अलेक्सा र्‍याङकिङको यस्तो छ खास कुरो



alexa

इन्टरनेट बजारमा प्रतिस्पर्धा बढ्दो छ । सर्च इन्जिनमा होस् कि वेब र्‍याङकिङमा, आफ्ना प्रतिश्पर्धीलाई कसरी पछि पार्ने वेबसाइट सञ्चालकहरू तछाड मछाडमा छन् । ‘अलेक्सा र्‍याङ्किङ’ नेपालमा कतिपयका लागि प्रतिस्पर्धा र प्रतिष्ठाको मापक बन्ने गरेको छ ।

के हो अलेक्सा र्‍याङकिङ ?

दुई अमेरिकी युवा उद्यमीले सन १९९६ मा सुरु गरेको अलेक्सा प्रोजेक्ट (अलेक्सा डट कम) लोकप्रिय बन्दै गएपछि प्रतिष्ठित कम्पनी अमेजनले सन १९९९ मा खरिद गर्यो । साइट र्‍याङ्किङ मात्र अलेक्साको सेवा होइन् तर सबैभन्दा बढि रुचाइएको विशेषता भने यही हो ।

अलेक्साले वेबसाइटहरूको लोकप्रियता तीन प्रकारले वर्गीकरण गर्छ । विश्वव्यापी, देश अनुसार र ‘क्याटेगोरी’ अनुसार अलेक्साले लोकप्रिय साइटहरूको सूचि बनाउँछ । आजकल कुन वेबसाइटको लोकप्रियता कति छ भनेर वेबसाइट सञ्चालक, व्यापार प्रवर्धक र अनुसन्धानकर्तालाई एउटा राम्रो ‘रिफ्रेन्स’को रूपमा अलेक्सा स्थापित भएको छ ।

नेपालमा सबैभन्दा बढि लोकप्रिय सामाजिक सञ्जाल र समाचारमुलक साइटहरू छन् । भारतमा अनलाइन सपिङ र वर्गीकृत विज्ञापनका साइट बढि प्रयोगमा आउँछन् । अमेरिकामा बैंकिङ वेबसाइटहरूको प्रयोग व्यापक छ । बजार र समाजको विश्लेषण गर्ने राम्रो तथ्याङ्क स्रोत बनेको छ अलेक्सा ।

भिजिटरको वास्तविक तथ्याङ्क

वेबसाइटसँगै इन्टरनेट ब्राउजरले भिजिटर ट्राक गर्ने स्क्रिप्ट वा सर्भरले रिसिभ गर्ने रिक्वेस्टको भरपर्दो संकलन बिना बेवसाइटका बास्तविक भिजिटर थाहा पाउन सकिन्न । तपाइको अनुमति बिना नै तपाईको वेबसाइटको तथ्याङ्क संकलन भइराखेको छ भने यो गोपनीयता र अन्य सुरक्षा संवेदनशीलता माथि हस्तक्षेप हो । यसलाई कानुनले पनि अनुमति दिँदैन ।

त्यसैले बुझ्नुपर्ने कुरा के छ भने तपाइको अनुमति बिना कुनै पनि दोस्रो वेबसाइट वा व्यक्तिले तपाईँको वेबपेजको वास्तविक भिजिटर वा लोकप्रियता के छ पत्ता लगाउन सक्दैन ।

तपाइको अनुमति बिना कुनै पनि दोस्रो वेबसाइट वा व्यक्तिले तपाईँको वेबपेजको वास्तविक भिजिटर वा लोकप्रियता के छ पत्ता लगाउन सक्दैन ।

अलेक्साले कसरी थाहा पाउँछ त ?

अलेक्साले बेबसाइटहरूको लोकप्रियता तय गर्न दुई ढंगले तथ्याक संकलन गर्दछ । एउटा अनुमानित (इस्टिमेटेड) अर्को प्रमाणित (भेरिफाइड) ।

स्टिमेटेड र्‌याङ्किङको तथ्याङ्क संकलन गर्न अलेक्साले वेबसाइटबाट अनुमति लिँदैन् । तर उसले इन्टरनेट प्रयोगकर्ताको ब्राउजरमा हुने टुलबार र पल्गइन्सहरूको सहायताले तथ्याङ्क संकलन गर्दछ । यसमा अलेक्साको आफ्नै टुलबार पनि छ ।

स्टिमेटेड र्‌याङ्किङ भनेको अनुसन्धानमा प्रयोग हुने स्याम्पलिङ जस्तो मात्रै हो । तर अलेक्सामा अधिकाशं वेबसाइट यसैका आधारमा तय हुन्छन् ।

इस्टिमेटेड र्‌याङ्किङ भनेको अनुसन्धानमा प्रयोग हुने स्याम्पलिङ जस्तो मात्रै हो । तर अलेक्सामा अधिकाशं वेबसाइट यसैका आधारमा तय हुन्छन् ।

भरिफाइड र्‍याङ्किङमा भने अलेक्साले वेबसाइट सञ्चालकको अनुमतिमा नै उसका वास्तविक भिजिटरको तथ्याङ्क सङ्कलन गर्दछ । उसले वेबसाटइमा प्रयोग गर्ने ‘ट्राकिङ कोड’ उपलब्ध गराउँछ र बास्तविक भिजिटरको सङ्ख्या लगायत अन्य तथ्याङ्क सङ्कलन गर्दछ । यसको लागि वेबसाइट सञ्चालकले अलेक्सालाई मासिक शुल्क बुझाउनु पर्ने हुन्छ ।

पैसा तिरेर र्‍याङ्किङ बढ्छ?

पैसा नतिरीकन अलेक्साले संकलन गर्ने तथ्याङ्कमा धेरै सिमितता छन् । टुलबार र प्लगइन्सले मात्र दिने तथ्याङ्कले सबै भिजिटर समेट्दैन् । त्यसैले पैसा तिरेर ट्याकिङ कोड वेबसाइटमा राखेपछि सित्तैको भन्दा र्‍याङ्किङमा ब्यापक सुधार आउँछ ।

अलेक्साले तीन तहका सुविधा सहित पैसा लिन्छ । तर, धेरै पैसा लिँदैमा र्‍याङ्किङ बढाउने होइन । आफ्ना भिजिटर संख्या, प्रतिश्पर्धी वेबसाइटका विवरण, सर्च इन्जिनसँग सम्बन्धित सुधारका सुझाब, साइट लोकप्रिय बनाउन के सुधार गर्न सकिन्छ जस्ता टिप्सहरू मुल्य अनुसार उपलब्ध हुन्छ्न् । धेरै पैसा तिरेर मात्र र्‍याङ्किङमा फड्को मारिदैन् ।

नेपालमा कुन वेबसाइटले अलेक्सालाई पैसा तिर्छन्?

alexa_1नेपालको अलेक्सा र्‍याङ्किङमा सबैभन्दा अगाडि रहेका अनलाइनखबर, नागरिकन्युज, रातोपाटी, अन्नपूर्णपोष्ट, न्युज२४नेपाल, इताजाखबर, मिडिया एनपी, नेपाली हेडलाइन्स, पुर्वेली न्युज, बिगुल न्युजले अलेक्सालाई पैसा तिरेर भेरिफाइड ट्याकिङ कोड् लिएका छन् ।

टप र्‍याङ्किङमै रहेका इकान्तिपुर, सेतोपाटी, उज्यालो अनलाइन, बिजमान्डु जस्ता साइटले भने पैसा तिर्दैनन् । यि साइटको र्‍याङ्किङ स्टिमेटेड मात्रै हो । धेरै भिजिटर हुने साइटको स्टिमेटेड भिजिटर पनि बास्तविकताको नजिक हुने दाबी अलेक्साले गरेको छ । जस्तो कि गुगल, फेसबुक जस्ता साइटले पैसा तिरेर टप लिस्टमा परेका होइनन् ।

पैसा तिर्न जरुरी छ?

अलेक्साले र्‍याङकिङ बाहेक पनि वेवसाइटमा प्राविधिक सुधारमा थुप्रै सुझाब दिन्छ । आफ्ना प्रतिस्पर्धाको विवरण दिएर तपाइलाई आफ्नो रणनीति बनाउन सघाउ पनि पुर्याउँछ । गुगल एनालाइटिक्स जस्ता ट्राकिङ प्लेटफर्मको विकल्पको रूपमा पनि प्रयोग गर्न सक्नुहुन्छ ।

तर, यी सुविधा पाउन अलेक्सा बाहेक सित्तैमा पाइने अरू विकल्प पनि काफी छन् ।


क्लिकमान्डु