बचतको ब्याज बढेन ? यसरी लिनुस् फाइदा




काठमाडौं । बैंकले कम ब्याजदर दिए भनेर चिन्ता लिनु भएको छ । यो चिन्ता अब नलिनुहोस् ।

बैंक तथा वित्तीय संस्थामा अहिले लगानी योग्य रकम(तरलता) को अभाव छ । जसले गर्दा अधिकांश बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा अल्पकालिन योजना ल्याएर ब्याजदर ११ प्रतिशतभन्दा माथि पु¥याएका छन् ।

तर तपाईले बचत खातामा आफ्नो पैसा राख्नु भएको छ भने बढेको ब्याजदर पाउनुहुन्न । नयाँ मुद्दती निक्षेप योजनाको ब्याजदर ११ प्रतिशतभन्दा माथि पुग्दापनि बचत खातमा पाउने ब्याजदर २ प्रतिशतबाट माथी बढ्न सकेको छैन । यसले बचत खातामा पैसा राख्नेले ब्याजदर बढेपनि फाइदा लिन सकेका छैनन् ।

बैंक तथा वित्तीय संस्थामा भएको कुल निक्षेपमा बचतको हिस्सा सबैभन्दा बढी छ । कात्तिक महिनाको तथ्यांक अनुसार कुल निक्षेपमा ४० प्रतिशत हिस्सा बचतको रहेको छ । बचत खाताको ब्याजदर स्थीर रहेको हुँदा अधिकांश निक्षेपकर्ताले ब्याजदर बृद्धिको फाइदा उठाउन सकेका छैनन् । यसको लागि बचतकर्ताले गर्ने भनेकै बचतबाट पैसा निकाल्ने र मुद्दती निक्षेपमा जम्मा गर्ने हो ।

माघदेखि विकास खर्च बढ्ने र बजारमा पैसा आउने विश्लेषण सहित बैंक तथा वित्तीय संस्थाले अहिले अल्पकालिन अवधीको लागि मात्र निक्षेप तान्ने योजना ल्याएका छन् । तरलताको स्थिति सहज रहेका बैंक बाहेक सबैले अहिले मुद्दती निक्षेपमा ८ प्रतिशत ब्याजदर दिएका छन् ।

जोखिम लिन नचाहने लगानीकर्ताको लागि बैंकहरुले ल्याएको मुद्दती निक्षेपको योजना फाइदाजनक छ । चार महिना अगाडि ५ प्रतिशत हाराहारीमा रहेको मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत पुग्नु भनेको निक्षेपकर्तालाई फाइदा हो ।

जसको लागि निक्षेपकर्ताले अहिले नै बचत खातामा रहेको पैसा मुद्दती खातामा राख्नुपर्छ । उदाहरणको लागि सिभिल बैंकले १ सय ११ दिने मुद्दती योजनामा ११.११ प्रतिशत ब्याजदर दिने योजना ल्याएको छ । यस्तै मेगा र जनता बैंकले सय दिने योजनाका लागि १० प्रतिशत ब्याजदर दिने प्रस्ताव ल्याएका छन् ।

अहिले बैंकहरुको कर्जा निक्षेप, पुँजी, कर्जा अनुपात (सीसीडी रेसियो) ८० प्रतिशत नजिक पुगेको छ । राष्ट्र बैंकले बनाएको नियम अनुसार बैंकहरुले आफ्नो पुँजी र निक्षेप जोडेर आउने रकमको ८० प्रतिशत मात्र कर्जा दिन पाउँछन् । सीसीडी रेसियो ८० प्रतिशत नजिक पुगेको हुँदा बैंकहरुले निक्षेप तान्नको लागि ब्याजदर बढाएर नयाँ स्कीम ल्याएका छन् । यसको फाइदा निक्षेपकर्तालाई हुन्छ ।

जोखिम लिन नचाहने लगानीकर्ताको लागि बैंकहरुले ल्याएको मुद्दती निक्षेपको योजना फाइदाजनक छ । चार महिना अगाडि ५ प्रतिशत हाराहारीमा रहेको मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत पुग्नु भनेको निक्षेपकर्तालाई फाइदा हो ।

नेपाल बैकर्स एशोसियनका अध्यक्ष अनिल शाहले बचत खातामा रहेको पैसा मुद्दती निक्षेपमा राख्ने क्रम शुरु भएको बताए ।

‘मुद्दती निक्षेपमा बढी ब्याजदर दिने भएपछि बचत खातबाट मुद्दती निक्षेपमा पैसा राख्नेहरु बढेका छन्, विकास खर्च नबढ्दासम्म तरलताको अवस्था यस्तै हुने हो,’ उनको भनाइ छ ।

पुस मसान्त आउन केही दिन बाँकी छ । जसले गर्दा कर प्रयोजनको ३० देखि ४० अर्ब रुपैयाँ बैकिङ प्रणालीबाट सरकारी खातामा जान्छ । विकास खर्च नबढेको हुँदा बैंकहरुलाई निक्षेप नआएको हुँदा कर्जा दिन समस्या छ । यो समस्या बैंकरहरुले माघदेखि हट्ने अनुमान गरेका छन् ।


क्लिकमान्डु