ब्रिकीमा ट्वीटर, किन्न तम्सिने को को छन्?



twitter_sale

३० करोड सक्रिय प्रयोगकर्ता रहेको चर्चित सोसल मिडिया ट्वीटर बिक्रीमा छ । लगातार एक दशक माइक्रो ब्लगिङ दुनियाँमा एकछत्र राज गरेको ट्वीटरको बिक्रीको चर्चाले विश्व इन्टरनेट बजारमा तरंग ल्याएको छ । यसै सातादेखि ट्वीटरले आफ्ना सम्भावित ग्राहकहरूसँग छलफल अगाडि बढाएको छ ।

किन बेच्नु पर्‍यो?

सन २००६ देखि ट्वीटर इन्क कम्पनी मार्फत सोसल मिडिया बजारमा आक्रामक उपस्थिति देखाएको ट्वीटर अहिले संसारमा सबैभन्दा बढि प्रयोग गरिने १० वेबसाइट र इन्टरनेट प्लेटफर्म मध्येमा पर्दछ । १४० शब्द सीमाको माइक्रो बल्गिङलाई ट्वीटरले पहिचान नै बनाउन सफल भयो । संसारभर साना ठुला लाखौं व्यवसायलाई ट्वीटरले सफल बनाउन सघायो । विश्व थर्काउने राजनीतिक र आर्थिक घटनाका वरीपरी १४० शब्दै ट्वीट निकै प्रभावकारी अस्त्र बनेका छन् ।

लोकप्रियता कमाए पनि ट्वीटरले पैसा भने कमाउन सकेन । अरू प्रतिश्पर्धी सोसल प्लेटफर्मले बजारमा छलाङ मार्दा ट्वीटरको आय उत्साहजनक देखिएन । सुरूवातदेखि नै ‘घाटाको व्यापार’ गर्दै आएको ट्वीटरले ल्याएका ‘स्पोन्सर्ड ट्वीट’, विज्ञापन र  ‘पार्टनसिप’ व्यपार मोडालिटीले नाफातिर डोर्‍याउन सकेनन् । त्यसैले ट्वीर व्यबस्थापन बिक्रीको टंगोमा पुगेको हो ।

लोकप्रियता कमाए पनि ट्वीटरले पैसा भने कमाउन सकेन । अरू प्रतिश्पर्धी सोसल प्लेटफर्मले बजारमा छलाङ मार्दा ट्वीटरको आय उत्साहजनक देखिएन । सुरूवातदेखि नै ‘घाटाको व्यापार’ गर्दै आएको ट्वीटरले ल्याएका ‘स्पोन्सर्ड ट्वीट’, विज्ञापन र  ‘पार्टनसिप’ व्यपार मोडालिटीले नाफातिर डोर्‍याउन सकेनन् ।

ट्वीटरको अहिले मार्केट क्यापिटल १३.३ बिलियन अमेरिकी डलर छ ।

किन्न तम्सिने को को?

गुगल

सर्च इन्जिन जाइन्ट गुगलका धेरै प्रडक्ट सफल छन् । उसका असफल प्रोजेक्टहरूको सूचि पनि सानो छैन् । खासगरी सोसल मिडिया प्लेटफर्मका लागि गुगलको ठुलो लगानी ब्यर्थ भएको छ । उसले फेसबुक र ट्वीटरसँग  प्रतिश्पर्धा गर्न आफैले सुरू गरेका गुगल बज र गुगल प्लसले निराश तुल्याएको छ । तर, अरूको खरिद गरेको युटुब भन गुगलको सफल सोसल मिडिया प्रोजेक्ट मध्ये एक हो ।

ट्वीटरलाई गुगलले किन्न सक्ने धेरै कारणहरू छन् । उसँगले एउटा प्रभावाशाली सोसल प्लेटफर्म खोजी राखेको छ । लगानीका लागि चाहिए जति रकम पनि छ । सबैभन्दा महत्वपूर्ण कुरा चाँहि गुलगलको विज्ञापन बजारमा पहूच हो । ट्वीर किने लगत्तै नाफामा जान सक्ने गुगलसँग प्रयाप्त विज्ञापन बजार छ ।

ट्वीटरलाई गुगलले किन्न सक्ने धेरै कारणहरू छन् । उसँगले एउटा प्रभावाशाली सोसल प्लेटफर्म खोजी राखेको छ । लगानीका लागि चाहिए जति रकम पनि छ ।

सेलफोर्स

अमेरिकी क्लाउड कम्प्युटिङ कम्पनी सेलफोर्सलाई ट्वीटर खरिदकर्ताको एक मुख्य सम्भावित सूचिमा राखिएको छ । सेलफोर्सका प्रमुख कार्यकारी अधिकृत बर्ट टेलर केही समय अगाडि मात्रै ट्वीटरको बोर्ड सदश्यमा नियुक्त भएका थिए । यो हप्ता ट्वीटर र सेलफोर्स बीच थुप्रै चरणका नेगोसियसन भएको अनुमान गरिएको छ । सेलफोर्सका लागि भने यो खालको बजारमा नयाँ अनुभव हुने छ ।

फेसबुक

फेसबुक र ट्वीटर सोसल मिडिया बजारका मुख्य प्रतिश्पर्धी भएपनि एक अर्काका फरक विशेषताकै कारण दुबै टिकिरहेका छन् । फेसबुकले ट्वीटरका थुप्रै फिचर्स आफ्नोमा प्रयोग गर्न खोजे पनि प्रयोगकर्ता भने लोभिन सकेनन् । सोसल मिडियाको बजार राम्रो चिनेको फेसबुकले पनि ट्वीटर खरिदमा चासो राखेको छ ।

माइक्रोसफ्ट

सोसल मिडिया बजारमा माइक्रोसफ्टको खासै अनुभव छैन । तर उसले यसै वर्ष अर्को लोकप्रिय प्लेटफर्म लिङ्कइन खरिद गरेर सोसल मिडिया बजारमा प्रवेश गरेको छ । ट्वीटरको सम्भावित खरिदकर्तामा माइक्रोसफ्टलाई पनि हेरिएको छ।

 


क्लिकमान्डु