बैंकलाई ब्रोकरको लाइसेन्स दिने हो भने साना लगानीकर्ता डुब्छन्



प्रियराज रेग्मी, अध्यक्ष, धितोपत्र दलाल ब्यवसायी संघ

सेयर बजारमा अहिले धेरै उतारचढाव छ, यसमा ब्रोकरको भूमिका छ भनेर आरोप लगाइने गरेको छ नि ?

नबुझेर लगाइने गरेको आरोप हो यो । ब्रोकरले कसरी गर्न सक्छ ? ब्रोकरले के लागि गर्ने ? ब्रोकरको काम भनेको ग्राहकले दिएको आदेश मान्ने र राफसाफ गर्ने हो । ग्राहकले किन्ने भनेमा किन्नुपर्छ । र, बेच भनेमा बिक्री गर्नुपर्छ । यसमा ब्रोकरले कसरी बजारमा चलखेल गर्न सक्छ ? बजारमा कुनैपनि सेयरको ट्रेड हुँदै गर्दा कारोवार माथिल्लो बिन्दुमा हुन्छ । एउटा तल्लो बिन्दुमा हुन्छ । हाम्रा बजारमा भएका सबै लगानीकर्तालाई तल्लो बिन्दुमा खरिद गर्नु परेको छ । अनि माथिल्लो बिन्दुमा बेच्नुपर्छ । एउटा ब्रोकर कार्यालयमा ५० जना मानिस हुन्छन् । एक पटक हुने कारोवार एकजनाले खरिद गर्न पाउँछन् । बाँकीले के आरोप लगाउँछन् भने ब्रोकरले मैले भनेको बेला सेयर खरिद गर्दिएन । वा बिक्री गरेन ।

जोसँग बढी र भित्री सूचना हुन्छ त्यसैले बढी कमाउछ । यस्तो अवस्थामा साना लगानीकर्ता डुब्छन् । किनभने उनीहरुसँग भित्री सुचना हुदैन । अहिलेकै अवस्थामा कुनै शर्त नराखी बैंकलाई ब्रोकरको लाइसेन्स दिने हो भने साना लगानीकर्तालाई ठूलो समस्या पर्छ ।

कुनै न कुनैले खरिद गरेको हुन्छ । खरिद गर्नेले मैले खरिद गरें भन्दैन । ब्रोकरले चलखेल ग¥यो भनेर आरोप लगाउने भन्ने कुरा निराधार हल्ला मात्र हो । यसको लागि एउटा प्रणाली विकसित गरेपछि सबै थाह हुन्छ । समय अनुसारको प्रणाली विकास गर्न नसक्ने अनि दोषजति ब्रोकरलाई दिने ? जस्तो नेपाल लाइफको सेयर मूल्य ३९ सयमा पुगेको थियो । त्यो बेला एकजनाले मात्र बिक्री गरेको हो । यस्तै एलआईसीको सेयर २५ सयमा पुग्दा एकजनाले खरिद गरेको थियो । हाम्रो बजारमा कसरी चल्छ भन्ने चेतना नहुँने हुँदा हामीमाथि मार परेको छ ।

यसको लागि एउटा प्रणाली विकसित गरेपछि सबै थाह हुन्छ । समय अनुसारको प्रणाली विकास गर्न नसक्ने अनि दोषजति ब्रोकरलाई दिने ?

ब्रोकरले इन्साइडर ट्रेड गर्छन् भन्ने आरोप पनि छ नि ?

यो कुरापनि नबुझेर लगाइएको आरोप हो । इन्साइडर ट्रेड भनेको के हो ? जसलाई सूचनाको पहुँच बढी हुन्छ, इन्साइडर ट्रेड उसैले गर्ने हो । ब्रोकरले इन्साइडर ट्रेड कसरी गरे ? हामी कुनै सूचना प्रवाह गर्दैनौं । सूचना दिने भनेको स्टकमा सूचिकृत कम्पनीले हो । सूचिकृत कम्पनीले गर्ने निर्णयको आधारमा सेयरको मुल्यमा उतारचढाव हुन्छ । यस्ता कम्पनीले सम्बन्धित नियामकमा सूचना दिएका हुन्छन् भने स्टक एक्सचेन्ज मार्फत यस्ता सूचना आउँछ । मैले आफ्नो काम गरेको हुन्छु । त्यो सूचना त लगानीकर्ताले हेरेको हुन्छ ।

तपाईहरुले ग्राहकले कुन सेयर खरिद गर्ने भनेर सोध्दा यो कम्पनी खरिद गर्नुहोस् भन्ने आधारमा पनि चलखेल गर्नुहुन्छ ?

बजारमा हामी व्यवसायिक रुपले लागेका छौं । दोस्रो बजारमा दुईवटा कुरा हुन्छन् । एउटा तरलता र अर्को स्पेकुलेसन । स्पेकुलेसन गरेर कमाउने लगानीकर्ताले कमाउनको लागि हरसम्भव प्रयास गरेको हुन्छ । त्यो सूचना पनि उसले ल्याएको हुन्छ । उनीहरु आफैले खरिद गर्छन् । र, आफै हल्ला गर्छन् । अनि मुल्य बढाउँछन् । हामीले ब्यालेन्ससिटको आधारमा केही विश्लेषण गर्ने र बजारमा आएको हल्लाको बारेमा जानकारी दिने हो । फेरि मैले भनेको आधारमा गर्नुपर्ने पनि केही छैन । अहिले ५० वटा बोक्रर छन् । चित्त नबुझे अर्को कम्पनीमा काम गर्न सकिन्छ । उजुरी गर्नको लागि चारवटा नियामक छन् । यसकारण यी सवै आरोप मिथ्या छन् ।

भनेपछि ५० वटै ब्रोकर दुधले नुहाए जस्तै चोखा छन् ?

मैले ५० वटै ब्रोकरको ठेक्का लिन सक्दिन । संघको अध्यक्ष हुँदा नीतिगत विषयमा भन्न सक्छु । तर सबै कम्पनीले कसरी आफ्नो व्यवसाय गरेका छन्, त्यो भन्न सक्दिनँ । एकाधले गरेका होलान् । जुनसुकै व्यवसायमा पनि खराब काम गर्ने हुन्छन् । बैंकका पनि केही सिइओहरु बैकिङ कसुरको आरोपमा प्रक्राउ परेका थिए । हरेक व्यवसायमा खराब पक्ष हुन्छ । जुन तरिकाले आरोप लागेको छ, त्यो भने होइन । धितोपत्र बजारमा अहिले बलियो कानून छैन  । ब्रोकरको इमान्दारिताको कारण अहिलेसम्म बजार टिकेको छ । अहिलेसम्म यहाँ ठूलो अनियमिता देख्नु भएको छ ? धितोपत्र बजारमा काम गर्ने ब्रोकरहरु इमानान्दर भएको कारण व्यवसाय अहिलेसम्मको अवस्थामा आएको हो । २५ वर्षको इतिहासमा अहिलेसम्म पनि ब्रोकरले मलाई ठग्यो भनेर कोही आएको छैन । हामीले आफ्नो घरखेत बेचेर भएपनि बजारको शाख बचाएका छौं ।

प्रमोटर सेयरलाई साधारण भनेर पनि बिक्री गरेका उदाहरण पनि छन् नि ?

मैले कसरी चिन्ने ? प्रमाणपत्रमा साधारण भनेर छाप लगाएका हुँदैन । आरटिएसले छाप लगाएर पठाएपछि मैले के गर्ने ? मसँग त्यो सिस्टम छैन । मलाई तपाईले आरोप लगाउनुभन्दा अगाडि मसँग त्यो रोक्ने प्रणाली छ कि छैन भनेर हेर्नु पर्दैन ? आरटिएसले बेच्न योग्य छ भनेर प्रमाणित गरेपछि मैले बेच्नु पर्छ ।

मैले कसरी चिन्ने ? प्रमाणपत्रमा साधारण भनेर छाप लगाएका हुँदैन । आरटिएसले छाप लगाएर पठाएपछि मैले के गर्ने ? मसँग त्यो सिस्टम छैन ।

अहिलेको बजारमा उतारचढाव आउनुको कारण लगानीकर्ताको मनोवैज्ञानिक कारणले हो ?

भारुसँगको खुला कारोवार भएको थियो । हाम्रो कुल व्यापारमा ६५ प्रतिशत व्यापार भारतसँग छ । हाम्रो सांस्कृतिक र सामाजिक सम्बन्ध भारतसँग छ । रोजगारीमा जाने नेपालीले ल्याउने भारु र खुला बोर्डरमा व्यापारीले गर्ने कारोवारको कारण भारु मौज्जात प्रर्याप्त थियो । कसैले पनि मसँग यति भारु थियो भनेर भन्दैन । । तर हजार र ५ सयदरका भारु नचल्ने भनेपछि बजारमा प्रभाव पर्छ । तल्कालको लागि आफ्नो व्यवहार मिलाउनको लागि बिक्रीको चाप बढेको थियो । अर्को कारण राजनीतिक अस्थिरता हो । संविधानको कार्यान्वयन भएको छैन । चुनाव हुन्छ कि हुँदैन थाह छैन । स्टकमा लगानी गर्ने भनेको भोलि नाफा हुन्छ भनेर अनुमानको आधारमा गर्ने हो । बजारमा सेयरको आपूर्ति विस्तारै बढेको छ । केन्द्रीय बैंकले पुँजी बृद्धिको नीति ल्यायो । पुँजी बृद्धिको नीतिको कारण बैंक तथा वित्तीय संस्थाले बोनस र हकप्रद दिदै गए । जसको नेपाल स्टकमा सूचिकृत कम्पनीहरुको हिस्सा ७० प्रतिशत छ । जसको सेयर आपूर्तिको हिस्सा पनि बढ्यो । हामीले आफ्नो बजारलाई भने काठमाडौंमा मात्र सिमित राखेका छौ । आपूर्ति बढ्ने निश्चित भएपछि माग बढेको छैन । माग बढाउनको लागि संस्थागत लगानीकर्ता भित्र्याउनु पर्ने थियो । माग बढाउनको लागि बजार विस्तार गर्नुपर्ने थियो । संसारभरमा हकप्रद सेयरको कारण मुल्य बढ्ने हुँदैन । हकप्रद जारी गर्ने भनेको कम्पनीको अवस्था राम्रो भएन, फेरि पुँजी हाल भनेर हाल्ने हो । यो राम्रो त होइन । सरकारले विकास खर्च गर्न सकेन । बैंकमा तरलता कम हुँदै गएपछि निक्षेपको ब्याजदर बढ्यो र कर्जाको ब्याजदर बढ्यो ।

संसारभरमा हकप्रद सेयरको कारण मुल्य बढ्ने हुँदैन । हकप्रद जारी गर्ने भनेको कम्पनीको अवस्था राम्रो भएन, फेरि पुँजी हाल भनेर हाल्ने हो । यो राम्रो त होइन ।

निक्षेपको ब्याजदर कम भएपछि सेयरमा लगानी गर्ने हो । एकथरि मानिस यस्तै थिए । अर्र्काथरी ऋण लिएर लगानी गरेका थिए । ब्याजदर बढेपछि यस्ता लगानीकर्ता आएनन् । बैैंक वित्तीय संस्था सम्बन्धी कानून पारित भयो । ४९ प्रतिशत सेयरको आपूर्ति तीनगुणा बढेको थियो । आम बजारमा शतप्रतिशत सेयर बजारमा आउन सक्ने भयो । जसको कारण बिक्रीको चाप बढ्यो । १७ सय वा १८ सयको इन्डेक्समा खरिद गर्ने व्यक्ति समस्यामा होला । तर एकवर्ष अगाडि खरिद गरेको मानिसले त कमाएको छ । दीर्घकालिन लगानी गर्नेलाई आजको मितिमा पनि खरिद गर्दा फाइदा थियो ।

तपाईहरु पनि शाखा विस्तार गरेर कारोबारको लागि काठमाडौं बाहिर जान सक्नु भएन नि ?

शाखा खोल्नको लागि अर्थमन्त्रीलाई दुईपटक भेटेको छौं । नेप्सेमा आवेदन दिएका छौं । धितोपत्र बोर्डमा निवेदन दिएका छौं । नियामकले स्वीकृति नदिएको अवस्थामा पसल खोलेजस्तो खोल्ने त होइन । हामीलाई २० लाखे ब्रोकर भन्छन् । एक वर्ष अगाडि ब्रोकर कम्पनीको पुँजी २ करोड रुपैयाँ पु¥याउन हामीले नै सुझाव दिएका थियौं । दुईवर्ष अगाडि हामीले शाखा खोल्न स्वीकृति मागेका थियौं । चार सय स्वायरफिट क्षेत्रफल भएको कार्यालय चाहिन्छ भनिएको छ । मेरो कार्यालय १५ सय स्वायरफिटमा छ । खरिद बिक्रीको लागि पुँजी चाहिदैन । तर, बजारको विकासको लागि हामीले पुँजी बढाउने कुरा गरेका छौं । हामीले अहिलेसम्म ब्रोकरको मात्र काम गर्न पाउछौं । हामीले डिलरको माग गरेका छौ । इन्भेष्टमेन्ट पोर्टफोलियोको काम गर्न माग गरेका छौं । एडभाइजरी सर्भिसको काम गर्न मागेका छौं । अहिले हामीले नचाहेर पनि लगानीकर्तालाई सुझाव दिएका छौं । कानूनी रुपमा त्यो काम गर्ने जिम्मा पाएपछि गलत सुझाव दिएको आधारमा हामीलाई कारवाही गर्न पनि मिल्ने थियो  ।

हामीलाई २० लाखे ब्रोकर भन्छन् । एक वर्ष अगाडि ब्रोकर कम्पनीको पुँजी २ करोड रुपैयाँ पु¥याउन हामीले नै सुझाव दिएका थियौं । दुईवर्ष अगाडि हामीले शाखा खोल्न स्वीकृति मागेका थियौं । चार सय स्वायरफिट क्षेत्रफल भएको कार्यालय चाहिन्छ भनिएको छ । मेरो कार्यालय १५ सय स्वायरफिटमा छ । खरिद बिक्रीको लागि पुँजी चाहिदैन । तर, बजारको विकासको लागि हामीले पुँजी बढाउने कुरा गरेका छौं ।

कारोवारको दायरा बढेपछि कम्पनीको आकार ठूलो हुन्छ । मैले थप बिज्ञ कर्मचारी राख्नुपर्छ । त्यो किसिमको प्रविधि जडान हुन्छन् । त्यसपछि धितोपत्र दलाल व्यवसायी सिस्टममा हुन्छ । धितोपत्र बोर्डले नियम कानून बनाउने स्टक एक्सचेन्जले व्यापार गर्न दिने र ब्रोकरले लगाउने इफोर्डले बजारलाई फाइदा हुन्छ । व्यवसायको आकार बढाउन हामीले भनेका हुन्छौ । तर केही मान्छेलाई ब्रोकरले कमिसनबाट पैसा कमाएका छन् किन चाहियो भन्ने लागेको छ ।

तपाईहरुले डिलरसिपको कुरा गर्नुभयो, सामुहिक लगानी कोष पनि आएका थिए नि ?

सामुहिक लगानी कोषले डिलरसिपको काम गर्ने होइन । मलाई त अहिले ट्रेड गर्ने अधिकार दिएको छ । तर मलाई थाह छैन कि मलाई अन्तरवार्ता दिन अधिकार छ छैन भन्ने कुरा । सामुहिक लगानी कोषको लाइसेन्स दिनु भएको छ । नियम कानून अनुसार काम गरेको होला । उहाँहरु पनि आफ्नो मालिकको लागि काम गर्ने हो । सामुहिक लगानी कोषलाई बढ्न लागेपछि बिक्री गर भन्ने र घट्न थाल्यो भनेपछि खरिद गर भन्न त मिल्दैन । उनीहरुलाई पनि स्वतन्त्र रुपमा काम गर्न दिनुपर्छ । सामुहिक लगानी कोष भनेको बजारमा स्थायित्वको लागि काम गर्ने हो । उनीहरुले आफ्नो युनिट होल्डरको लागि काम गर्ने हो । बजारको स्थायित्वको लागि मार्केट मेकर चाहियो । हामीलाई अहिले जुन आरोप लागेको छ, त्यसलाई हटाउनको लागि हामीलाई डिलरसिप चाहिएको हो । मैले १ लाख कित्ता सप्लाइ थेग्न सक्दिन । तर ५ हजारसम्म थेग्न सक्छु । अहिले एउटा ब्रोकर कम्पनीको पुँजी १० करोड हो । बजारको पुँजीकरण १६ खर्ब नाघेको छ । ५० ओटा ब्रोकरले १० करोड हाल्दा ५ अर्बको पुँजी पुग्यो । बजार भनेको संवेदनशीलता हो । बजारमा जाने लगानीकर्ताको मनोविज्ञान कमजोर भएपछि बजार घट्छ ।

उहाँहरु पनि आफ्नो मालिकको लागि काम गर्ने हो । सामुहिक लगानी कोषलाई बढ्न लागेपछि बिक्री गर भन्ने र घट्न थाल्यो भनेपछि खरिद गर भन्न त मिल्दैन । उनीहरुलाई पनि स्वतन्त्र रुपमा काम गर्न दिनुपर्छ ।

बैंकलाई ब्रोकरको लाइसेन्स दिने विषयको विवाद के हो ?

विवाद भएको छैन । विवाद हुनपर्ने विषय पनि होइन । तपाईले अघि भन्नु भयो तपाईहरुले शाखा विस्तार गर्नु भएन भनेर । हामीले शाखा विस्तारको लागि अनुमति माग्यौं । नेप्सेले सूचना जारी गरेको थियो । यसमा धितोपत्र बोर्डको असहमति रह्यो । शाखा भनेको हेड अफिसको कन्ट्रोलमा हुनुपर्छ । अहिले भएको शाखाको प्रविधि भनेको शाखाले स्टकको सिस्टमा अर्डर पठाउने काम गर्छ । मेरो कम्पनीको शाखा हो । तर काम भने शाखाको जस्तो भएन । किन भन्दा त्यो खालको सिस्टम बनाइएन । क्यापिटल मार्केटको सिस्टम बनेन । दोस्रो कुरा कालिकोट, जुम्ला जाने भन्ने कुरा आएको थियो । जहाँ जे छ त्यही कारोवार गर्नुपर्छ । शाखा विस्तार गर्ने भनेको सम्भावना हेरेहो । विकास भएका सहरमा जाने हो । नियामक र मार्केट अपरेटरको के विवाद भएको छ, त्यो हामीलाई थाहा छैन । धितोपत्र बोर्डले स्टकलाई के भनेको छ भने शाखा विस्तार गर्ने हो कि नयाँ बोक्रर थप्ने भनेको थियो । हामी यो व्यवसायमा २० वर्षदेखि छौं । हामी छाडा हुन खोजेको होइन । नियम कानून र प्रविधि दिनुहोस भन्दा मलाई नदिने । अनि गर्न सक्दैनन् भन्ने ? मैले मागेको कुरा मलाई नदिएर अर्कोलाई दिन खोजिएको छ । यसो गर्दा हामीलाई अन्याय पर्छ । आजको दिनमा हेर्ने हो भने सुचिकृत कम्पनीहरुमध्ये ७० प्रतिशत जति हिस्सा बैंक तथा वित्तीय संस्थाहरुको छ । अनि बीमा कम्पनीहरुको हिस्सा १२/१३ प्रतिशत छ । दुबै गरेर ८३ प्रतिशत जति हुन्छ ।

हामी छाडा हुन खोजेको होइन । नियम कानून र प्रविधि दिनुहोस भन्दा मलाई नदिने । अनि गर्न सक्दैनन् भन्ने ? मैले मागेको कुरा मलाई नदिएर अर्कोलाई दिन खोजिएको छ ।

बैंक वित्तीय संस्था र बीमा कम्पनीका प्रवद्र्धक एउटै हुन् । बैंकले बीमाको सेयर र बीमा कम्पनीले बैंकको सेयर खरिद  गर्न पाउँछ । इन्साइडर ट्रेड जोसँग सूचना छ, त्यसले गर्न सक्छ । बैंक तथा वित्तीय संस्थाको लगानीकर्ता र बीमा कम्पनीको लगानीकर्ता एउटै हो । त्यही बैंकको म्युचुअल फन्ड छ । त्यही बैंकले ब्रोकर लाइसेन्स पाए भने बजार के हुन्छ ? कल्पना गर्न सकिँदैन । इन्भेष्टरले लगानी गर्ने भनेको कमाउनको लागि हो । जोसँग बढी र भित्री सूचना हुन्छ त्यसैले बढी कमाउछ । यस्तो अवस्थामा साना लगानीकर्ता डुब्छन् । किनभने उनीहरुसँग भित्री सुचना हुदैन । अहिलेकै अवस्थामा कुनै शर्त नराखी बैंकलाई ब्रोकरको लाइसेन्स दिने हो भने साना लगानीकर्तालाई ठूलो समस्या पर्छ । बजारमा अर्काे प्रकारको विकृति आउछ । यो भनेको धेरै कम्लेक्स विषय हो । आजको समस्या ब्रोकरको समस्या होइन । यो कुरामा ५ सय ओटा ब्रोकर भएपनि समस्या आउँछ । सिस्टमबाट चल्ने हो । अनलाइन ट्रेडिङ दिउँ । यो लगानीकर्ताको हितमा छ ।

नियामकले भनेको भन्दा मेरो कार्यालयको आकार तीन गुणा बढी छ । व्यवसाय विस्तार नहुँने भएपछि किन पुँजी थप्ने ? पुँजी थपेपछि त्यो अनुसारको काम गर्न पाउनु पर्छ ।

२० लाखे ब्रोकर भनेर जिस्क्याए भन्नुभयो, पुँजी बढाउन तपाइलाई केले रोकेको छ ?

मैले किन थप्ने पुँजी ? सेयर खरिद र बिक्रीको आदेश लिनको लागि पुँजी नै चाहिहएको छैन । नियामकले भनेको भन्दा मेरो कार्यालयको आकार तीन गुणा बढी छ । व्यवसाय विस्तार नहुँने भएपछि किन पुँजी थप्ने ? पुँजी थपेपछि त्यो अनुसारको काम गर्न पाउनु पर्छ । पुँजीलाई काम गर्न नदिने योजना बनाउनु हदैन । पूजीले काम गर्न पाउनु पर्छ । लगानीकर्तालाई चाहिएको सिस्टम हो । बेला बेला सिस्टमले काम गर्दैन । आज ५० वटा ब्रोकरलाई दिदा सिस्टमले धानेको छैन । बैंकलाई लाइसेन्स दिएपछि उनीहरुको शाखाबाट कारोवार हुँदा यो सिस्टमले धान्न सक्छ ? यो भनेको लगानीकर्तालाई भुलाउने कुरा हो  । अर्को सिस्टम नल्याउदा बैंकलाई लाइसेन्स दिएपनि हुँदैन ।


क्लिकमान्डु