श्रीलंकाली र चिनियाँ कम्पनीले पुननिर्माण गरिदिँदै नेपाली सम्पदा




काठमाडौं । ०७२ बैशाखको भूकम्पको कारण भत्किएका पुरातत्विक सम्पदाको निर्माण धमाधम सुरु भएको छ ।

भुकम्पका कारण देशभरका ७ सय ५३ वटा पुरातत्विक सम्पदामा क्षति पुगेका थियो । त्यसमध्य पहिलो चरणमा ३ वर्षे योजना अन्तगत १ सय ३२ वटा सम्पदाको निर्माण सुरु भइरहेको पुरातत्व विभागले जानकारी दिएको छ ।

सम्पदा पुननिर्माणका लागि सरकारले ३ अर्ब ८० करोड बजेट निकासा गरेको छ । सरकारले जति छिटो बजेट निष्कासन गर्छ कामले त्यति छिटो गति लिने पुरातत्विक विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए ।

‘भत्किएका पुरातत्विक सम्पदा जस्ताको तस्तै निर्माण नगरिए युनिसेफले विश्व सम्पदा सुचिबाट हटाउँछ, हामी यो चाहदैनौं, यसैले जस्ताको तस्तै निर्माण हुन्छ,’ महानिर्देशक दाहालले क्लिकमाण्डूसँग भने ।

जस्ताकै तस्तै निमार्ण नभएका संरचना आफै गएर भत्काइदिने पनि उनले जानकारी दिए । सम्पदा पुननिर्माण गर्दा ६० देखि ९० प्रतिशत पुरानै संरचनामा रहेका सामाग्रीको प्रयोग गरिने पनि उनले जानकारी दिए ।

भुकम्पका कारण क्षति पुगेको काठमाडौंको आनन्द कुटी विहार (२५ करोड रुपैयाँ लागत) र रातो मछिन्द्र (५ करोड रुपैयाँ लागत) को पननिर्माणका लागि श्रीलंका सरकारले नेपाल सरकारबाट स्विकृति लिइसकेको छ । यसको पुननिर्माण सम्बन्धि सम्पूर्ण काम श्रीलंकाको कम्पनीले गर्छ ।

पुननिर्माणको काम श्रीलंकाली कम्पनीले गरे पनि त्यसको निरीक्षण भने पुरातत्व विभागले गर्नेछ ।

त्यस्तै चीन सरकाले नुवाकोटको साततले दरबार, ग्रारथ घर, तलेजु मन्दिर, रङ्ग मन्दिरलगायत हनुमान दरबार क्षेत्रका ९ तले दरबार ४ वटा पूँजाकोठा सहित पुननिर्माण गर्ने भनेर दुई देशबीच सम्भैता भइसकेको छ । यसको लागि चीनबाट हनुमान ढोका पुननिर्माणको लागि अध्ययन गर्न दोस्रो टोली आएर काम गर्दैछ ।

किर्तिपुरको नगेद, नागर्जुनको जमाचो,  भक्तपुर दरबार परिसरको नारायण मन्दिर, रामेश्वर मन्दिर र ९० प्रतिशत सकिएको भक्तपुर दरबारको गेट, चागुनारायणको किल्लेश्वरमहादेव मन्दिर लगायतका सम्पदा पुननिर्माण भइरहेको महानिर्देशक दाहालले जानकारी दिए ।

विश्व सम्पदा सुचिमा सुचिकृत बौद्धको स्तुपा २९ करोडको लागतमा स्वदेशी तथा विदेशी चन्दादाताको सहयोगमा निर्माण भएको छ ।


क्लिकमान्डु