नेप्से परिसूचक बृद्धि एकदिन पनि टिकेन, ६.४५ अंकले नेप्से परिसूचक घट्दा करिब ८० करोडको कारोबार



काठमाडौं । मुद्रा र पुँजी बजार सुधार गर्नको लागि सरकारी कार्यदलले सकारात्मक सुझाव दिएसँगै आइतबार उच्च अंकले बढेको सेयर बजार अर्को नै ओरालो लागेको छ ।

आइतबार ३२ अंकले बढेको नेप्से परिसूचक सोमबार ६.४५ अंकले घटेको छ ।
बीमा समुह ६८.२८ अंकले बढेपनि सेयर बजार बढाउन भने सकेन । आइतबारको तुलनामा सोमबार कारोबार रकम समेत घटेको छ ।

आइतबार ८७ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ७९ करोड ८७ लाख रुपैयाँको कारोबार भएको छ ।

सोमबार नेप्सेमा १६८ कम्पनीको सेयर किनबेच भएको छ । सबैभन्दा बढी एनएमबि बैंकको ९ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

लगानीकर्ताहरु आइतबार एकैपटक ३२ अंकले बढेपनि सेयर बजार बढ्नेमा अझै विस्वस्त हुन नसकेको बताउँछन् । सुधारका प्रयास भएपनि अझै लगानीकर्ता आश्वस्त हुन सकेका छैनन् ।

जसले गर्दा सोमबार परिसूचक बढ्न सकेन । सोमबार परिसूचक बढ्ने र घट्ने खालको देखिएको छ ।


क्लिकमान्डु