गुगलका सर्चका सर्ट कि, जानी राखे राम्रो



google_search

गुगल अहिले इन्टरनेट प्रयोगकर्ताहरूको पहिलो रोजाइमा रहेको छ । गुगलको प्रयोग कुनै कुरा खोज्न मात्र नभएर कुनै कुरा थाहा पाउन पनि हो । त्यसैले गुगल सर्चमा गएर केही सामान्य किहरु कसरी चलाउने भन्ने थाहा पाउनु भयो भने तपाईले थोरै समयमा पनि धेरै कुराहरु थाहा पाउन सक्नुहुन्छ ।

कुन देशको समय कति?

कुनै पनि देशको समय अहिले कति भयो भनेर थाहा पाउन गुगलको सर्च बक्समा टाइम र देशको नाम टाइप गरेपछि जानकारी प्राप्त हुन्छ ।

कुन देशको जनसंख्या कति?

कति झन्झटिलो हुन्छ यो कुरा थाहा पाउन । थाहा लागेपनि कत्तिको आधिकारीक हो भन्ने पत्ता लगाउनै पर्यो । यस्तो अवस्थामा गुगलको सर्च बक्समा पपुलेसन देशको नाम हान्दा पछिल्लो जनगणना अनुसारको जनसंख्या आउने गर्छ ।

क्यालकुलेटर पनि छ

हिसाव कितावको काम आएकी पहिला क्यालकुलेटको खोजि हुन थाल्छ । यस्तो अवस्थामा गुगलमा गएर तपाईले गर्न खोजेको जोड, घटाउ, गुणा, भाग के हो त्यो टाइप गरेपछि उत्तर सहित क्यालकुलेटर आउछ । अनि जे जे हिसाव गरेपनि हुन्छ ।

मुद्रा विनिमय दर

मुद्राकेा विनिमय दर दैनिक रुपमा परिवर्तन भैरहन्छ । जसको कारण आज डलर, पाउण्ड, यूरोको भाउ कति छ भन्ने थाहा पाउन गाह्रै पर्छ । यस्तो अवस्थामा गुगलमा गएर तपाईले कति १००० नेपाली रुपैंया वरावर कति डलर टाइप गर्दा तुरुन्तै जानकारी आउछ । कमसेकम ठगिने समस्याबाट त जोगियौं ।

सुर्योदय र सुर्याअस्त कतिखेर?

कुन देश वा शहरमा सुर्योदय र सुर्याअस्त कतिखेर हुन्छ भन्ने त के कहिले काँही आफ्नै देशको पनि थाहा हुदैंन । यस्तो अवस्थामा गुगलमा गएर सुर्योदय थाहा पाउन सनराईज देशको नाम र सुर्याअस्त देशको नाम टाइप गरेर इन्टर नगर्दै पनि आउन सक्छ । शहरको पनि थाहा पाउन सनराईज वा सनसेट अनि शहरको नाम टाइप गरे हुन्छ ।

तापक्रम थाहा पाउन

कुनै पनि शहरको तापक्रम थाहा पाउन अन्य वेवसाइटवाट खोज्नु पर्यो भने मस्तिष्ककै तापक्रम बढ्न थाल्छ । यस्तो अवस्थामा गुगल नै भरपर्दो हुन्छ ।गुगलमा गएर टेम्प अनि शहरको नाम लेखे पुग्यो ।


क्लिकमान्डु