एन्ड्रोइडका ५ विशेषता जुन आइफोनमा छैनन्



androidvsiphone

आइफोन अधिकाशं एन्डोइड फोनहरुभन्दा महंगो छ । महंगो हुँदैमा सबै फिचर्स राम्रा नै छन् भन्ने होइन् । एन्ड्रोइड फोनका कतिपय सुविधा भने आइफोन भन्दा अब्बल छन् । यस्ता छन् आइफोन भन्दा एन्ड्रोइडका ५ राम्रा विशेषता ।

१. वेबमार्फत एप्स इन्स्टल

एन्ड्रोइड डिभाइसका प्रयोगकर्ताले आफुलाई मनपरेको एप्स मोबाइलमा नगइकनै वेबबाट सिधै छनोट र इन्टल गर्न सक्छन् । त्यसकालागि प्रयोगकर्ताले एप्स छनोटका दौरान आफ्नो डिभाइसमा भएको गुगल एकाउन्ट भने लगइन गरेको हुनुपर्छ । यतिमात्रै नभई वेब एप्स इन्स्टलेसनमा प्रयोगकर्ताले आफुसंग भएका छुट्टाछुट्टै डिभाइसमध्ये आफुले चाहेकोलाइ रोज्ने समेतको व्यवस्था छ । उता आइओएसमा रहेको आइक्लाउडले प्रयोगकर्ताको कन्ट्याक, फोटो, भिडियो आदिलाई आइक्लाउडको अकाउन्ट साइनइन गरेका सबै डिभाइसमा सिन्क्रोनाइज्ड गर्छ । तर एप्स इन्टल गर्न भने मिल्दैन् ।

२. ब्याट्री सेभर

एन्ड्रोइड डिभाइसका प्रयोगकर्ताका लागि सामान्य लाग्ने ब्याट्री सेभर आइओएस डिभाइसमा नभएको भने हैन । तर ती त्यति स्मार्ट भने नभएको म्यानुअल ब्याट्री सेभर जस्ता सामान्य फिचरले गर्ने गरेको छ । एन्ड्रोइड डिभाइसमा स्वचालित रुपमा रहने ब्याट्री सेभर मोडले डिभाइसमा चार्ज घट्ने बित्तिकै १५ वा ५ प्रतिशतमा झरेपछि आफै पावर सेभर मोडमा जान्छ जसले अतिरिक्त ब्याट्रीको खपत कम गर्दै स्मार्टफोनलाइ फिचरफोनमा सिमित गरिदिन्छ तथापी तपाइँलाइ नेटवर्कसंग भने जोडीरहेकै हुन्छ ।

३. डु नट डिस्टर्ब

आइओएसमा रहेको डुनट डिस्टर्ब केवल एकपटक प्रयोग गर्न मिल्छ जस्तो कि बेलुका देखि बिहान सम्म तर एन्ड्रोइड डिभाइसमा रहेको डु नट डिस्टर्बले प्रयोगकर्तालाइ पटक पटक डीएनडी मोडको व्यवस्था गरेको छ । कार्यालयमा रहदाँ केहि जरुरि भेटघाटमा रहदा वा कक्षाकोठामा रहदाँ टेम्पोररी डीएनडी मोडको प्रयोग गर्न सकिन्छ । एन्ड्रोइड डिभाइसको डिएनडीमा आफुले मिस गर्न नहुने व्यक्तिहरुका फोन वा मेसेजहरुलाई भने आउने बनाउन सकिने छ । यसमा रहेको व्हाइट लिस्टले आफुलाई आवस्यक पर्ने केहि नम्बरहरुलाई भने डीएनडी मोड बाहिर राख्न मिल्ने छ ।

४. एप्सको क्यास क्लियर

एप स्टोरबाट डाउनलोड र इन्स्टल गर्दा एन्ड्रोइडमा होस् वा आइओएस अपरेटिङ सिस्टममा होस् फेसबुक एप्सको साइज डिभाइस हेरी हेरी ५० देखि ९० एमबि सम्मका हुन्छन् र यता आइओएसमा २८२ एमबि देखिन्छ तर डिभाइसमा इन्स्टल गरेपश्चात एप्सले ओघट्ने स्पेस ३०० एमबी भन्दा माथि एन्ड्रोइडमा र ४०० एमबीमाथि आइओएसमा हुन जान्छ जुन लो स्टोरेज स्पेस भएका डिभाइसलाइ हैरानीको कारक बन्छन् । एप्सको साइजभन्दा बढी स्पेस ओघटने कारण एप्सले प्रयोग गर्ने क्यास मेमोरीले हो । एन्ड्रोइडमा आफुलाई आवस्यक नपरेको वा कम प्रयोग गरिने एप्सको क्यास क्लियरको सुबिधा हुन्छ जुन आइओ एस मा छैन । आइओएसमा क्यास क्लियर गर्नुपरे एप्सनै हटाएर पुन इन्स्टल गर्नुपर्ने झन्झट हुन्छ जुन एन्ड्रोइडले क्लिकमै गरिदिन्छ ।

५. क्लिएर एप्स

चलिरहेका एप्सलाई एकै पटकमा बन्द गर्न क्लिएर एप्स अत्यन्तै सहयोगी हुन्छ जुन आइफोनमा उपलब्ध छैन । एकाएक गर्दै सबै एप्स बन्द गर्नु निस्चयनै झन्झटिलो कुरा हो । एन्ड्रोइड अपरेटिङ सिस्टममा रहेको क्लिएर अल एप्सले एकैपटकमा सबै एप्स बन्द गरिदिन्छ जसले ब्याकग्राउण्डमा हुने ब्याट्रीको खपत कम हुन जान्छ । अझ आजकल बजारमा उपलब्ध एमआइयुआइ जस्ता कस्टमाइज्ड एन्ड्रोइड अपरेटिङ सिस्टममा एप्स क्लियर गर्दा पनि छनोटको व्यवस्था हुन्छ जसले प्रयोगकर्ताले खेलिरहेको मोबाइल ग्याम वा सुनिरहेको म्युजिकलाइ लक गर्न मिल्छ र क्लियर अलले यी बाहेक एप्स मात्र बन्द गरिदिन्छ ।


क्लिकमान्डु