त झन राष्ट्रिय गौरवको आयोजना अपर तामाकोसीदेखि चिलेमेको सान्जेनलगायतका ठूला आयोजना पूरा हुने भएका कारण उर्जा समस्या दीर्घकालीन रुपमै अन्त्य हुने देखिन्छ ।

भुकम्पपछिको पुननिर्माणले पनि अब गति लिने हुनाले अबका १/२ बर्ष आर्थिक बृद्धिलाई माथि धकेल्ने नै देखिन्छ । भारतीय नाकाबन्दी पछि ब्यापारिक स्थिति पनि सहज छ ।

अबको डेढ बर्षभित्रमा हुने स्थानीय, प्रदेशीय, र केन्द्रीय चुनावले अर्थतन्त्रलाई चलायमान बनाउँनेछ । चुनावका समयमा आर्थिक बृद्धि राम्रो हुने ऐतिहासिक तथ्यले पनि पुष्टि गर्छन् । चुनावका समय ठूलो मात्रामा उपभोग बढ्ने र सरकारी खर्चमा पनि बृद्धि हुने कारण आर्थिक बृद्धि बढि हुने गर्छ ।

गत साल नाकाबन्दीको समयमा भएको भारी मूल्य बृद्धि अहिले सामान्य अवस्थामा आएका कारण मूल्यबृद्धिलाई ७.५ प्रतिशतमा सिमित राख्ने सरकारी लक्ष्य पनि पूरा हुने देखिन्छ ।

ब्रोकरहरु अब छिट्टै उपत्यका बाहिर पनि सेवा दिन जाँदैछन् । यसले बजारलाई थप बिस्तार गर्नेछ । गैरआवासीय नेपालीलाई पूँजी बजारमा प्रवेश गराउने र अनलाइन ट्रेडिङ शुरु हुने सन्दर्भमा पनि दुईमत छैन ।

चरम उर्जा संकटको समस्या बिस्तारै हट्दै गएका कारण अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने देखिन्छ । नयाँ नयाँ र साना उद्योग खुल्ने क्रममा छन् । बैंकहरुमा निक्षेपको तुलनामा ऋणको मात्रा बढि हुनुले पनि यो तथ्य पुष्टि गर्छ । अबका २/३ बर्षमा त झन राष्ट्रिय गौरवको आयोजना अपर तामाकोसीदेखि चिलेमेको सान्जेनलगायतका ठूला आयोजना पूरा हुने भएका कारण उर्जा समस्या दीर्घकालीन रुपमै अन्त्य हुने देखिन्छ ।

भुकम्प पछिका बर्षमा खाडी मुलुकमा जाने नेपालीमा आएको कमी र तेलमा मूल्यमा आएको कमी पछि तेलमा आधारीत ती मुलुकका अर्थतन्त्र खुम्चिए सँगै कामदारको मागमा समेत गिरावट आएको थियो । यसले रेमिटेन्सको बृद्धि दरलाई आर्थिक बर्ष ७१/७२ को १२.४ लाई घटाएर आर्थिक बर्ष ७२/७३ मा ८.६ प्रतिशतमा झारेको थियो ।

सन् २०१६ को अन्त्यसँगै तेलको भाउ बढ्न थालेको छ । उक्त बर्षको शुरुवातसँग तुलना गर्ने हो भने नाटकीय परिवर्तन जस्तो देखिन्छ ।

गत बर्षको जनवरी महिनामा तेलको भाउ घट्दै प्रतिब्यारल ३० डलरसम्म पुगेको थियो । त्यसैले यो व्यवसाय आतंकित भइ धेरै रोजगारीसमेत गुमाएको थियो । र, यथास्थितमा फर्किर्ने संभावाना समेत थिएन । तर, सन् २०१६ को डिसेम्बर महिनाको अन्त्यसँगै केही फरक महसुस हुन थालेको छ । तेलको मुल्य बढ्दैछ र बजार सन्तुलित हुँदैछ । तेल निर्यात गर्ने देशहरुको संगठन ‘ओपेकले’ तिब्र गतिमा तेलको मुल्य समायोजन गर्न सक्छ र सन् २०१७ मा तेलको मुल्य बढ्नेछ ।

तेलको मूल्य बढेसँगै नेपाली कामदारको माग खाडी मुलुकमा बढ्न गई आगामी बर्षहरुमा रेमिट्यान्स बढ्ने देखिन्छ । र, रेमिट्यान्स बढेसँगै उपभोगमा तिब्रता आई अर्थतन्त्र थप चलाएमान हुने र आर्थिक बृद्धिलाई सकारात्मक प्रभाव पार्ने सम्भावना छ ।

अझ तीनवटै निकायको चुनाव भएर संबिधान पूर्ण कार्यान्वयनमा आएर राजनीतिक स्थिरतातर्फ उन्मुख भएमा अर्थतन्त्रले झन गति लिने नै छ ।

समग्र अर्थतन्त्रका अलावा नेपाली सेयर बजार पनि सुधारकै बाटोमा लम्किदै छ । ब्रोकरहरु अब छिट्टै उपत्यका बाहिर पनि सेवा दिन जाँदैछन् । यसले बजारलाई थप बिस्तार गर्नेछ । गैरआवासीय नेपालीलाई पूँजी बजारमा प्रवेश गराउने र अनलाइन ट्रेडिङ शुरु हुने सन्दर्भमा पनि दुईमत छैन । अब २/३ बर्षमा यी काम सम्पन्न हुन्छ भनेर आशा गर्नु यथार्थ नजिककै आशा हो ।

समग्रमा भन्दा अबको २÷३ बर्ष नेपालको आर्थिक अवस्था सकारात्मक दिशामै उन्मुख हुने र नेप्से पनि थप बिस्तारित र बिकशित हुने परिपे्रक्षमा लगानीकर्ताहरु धेरै हतास हुनु पर्ने देखिँदैन । तर, जसले छोटो समयमै चामत्कारिक ढंगले पैसा कमाउने उद्देश्यले सेयर बजारमा लगानी गरेका छन्, उनीहरुका लागि भने अहिलेको गिरावट एउटा शिक्षा नै हो ।


क्लिकमान्डु