भारतमा ३० बैंकका १० लाख कर्मचारी हड्तालमा, लाखौं नागरिक प्रभावित



काठमाडौं । भारतका ३० बैंकका १० लाख बढी कर्मचारीले आज दिनभर काम नगरी हड्ताल गर्ने भएका छन् । त्यसमा २१ सरकारी बैंक र ९ निजी बैंकका कर्मचारी रहेका छन् । उनीहरुले सरकारले अगाडि सारेको बैंकको मर्जरको विरोध गरेका छन् भने ज्याला वृद्धिको समेत माग गरेका छन् ।

यूनाइटेड फोरम अफ बैंक यूनियनका कर्मचारीको आह्वानमा सो हड्तालको आयोजना गरिएको हो । हड्ताल गर्नेमा ५ आधिकारिक यूनियन रहेका छन् । नेशनल अर्गनाइजेशन अफ बैंकर्सका उपाध्यक्ष अश्विनी राणाले पूराना निजी बैंकका कर्मचारी समेत हड्तालमा उत्रिएका छन् ।

त्यसमा फेडरल कर्नाटककाका करुर वैश्य, धनलक्ष्मी, लक्ष्मीविलाश बैंकका कर्मचारी समेत सामेल भएका छन् । सरकारी बैंकको मर्जरको विरोध तथा ज्याला वृद्धिको माग राख्दै कर्मचारीले हड्ताल गर्ने निर्णय लिएका हुन् ।

सरकारले बैंक अफ बडौदा, देना बैंक र विजया बैंकको मर्जर गर्ने निर्णय गरेको छ । कर्मचारी संघले त्यसको विरोध गरेका छन् । भारतीय बैंक एशोसिइसनले ८ प्रतिशत ज्याला वृद्धिको प्रस्ताव गरेको छ । तर कर्मचारी यूनियनले त्यसमा सहमति जनाएका छैन ।

नेशनल अर्गनाइजेशन आफ बैंकका कर्मचारीले बैंक आम नागरिकको पनि शेयर रहेको छ । त्यसकारण सरकारले कुनै निर्णय तत्काल लिन सक्दैन । उनीहरुले भनेका छन् हाम्रो माग सबैको सल्लाहबाट मात्रै सम्बोधन होओस् भन्ने हो । ज्याला वृद्धिको बारेमा जुन तर्क भारतीय बैंक एशोसिएसनले दिएको छ त्यो तर्क हामीलाई मन्जुर छैन ।

कर्मचारी यूनियनले बैंकको नाफा कम हुनुको जिम्मेवार भारत सरकार र उसको नीति रेहेको बताएको छ । कर्मचारी ज्म्मिेवार। छैनन् सरकारले नै गलत निर्णय गरेका कारण त्यस्तो अवस्था आएको हो । हामीलाई उचित ज्याला दिइएको छैन, बैंक घाटामा गएको देखाइएको छ, त्यो हामीलाई स्वीकार्य छैन, उनीहरुले भनेका छन् ।

कर्मचारी यूनियनले एक हप्ता भन्दा कम समयमा नै दोस्रो हड्ताल गरेका हुन् । अल इन्डिया बैंक अफिर्सस कन्फेडेरेशनमा जोडिएका कर्मचारीले गत शुक्रबार पनि हड्ताल गरेका थिए ।

शनिबार, आइतबारको सार्वजनिक विदा परेको थियो । सोमबार बैंक खुलेका थिए । मंगलबार पुनः क्रिसमसको विदा भएका कारण बैंक पुनः बन्द भएको थियो । पछिल्लो ५ दिनमा १ दिन मात्रै बैंक खुलेको थियो । बैंक बन्द हुँदा लाखौं नागरिक सेवा लिनबाट बञ्चित भएका छन् ।

नेपालमा पनि बैंक तथा वित्तीय संस्थाले न्यून तलबमा बैंकका कर्मचारीलाई काममा लगाउने गरेको पाइएको छ । त्यसकारण भारतमा जस्तै नेपालमा पनि कुनै न कुने बेला बैंक तथा वित्तीय संस्थामा विस्फोटक अवस्था आउन सक्छ ।


पुष्प दुलाल