मृत्युपछि फेसबुक अकाउन्ट के हुन्छ ?

पुस्पराज पौडेल/क्लिकमाण्डु २०७३ असोज ११ गते १२:२९ मा प्रकाशित

fb_afterdeth

सोसल मिडिया र इमेल ठेगानामा क्षणिक रमाइलो र हल्का फुल्का कुरा मात्र हुँदैनन् । लेनदेन, कारोबार, माया पिरती देखि अति सम्वेदनशील सूचनाहरूको पनि संग्रह भइराखेको हुन्छ । कतिपय व्यवसाय त सोसल मिडिया र इमेलकै भरमा चलेका हुन्छन् । तपाइका इमेल र सोसल मिडिया अकाउन्टको मूल्य अर्बौं रूपैयाँ भन्दा बढि हुन सक्छ । अब सम्पत्ति भनेको केबल घर जग्गा र बैंकको ब्यालेन्स मात्र रहेन ।

व्यक्तिको मृत्यु पछि अरू सम्पती त नजिकैको हकवालामा हस्तान्तरण हुन्छ । तर सोसल मिडिया लगायतको डिजिटल प्रपटीमा के हुन्छ? तपाईको इमेल र फेसबुक अकाउन्ट माथि कसको हक लाग्छ?

जिमेल, याहु लगायत निशुल्क इमेल सेवा प्रदायक र फेसबुक ट्वीटर जस्ता सोसल मिडियाले ‘डिजिटल प्रपटी ओनरसीप’ बारे नीति बनाइ सकेका छन् । सबै प्लेटफर्मका नीति एउटै छैनन्, तर मृत्यु हुने व्याक्तिको गोपनीयता र अकाउन्टमा हुने महत्वपूर्ण विवरणको परिवारका सदश्यलाई पर्न सक्ने आवश्यकताका आधारमा यस्ता नीति बनेका छन् ।

व्यक्तिको मृत्यु पछि अरू सम्पती त नजिकैको हकवालामा हस्तान्तरण हुन्छ । तर सोसल मिडिया लगायतको डिजिटल प्रपटीमा के हुन्छ? तपाईको इमेल र फेसबुक अकाउन्ट माथि कसको हक लाग्छ?

फेसबुकमा के हुन्छ ?

आफ्नो फेसबुक अकाउण्ट कस्तो अवस्थामा बन्द गर्ने वा आफुले चाहेको व्यक्तिलाई केही अधिकार हस्तान्तरण गर्न सकिने कुराको सेटिङ तपाई अहिले नै गर्न सक्नुहुन्छ । आफ्नो परिवारको वा चिनजानको मान्छे कुनै एकलाई चलाउन दिने अनुमतिलाई डिजिटल एक्ज्युकेटर भनिन्छ । मृत्यु भयो भने तपाइको फेसबुक पेजको अधिकार त उसलाई हुने नै भयो ।

मेमोरियलाइज्ड अकाउन्ट

मृत्यु भइसकेका व्याक्तिको प्रोफाइल वा पेजलाई अरूले नै सञ्चालन गर्ने अनुमति पाउँदा पनि पहिला जस्तै नियमित सञ्चालन गर्न भने मिल्दैन् ।

आफ्नो फेसबुकलाइ मृत्यु पश्चात ब्यबस्थापन गर्नका लागि मेमोरियलाइज्ड अकाउन्टको रुपमा पहिले नै फेसबुक अनुरोध गर्न सकिन्छ । अगाडी नै भेरिफाइड भइ सकेका परिवारका सदस्यहरुले मृत्युको प्रमाणित कागज दिएर त्यो एकाउण्ट बन्द गर्न सक्छन । मेमोरियलाइज्ड अकाउन्टमा मृतकका आफन्त वा परिवारले सम्झनाका लागि आफ्ना संदेशहरु पोस्ट गर्न सक्छन तर  कसैले पनि लगिन गर्न भने सक्दैन । अकाउण्ट्लाइ सम्झनाको रुपमा राखिदिनका लागि फेसबुक को अथोरिटिलाइ अनुरोध गर्न सकिन्छ । यसका लागि यो फर्म भर्नु पर्ने हुन्छ ।

https://www.facebook.com/help/contact/234739086860192

मुत्यपछि कसैलाई पनि त्यस्तो अधिकार दिन चाहनुहुन्न भने तपाईको मृत्युको जानकारी आधिकारिक रूपमा पाउँदासाथ फेसबुकले अकाउन्ट बन्द गरिदिन्छ ।

अर्को विकल्प, फेसबुकले २०१५ देखि सुरु गरेको ‘लिगेसी कन्ट्याक्ट’ भन्ने छुट्टै सेक्सन छ । मृतकका परिवार तथा साथीहरुको अनुरोधमा यो सुरू गरिको हो । यस अन्तर्गत ट्रस्टेड परिवारका सदस्य वा साथीहरुले मृतक का तर्फबाट एक अन्तिम पोष्ट गर्न सक्नेछन । यस अन्तर्गत फ्रेण्ड रिक्वेस्ट ब्यबस्थापन गर्ने,  प्रोफाइल तथा कभर फोटो अपडेट गर्ने र कन्टेन्ट अर्काइभ गर्ने सुबिधा पनि छ । प्राइभेट मेसेज बाहेक फोटो तथा फोटोहरु डाउनलोड गर्न पनि सकिन्छ ।

वास्तबमा फेसबुकले मृत्यु पछि को अकाउण्ट कन्ट्रोल गर्नका लागि केही अप्ठ्यारा प्राबधानहरु राखेको छ । फेसबुक प्रयोगकर्ताले एक जना मात्र लिगेसी कन्ट्याक्ट राख्न पाउने तरिका अपनाइएको छ । कुनै कारणबस  प्रयोगकर्ता र लिगेसी कन्ट्रोलमा राखिएको साथीको एकै पटक मृत्यु भएमा लिगेसी कन्ट्याक्ट प्रणालीले काम गर्दैन् ।  लिगेसी कन्ट्याक्टमा नाम नराखी ‘ डिजिटल हेइर’ एकाउण्ट उत्तराधिकारीको रुपमा भने कसैको नाम राख्न सकिन्छ । एकाउण्ट्मा यसरि नाम राखिएको भए फेसबुकले त्यहि व्यक्तिलाई लिगेसी कन्ट्याक्ट को रुपमा मानिदिन्छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स