अस्थायीकोभन्दा कम तलब पाएको भन्दै निगमका स्थायी पाइलट

काठमाडौं । नेपाल वायुसेवा निगमका स्थायी पाइलटले अस्थायीकोभन्दा सेवा सुविधा कम भएको भन्दै हड्तालमा उत्रिएका छन्। पाइलटहरुको हड्तालका कारण आइतबारको दुवई र मुम्बइ उडानका यात्रु अलपत्र परेका छन् । पाइलटहरुले

व्यावसायिक च्याउखेती गर्दै लमजुङका स्कुले विद्यार्थीहरु

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका–६ स्थित सयपत्री आवासीय माध्यमिक विद्यालयका विद्यार्थीले व्यावसायिक रूपमा च्याउखेती सुरु गरेका छन् । पढ्दै, सीप सिक्दै र कमाउँदै कार्यक्रमअन्तर्गत विद्यार्थीले च्याउखेती सुरु गरेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटक घटे

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख्या गत वर्षको तुलनामा यस वर्ष घटेको छ । गत वर्ष साउनदेखि कात्तिकसम्म ७७ हजार तीन सय ५९ पर्यटकले निकुञ्ज भ्रमण गरेकामा

बन्दीपुरमा गुम्बा निर्माण

तनहुँ । बन्दीपुर गाउँपालिका–४ मा अवलोकेश्वर बौद्ध गुम्बा निर्माण गरिएको छ । स्थानीय गणेशबहादुर गुरुङको सक्रियतामा उक्त गुम्बा निर्माण गरिएको हो । गुम्बा बनाउन उनले १० लाख पाँच सय ६५

स्काइवाक र मनमोहक दृश्यावलोकनको गन्तव्य बन्दै ‘ह्याप्पि हिल्स’, हाललाई ५०% छुट

काठमाडौं । काठमाडौं र नुवाकोटको बीचमा रहेको मुड्खु भञ्ज्याङमा खुलेको ह्याप्पि हिल्स एडभेन्चर रिसोर्ट स्काइवाक र मनमोहक दृश्यहरु हेर्ने गन्तव्य बन्दै गएको छ । हालै सञ्चालनमा आएको यो रिसोर्ट मुड्खु

म्याग्दीमा करिब तीन हजार उद्योग

म्याग्दी । यस जिल्लामा करिब तीन हजार उद्योग सञ्चालनमा रहेका पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ । दशौँ उद्योग दिवस–२०८१ का अवसरमा आज पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले आयोजना गरेको

विमानस्थलका कर्मचारीलाई तलबकै ३६% पार्किङ शुल्क, वायुसेवाको सवारीले तिर्नुपर्ने शुल्क उच्च

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले कर्मचारीसँग मासिक तलबकै ३६ प्रतिशतसम्म पार्किङ शुल्क असुल गर्ने गरी ठेकेदार कम्पनीलाई स्वीकृति दिएको पाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशमा हरेक सवारी साधनले चर्को

‘ड्रागन फ्रुट’ बेचेर वार्षिक १५ लाख आर्जन

चौतारा । साँगाचोकगढी नगरपालिका–१४ डडुवाका किसान ओमबहादुर बस्नेत आफूले सुरु गरेको ‘ड्रागन फ्रुट’ खेतीबाट मनग्य आम्दानी भएपछि खेती विस्तारको योजना बनाएका छन् । ६ रोपनीमा लगानी गरेर खेती सुरु गरेका

७ अर्ब ४० करोड लागतको पोखरा-मुग्लिन सडक निर्माण कछुवा गतिमा

गण्डकी । पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म जम्मा ३२ प्रतिशत भौतिक प्रगति भएको छ । पछिल्लोपटक थपिएको एक सय एक दिनको ठेक्का म्याद मङ्सिर २० गते समाप्त हुँदैछ

आजदेखि धरहरा प्रवेश गर्न, चढ्न र फोटो-भिडियो खिच्न कति शुल्क तिर्नुपर्छ ?

काठमाडौं । ऐतिहासिक धरोहर धरहरा चढ्न आज आइतबारदेखि शुल्क तिर्नुपर्ने भएको छ । धरहरा चढ्न आउनेहरुको सवारीसाधन पार्किङको पनि आजदेखि शुल्क लाग्ने भएको छ । सरकारले आजदेखि धरहरा चढ्दा टिकटको