कुन उमेरमा कति सेयर किन्ने ? आफ्नो सम्पत्ति कसरी व्यवस्थापन गर्ने ?




पूर्वयोजना मानव जीवनको सबै पक्षका लागि अपरिहार्य चिज हो । बिना योजना गरिने कामले सकारात्मक नतिजा दिने संभावना निकै कम हुन्छ ।

आर्थिक पक्ष मान्छेको जीबनको निकै चञ्चल पक्ष भएका कारण यसमा त झनै योजनाको खाँचो छ । निरन्तरको मूल्य बृद्धि, ब्याजदरमा परिवर्तन, बित्तीय बजारमा उतारचढाव इत्यादिका कारण यसमा झनै बढि सर्तकताको खाँचो हुन्छ ।

आर्थिक श्रोत, अर्थात पैसा निकै सिमित हुने तर आवश्यकता असिमित हुने हुँदा यसमा सन्तुलनको निकै खाँचो छ । अझ अलि अलि बचेको पैसाको पनि मूल्य बृद्धिका कारण क्रयशक्ति निरन्तर खस्कदै जाने हुनाले लगानी गरी सो पैसा पनि बृद्धि गर्दै मूल्य बृद्धिसँग सन्तुलन गर्नु अर्को चुनौती हो । अझ लगानी गर्दा उचित योजना नबनाई हचुवामा ग¥यो भने त झन सबै पैसा डुब्ने नै खतरा हुन्छ । त्यसैले यो आलेख लगानी गर्दा कसरी योजना बनाउने र आफ्नो आर्थिक आवश्यकता पूर्ति गर्ने भन्ने बिषयमा केन्द्रित हुनेछ ।

अहिलेको बित्तीय बजारमा योजनाबद्ध ढंगले आफ्नो पैसाको लगानी र ब्यवस्थापन गर्नुपर्छ । यसलाई ‘पोर्टफोलियो’ ब्यवस्थापन भनिन्छ । ब्यक्तिगत लगानीकर्ताको हिसाबले लगानीको लक्ष्य र रणनीतिका आधारमा आफ्ना पोर्टफोलियो बनाउनुपर्छ । अर्थात, हरेक ब्यक्तिले बनाउने पोर्टफोलियोले सो ब्यक्तिको भविष्यको आर्थिक आवश्यकता र मनमा शान्ति प्रदान गर्नुपर्छ ।

तर, आफ्नो लक्ष्य भने ब्यवहारिक र बस्तुपरक भई गर्नुपर्ने हुन्छ । ६ महिना वा बर्ष दिनमा पैसा डबल गर्ने लक्ष्यका साथ लगानी गरियो भने चाँहि त्यो जुवाको खालमा परिणत हुन्छ । तलका बुँदाहरु यसमा उपयोगी हुन सक्छन् ।

यस्तो ब्यक्तिले करिब ६५ प्रतिशत रकम सेयरमा लगानी गर्न सक्छ भने १५–२० प्रतिशत पैसा निश्चित नाफा दिने एसेटमा लगानी गर्न सक्छ । तर, ५ देखि १० प्रतिशत रकम भने भैपरी आउने प्रयोजनका लागि साथमा राख्नै पर्ने हुन्छ ।

१. आफ्नो पैसालाई कसरी बिभिन्न एसेट (सम्पत्ति) मा बाँडेर लगानी गर्ने भन्ने कुराको निक्र्याेल पहिल्यै गर्नुपर्छ ।
लगानी भन्ने बित्तिकै सेयर भन्ने हुँदैन । बास्तवमा सेयरमा लगानी गर्नु भनेको अरु लगानीको तुलनामा निकै धेरै जोखिम मोल्नु हो । तर, जति धेरै जोखिम उति धेरै नाफा भन्ने कुरा पनि साँचो हो । त्यसैले कुन कुन चिजमा कति कति लगानी गर्ने भन्ने कुरा आफ्नो जोखिम लिने क्षमतामा निर्भर गर्छ ।

उदाहरणको लागि कुनै ५५ बर्षको मान्छे छ, जो छिट्टै रिटार्यर हुँदैछ । तर, उसको छोराछोरी पढाउने लगायत घरायसी दायित्व धेरै छ भने उसको जोखिम लिने क्षमता निकै कम छ । यस्तो मान्छेले आफ्नो पोर्टफोलियो ब्यवस्थापन गर्दा आफ्नो लगानीको ठूलो हिस्सा (७० देखि ७५ प्रतिशत) निश्चित नाफा आउने एसेटमा गर्नुपर्छ । यसमा मुद्धति खाता, बोण्ड र डिबेन्चर जस्ता लगानी पर्छन् । त्यसपछि १५ देखि २० प्रतिशत लगानी सेयरमा गर्न सकिन्छ, जसमा जोखिम बढि हुन्छ तर नाफा पनि बढि हुने संभावना छ । केही प्रतिशत म्युचअल फण्डको लागि पनि छुट्याउन सकिन्छ । साथै, जीबनमा आउने उतारचढावको सामना गर्नको लागि केही पैसा नगदै वा नगद जस्तै तरल अवस्थामा राख्नु पर्छ । ५ देखि १५ प्रतिशतसम्म रकम यसरी राख्न सकिन्छ ।

सबैभन्दा बढि होस चाँहि सेयर किन्दा गर्नुपर्छ । बजार ट्रेण्ड, कम्पनीको आधारभूत बिश्लेषण र कम्पनीको संचालक र ब्यवस्थापकका बारे जानकारी अत्यावश्यक छ । यसका बारे हामीले पाठकहरुलाई निरन्तर सूझाब दिइनैरहेका छौं ।

अब कुनै युवा छ । र, काम गर्ने समय धेरै छ । जोखिम लिने ब्यक्तिगत क्षमता पनि धेरै छ भने सोहि अनुसार पोर्टफोलियो निर्माण गर्नुपर्छ । यस्तो ब्यक्तिले करिब ६५ प्रतिशत रकम सेयरमा लगानी गर्न सक्छ भने १५–२० प्रतिशत पैसा निश्चित नाफा दिने एसेटमा लगानी गर्न सक्छ । तर, ५ देखि १० प्रतिशत रकम भने भैपरी आउने प्रयोजनका लागि साथमा राख्नै पर्ने हुन्छ ।

समग्रमा भन्नुपर्दा, हरेक ब्यक्तिले आफ्नो आर्थिक लक्ष्य, जीबनको अवस्था र जोखिम लिन सक्ने क्षमताका आधारमा बिभिन्न एसेटहरुमा बाढेर पोर्टफोलियो निमार्ण गर्नुपर्छ । साथै, लक्ष्य बस्तुपरक पनि हुनुपर्छ ।

२. पोर्टफोलियो कस्तो बनाउने भन्ने निर्णय गरेपछि सो पोर्टफोलियोले निर्धारण गरेको लक्ष प्राप्तिको लागि बोण्ड, डिबेन्चर, मुद्दती खाता, सेयर आदि छान्ने कुरा पनि महत्वपूर्ण छ । मुद्दती खाताको लागि कुन बैंकले कति ब्याजदर दिने गरेको छ भन्ने जस्ता कुराको सामान्य अनुसन्धान जरुरी छ । बोण्ड, डिबेन्चरहरुको लागि पनि पत्रपत्रिका पढेर सुचना संकलन गर्नुका अलावा ब्याजदर, परिपक्व हुने मितिको पनि हेक्का राख्नुपर्छ ।

तर, सबैभन्दा बढि होस चाँहि सेयर किन्दा गर्नुपर्छ । बजार ट्रेण्ड, कम्पनीको आधारभूत बिश्लेषण र कम्पनीको संचालक र ब्यवस्थापकका बारे जानकारी अत्यावश्यक छ । यसका बारे हामीले पाठकहरुलाई निरन्तर सूझाब दिइनैरहेका छौं ।

३. एकपटक पोर्टफोलियो बनाइसकेपछि त्यसको निरन्तर निगरानी र बिश्लेषणको जरुरी छ । आफ्नो जीबनको अवस्था, जोखिम लिने क्षमता, समग्र अर्थतन्त्र आदि निरन्तर परिवर्तन भइरहने हुँदा सोही अनुसार सन्तुलन कायम गर्दै राम्रो लाभ लिन पोर्टफोलियोको निरन्तर निगरानी अत्यावश्यक छ ।

४. बिश्लेषण गरेपछि पाएको सुचना पछि पोर्टफोलियोको सन्तुलन हेरफेर गर्नुपर्छ । कुन एसेट कम गर्ने वा बढाउने अथवा ती एसेट भित्र पनि कुन सेयर किन्ने वा बेच्ने जस्ता निर्णय महत्वपूर्ण हुन्छन् ।

अन्तमा, पोर्टफोलियो निमार्णको सम्पूर्ण प्रक्रिया भरी बिबिधिकरणको सँधै ख्याल गर्नुपर्छ । सबै अण्डा एउटै टोकरीमा राख्नुहुँदैन भने झैं लगानी गर्दा पनि यो सिद्धान्तको पालना गर्नु त आधारभुत कुरा नै हो ।


क्लिकमान्डु