एक वर्षमा बिनोद चौधरीको सम्पत्ति २२ अर्ब रुपैयाँले बढ्यो



काठमाडौं । नेपालका एकमात्र डलर अर्बपति बिनोद चौधरीको सम्पत्ति एकवर्षमा २० करोड अमेरिकी डलरले बढेको छ ।

अर्बपतिको सूचि प्रकाशित गर्ने फोब्र्स म्यागेजिनले सार्वजनिक गरेको सूचि अनुसार २०१८ को तुलनामा २०१९ मा चौधरीको सम्पत्ति २० करोड अमेरिकी डलर( २२ अर्ब ४० करोड नेपाली रुपैयाँ)ले बढेको हो ।

सन् २०१८ मा चौधरीको सम्पत्ति १ अर्ब ५० करोड अमेरिकी डलरको रहेको थियो । सन् २०१३ मा फोब्र्सको अर्बपतिको सूचिमा परेका चौधरीको एक वर्ष बाहेक हरेक वर्ष सम्पत्ति बढ्दै गएको छ ।

बिनोद चौधरीसँग सिजी फुड र त्यस अन्तर्गत लोकप्रिय चाउचाउ वाइवाई रहेको छ ।जसको उत्पादन नेपाल बाहेक भारत,सर्विया,साउदी अरब र बंगलादेशबाट हुन्छ । सिजीले २९ वटा आफ्नो स्वामित्वमा ७० वटा व्यवस्थापन हेर्ने लक्जरी होट रहेका छन् । नबिल बैंकमा बहुमत सेयर रहेका छ ।

बिनोदको व्यवसाय अगाडि बढाउन उनका छोरा निर्वाण, राहुल र वरुणले सहयोग गर्ने फोब्र्सले उल्लेख गरेको छ ।

फोब्र्सका अनुसार चौधरी विश्वमा १३४९ औ धनी व्यक्तिमा पर्छन् । २०६४ सालमा नेकपा एमालेबाट संविधानसभा सभासद् भएका चौधरी अहिले नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा समानुपातिक अन्तर्गत सांसद् रहेका छन् ।


क्लिकमान्डु