जसले सेयर बजारबाट २० बर्षमा हजारलाई ११ अर्ब बनाए



रामदेव अग्रवाल

भनिन्छ, जीबन सिधा रेखामा हिड्दैन । शेयर बजार पनि जीवनकै अङ्ग हो । नेपाली पूँजी बजारको कुरा गर्दा करिब २० लाख लगानीकर्ताका जीवनको एक हिस्सा बनेको छ, पूँजी बजारको यही बक्र वा ‘सस्टेनेबल’ रेखा ।

जसरी जीवनमा सुख, दुःख, सजिला र अप्ठ्यारा दिनहरु आउछन्, त्यस्तै अवस्था पूँजी बजारमा पनि आउछ । बढ्नु र घट्नु वा बुल ट्रेण्डमा उक्लिनु र वियर ट्रेण्डमा झर्नु एब जीवन्त शेयर बजारको चरित्र हो ।

नेपालको शेयर बजार विगतका केहि महिनामा बढेर आफ्नो उच्चतम बिन्दुमा पुग्यो । र, स्वभाविक रुममा बढेपछि घट्नु पर्ने नियमको अनुसरण गर्दै अहिले झरिरहेको छ ।

जीवनमा सुखका बेला जोहो गर्नुपर्छ । र, दुःखका बेला त्यसको होशियारीपूर्वक उपभोग गर्नुपर्छ । त्यसरी नै घट्दो बजारमा किन्दै जानुपर्छ र बढ्दो बजारमा बेच्दै जानुपर्छ । तर आफुले खरिद गर्ने कम्पनीको वित्तीय अवस्था र आफ्नो जोखिम लिन सक्ने क्षमताको भने हेक्का राख्नुपर्छ ।

यो आधारभूत सिद्धान्त नै शेयर बजारबाट उच्चतम लाभ लिने अचुक उपाय हो । वारेन वफेट, राकेश झुनझुनवाला, विजय केडियालगायत लगानीकर्ताको सफलताको सूत्र पनि यही नै हो । अहिले धेरै मान्छेले उनीहरुको सफलताको कथा पढेका छन् । वा भनौं पैसा कमाएको देखेका छन् । तर उनीहरुको सफलताको पछाडी शेयर बजारमा कयौं उतारचढावहरुका बारेमा धेरैले ध्यान नदिएको पनि हुन सक्छ । उनीहरु एकोहोरो बुल वा बढ्दो बजारबाट सम्पति थुपारेका मान्छे होइनन् ।

आज तपाइलाई हामी यी बाहेकका एक सफल सेयर लगानीकर्ताको कथा सुनाउदै छौं । भारतमा यस्तै एक व्यक्ति छन्, जो शेयर बजारको तिब्र उतारचढावहरुको साक्षी बनेका छन् । बढ्दा मात्तिएनन्, घट्दा बेचेर भागेनन् । आफ्नो भाग्य बन्दै गएको पनि देखे । र, त्यो ‘भाग्य’ बालुवाको महल जस्तै क्षणभरमा विलिन भएको पनि देखे । छानेर किने, अडेर बसे । ती ब्यक्ति हुन् रामदेव अग्रवाल ।

शून्यबाट हजार करोडको रोमान्चकारी यात्रा तय गर्ने व्यक्ति हुन रामदेव अग्रवाल ।
उनी सन् १९८७ मा विद्यार्थीको रुपमा सहर पसेका थिए । गोजी खाली थियो । तर जोश, हिम्मत र आत्मविश्वासले भरिपूर्ण थिए । शेयरको बारेमा थोरै ज्ञान थियो ।
केहि हजार यताउताबाट खोजेर खेलाउदा खेदाउदै तीन वर्षमा अर्थात सन् १९९० तिर उनले १०/१२ लाख रुपैयाँ जति कमाउन भ्याइसकेका थिए ।

सन् २००१ ताका फेरि भारतमा टेक कम्पनीको बुल आयो । र, उनको पोर्टफोलियोमा भएका टेक कम्पनीहरु भ्यागुतो झैं उफ्र्न  थाले । उनी एकाएक सय करोड अर्थात १ अर्बको मालिक बने । तर सन् २००३ मा फेरि उनको सय करोड घटेर १० करोडमा सिमित भयो । र, फेरि त्यो १० कारोड २००७ सम्ममा ११ अर्ब भयो ।

त्यसपछि त्यो पैसाले भारतीय शेयर बजारको (बिएसएल) लाइसेन्स लिए । र, फेरि शून्यमा झरे ।

उनमा लगानीको ‘भूत सबार’ भैसकेको थियो । आफूसँग भएको पैसा सकिए पनि हिम्मत र आँट सकिएको थिएन । त्यसैले उनले फेरि ५ लाख रुपैयाँ खोजेर लगानी गरे । अनि शुरु भयो भारतीय शेयर बजरमा बुल रन । जसलाई हर्सद मेहता बुल रन भनेर आजसम्म चिनिन्छ ।

त्यो एउटा सुनामी वा तुफानको रुपमा आयो । र, रामदेवको ५ लाखलाई ३० करोड बनाइदियो । रामदेव रातारात करोडपति बने । तर त्यो सुनामी १९९२ मा सकियो । र, सुनामीको उछालमा तैरिरहेका रामदेव किनारामा पुगेर बेस्सरी पछारिए । उनको ३० करोडको सम्पत्ति १० कारोडमा खुम्चियो ।

त्यसपछि उनले सौभाग्यवस शेयर बजारका बादशाह वारेन बफेटसँग भेट्ने मौका पाए । र, उनको सल्लाह बमोजिम आफ्नो पोर्टफोलियोलाई सुधारे । २ सय ५० वटा राम्रा नराम्रा कम्पनी भएको पोर्टफोलियोलाई राम्रा १५ वटा कम्पनीमा झारे । र, त्यसपछिको सानो बुलमा उनको पोर्टफोलियो फेरि दुई गुणा भयो ।

सन् २००१ ताका फेरि भारतमा टेक कम्पनीको बुल आयो । र, उनको पोर्टफोलियोमा भएका टेक कम्पनीहरु भ्यागुतो झैं उफ्र्न  थाले । उनी एकाएक सय करोड अर्थात १ अर्बको मालिक बने । तर सन् २००३ मा फेरि उनको सय करोड घटेर १० करोडमा सिमित भयो । र, फेरि त्यो १० कारोड २००७ सम्ममा ११ अर्ब भयो ।

यस्तो रोमाञ्चकारी यात्रा गरेका रामदेव अहिले तुफानी समुन्द्रमा पौडिने सार्क माछा जस्ता भएका छन् । अनुभवले खारिएका छन् । र, अनुभवका आधारमा नयाँ लगानीकर्ताहरुलाई सल्लाह सुझाव दिन्छन् ।

उनले दिने प्रमुख दुई सूत्र हुनः

१) लगानी गर्नुहोस् कारोबार हैनः अर्थात लामो समयका लागि राम्रो कम्पनी छान्नुस । यसो गर्दा बजारको स्वभाविक उतारचढावको बारे चिन्ता लिनु पर्दैन । बजार घट्दा कम्पनीले लाभांश दिन्छ र बजार बढ्दा कम्पनी र बजार दुबैले नाफा दिन्छ ।

२) धैर्य गर्नुस्, गुणात्मक वृद्धिमा विश्वास गर्नुहोसः धैर्य गरेर राम्रो कम्पनीमा अडे सम्पती जोडिने मात्र नभई गुणात्मक फड्को मार्छ भन्ने उनको विश्वास छ । उनी भन्छन् १० वर्षमा १० गुणा, २० वर्षमा सय गुणा र ३० वर्षमा हजार गुणा सम्पत्ती वृद्धि गराउने क्षमता शेयर बजारमा छ । जो उनले प्रमाणित पनि गरेका छन् ।


क्लिकमान्डु