स्टिभ जब्सलाई कसरी आयो आईफोनको आडिया, किन सुरक्षित मानिन्छ ?



स्टिभ जब्सलाई कहाँबाट आयो आईफोन बनाउने आइडिया ? सुरुमा उनलाई कसले के सल्ला दिएका थिए ? पहिलो आईफोन कसरी बन्यो ? फर्स्ट लन्च गर्दा हाँसोको विषय बनाइएको आईफोन कसरी सबैभन्दा सफल बन्यो ? यस्तै रोचक प्रसंग र जानकारी

एजेन्सी । अन्तर्राष्ट्रिय प्रविधि कम्पनी एप्पलले हालै आईफोन १६ को सिरिज सार्वजनिक गर्‍यो । आईफोन १६ सिरिजको समाचारलाई विश्वभरबाट निकै उत्सुकतासाथ हेरियो । त्यसो त आईफोन १६ सिरिजमा प्रयोगकर्ताको रुचीलाई ध्यान राख्दै केही उल्लेखनीय गरिएको छ ।

यही सेप्टेम्बर ९ मा एप्पल कम्पनीले आईफोन १६, आईफोन १६ प्लस, १६ प्रो र १६ प्रो म्याक्स एकैसाथ सार्वनिक गरिएको हो । यससँगै आईफोनको नयाँ सिरिज खरिदका लागि फेरि विश्वभरबाट तीब्र माग भइरहेको छ । यतिसम्म कि कतिपय विपन्न देशहरुमा पनि तीब्र रुपमा आईफोनको माग हुने गरेको छ ।

प्रविधिको विकासमा एउटा महत्त्वपूर्ण फड्को मारेको एप्पलले तयार पारेको आईफोन आखिर किन र कसरी सबैभन्दा सुरक्षित मानिन्छ ? र विश्वभर किन यति धेरै लोकप्रिय छ आईफोन ? २००७ देखि प्रयोगमा आएको आईफोनको सफलताको कथा भने रोचक र रहस्यमय छ ।

कसरी बन्यो पहिलो आईफोन ?

१९७६ मा स्टिभ जब्ससँगै उनका बिजनेस पार्टनर स्टिभ ओज्नियाक र रोनल्ड भेनले अेरिकामा संयुक्त रुपमा एप्पल कम्पनी स्थापना गरेका थिए । त्यसको ४ वर्षपछि १९८० मा एप्पल १ अर्ब ८० करोड डलरको मार्केट भ्यालुसहित स्टक मार्केटमा प्रवेश गर्‍यो ।

सोही वर्षको नोभेम्बरमा स्टिभ ओज्नियाक र स्टिभ जब्सले ओरिजिनल एप्पल कम्प्युटरलाई अमेरिकामा ४ लाख अमेरिकी डलरमा बेचे । आईफोनको आइडिया कसरी कहाँबाट आयो भन्ने पृष्ठभूमिबारे जानकारी लिनुअघि एक व्यक्तिको नाम बिर्सनु हुँदैन । ती हुन् टोनी फेडेल । टोनीलाई आईपडको गडफादर पनि भनिन्छ । टोनीले आईफोनक आइडिया कसरी आयो भन्ने विषयमा यसअघि नै सञ्चारमाध्यमहरुलाई सुनाइसकेका छन् ।

उनै टोनीले नै आईपडलाई अझै अब्बल बनाउन भन्दै सुझाव दिँदा त्यसले आईफोनको रुप लिएको थियो । टोनीले भने अनुसार पहिलो आईफोनको प्रोटोटाइप आफूले गुमाएका थिए ।

उनी हवाई यात्रामा रहेको बेला जब उनी विमानबाट उत्रिएर खल्तीमा हात राखे त्यसबेला उनको प्रोटोटाइप गायब भइसकेको थियो । र टोनीले सोच्न थाले कि स्टिभ जब्सलाई अब के जवाफ दिने भनेर । तर त्यतिन्जेलसम्म कसलाई थाहा थिएन कि यो आईफोन यति धेरै महत्त्वपूर्ण उत्पादन हो भनेर ।

टोनीका अनुसार विमानको दुई सिटको बीचमा उक्त प्रोटोटइप खसेको रहेछ । जहाँ टोन आफैं बसेका थिए । त्यो समय यस्तो थियो कि, जतिबेला माइक्रोसफ्ट जस्ता कम्पनीहरुले पर्सनल कम्प्युटरलाई फोनमा समाहित गर्ने कोसिस गरिरहेका थिए । एप्पलको प्रयास भने अर्कै थियो, आईपडमा नयाँ सुविधा र फिचर थपेर फोनको आकार दिनु । त्यसबेला एप्पल एक म्याकिनटस कम्प्युटरमा काम गरिरहेको थियो । र त्यसबेला कम्प्युटरको आकार पिङपङको टेबल जत्रै थियो ।

स्टिभ जब्सले भने टोनीलाई यसलाई टच स्कृनमा लैजानु पर्ने भनेका थिए । तर यसका लागि सयौंको प्रयास आवश्यक थियो । अन्तत:त्यो सफल पनि भयो । एप्पलसँग क्षमतावान कामदारहरु थिए । तर फोन बनाउने सीप भएका मानिसहरु भने थिएनन् । यसैले पनि टोनीले अब्बल एक्सपर्टहरुलाई भेट्न थाले।

तर स्विडेनको एक रेस्टुरन्टमा जब उनी अन्य समूहका साथीहरुसँग रात्रिभोज गरेर फर्किँदै गर्दा उनको सबै सामान गायब भइसकेको थियो । टोनी यसलाई कुनै प्रतिद्धन्द्धी कम्पनीले गराएको बताउँछन् ।

त्यस्तैमा स्टिभ जब्स फोनमा टच स्कृन राख्नुपर्ने भन्थे । बाँकी साथीहरु त्यसको विरुद्धमा थिए । फोनमा किबोर्ड राख्ने कि नराख्ने भन्ने विषयमा पनि समूहमा तनाब सुरु भयो । केही मत्त्वपूर्ण विषयलाई लिएर समूहमा यति धेरै तनाब भयो कि जो स्कृनटचको विरुद्धमा छ उसले समूह छोडेर जानसक्ने भन्दै स्टिभ जब्सले चेतावनी समेत दिएका थिए । यससँगै फोनको स्टाइललाई लिएर पनि समूहमा मतभेद थियो ।

२००७ मा सन फ्रान्सिस्कोमा भएको वार्षिक म्याकवर्ल्ड एक्सपोमा एप्पलका मालिक स्टिभ जब्सले जब पहिलो आईफोन लन्च गरे त्यतिबेला धेरैले उनलाई हाँसोको पात्र बनाइरहेका थिए । आज त्यही कम्पनी विश्वको सबैभन्दा सफल सूचीमा पर्‍यो । सबैभन्दा धनी कम्पनी बन्यो । यस्तै आईफोन प्रयोगकर्ताको संख्या तीब्र रुपमा बढिरहेको छ ।

यद्यपि एप्पलको पहिलो आईफोनमा टचस्क्रिन, वाडस्क्रिन आईपड, मोबाइल फोन र इन्टरनेट ब्राउजर जस्ता सुविधा समेटिएको थियो । लन्चिङको समयमा स्टिभ जब्सले भनेका थिए, ‘म पछिल्लो साढे २ वर्षदेखि यस दिनको प्रतिक्षा गरिरहेको थिएँ ।’

पहिलो आईफोनको मूल्य भने त्यसबेला ३९ हजार ९ सय अमेरिकी डलर राखिएको थियो । र त्यसमा १६ जिबी मेमोरी, ३.५ इन्चको टचस्क्रिन र २ मेगापिक्सलको क्यामेरा जस्ता फिचर राखिएको थियो ।

स्टिभ जब्सलाई आईफोन बनाउने बिचार कहाँबाट आयो ?

२०१० मा एक कन्फ्रेन्समा दिएको अन्तर्वार्तामा स्टिभ जब्सले आफू त्यसबेला एक ट्याबलेट बनाउने योजनामा काम गरिरहेको बताएका थिए । उनलाई एउटा बिचार आइरहेको थियो कि किबोर्डबाट कसरी छुटकारा पाउने भनेर । कुनै मल्टिटच ग्लास डिस्प्लेमा कसरी टाइप गर्ने भन्ने लागिरहेको थियो । यसका लागि उनले आफ्नो टिमसँग सोधे । के मल्टिटच डिस्प्ले बनाउन सकिन्छ भनेर उनले सोधे । जसले हातलाई टाइपिङ गर्नबाट सुविधा दिने अपेक्षा थियो ।

स्टिभ जब्सले अन्तरवार्तामा भने अनुसार उनको समूहले ६ महिनापछि उनलाई एक प्रोटोटाइप डिस्प्ले देखाए । र स्टिभले त्यसलाई आफ्नो क्षमतावान साथीलाई देखाए । त्यसको केही हप्तापछि साथीसँग स्टिभको सल्लाह भयो र उनीहरुले बिचार गरे ट्याबलेटको सट्टा आईफोन बनाउन सकिन्छ । यसबारे स्टिभ जब्सले आफ्नो जीवनकालमा अन्तरवार्तामा भनेका थिए । उनका अनुसार त्यसपछि नै ट्याबलेट प्रोजेक्ट गर्ने कुरा पन्छाएर आईफोनको योजना अगाडि सारे । अन्तत:त्यसको केही वर्षमै सटिभ जब्स आईफोन सार्वजनिक गर्न सफल भए ।

किन सुरक्षित मानिन्छ आईफोन ?

स्मार्टफोनको दुनियाँमा आईफोनलाई सबैभन्दा सुरक्षित मानिन्छ । यसका केही कारण पनि छन् । कम्पनीको आधिकारिक वेबाइटमा उल्लेख भए अनुसार ईफोनमा सेक्युरिटी चेक जस्ता फिचर समावेश छन् । जसले प्रयोगकर्ताको निजी सूचना सेयर हुनबाट रोक्छ।

जवकि यो फिचर आईफोनको अपरेटिङ सिस्टम आईओएस १६ वा त्यसपछिका सिरिजमा चल्ने आईफोनमा नै उपलब्ध छ । सेक्युरिटी चेकको माध्यमबाट निजी सूचना सेयर गर्नबाट रोक्ने किसिमका केही अन्य एपहरु पनि आईफोनमा राखिएको हुन्छ ।

सेक्युरिटी चेक फिचरको प्रयोग गर्नका लागि प्रयोगकर्तासँग एप्पल आईडी भने हुनुपर्छ । जसले टु फ्याक्टर अथेन्टिफिकेसनको प्रयोग गर्छ । यस्तै आईफोन चोरी हुन वा हराउनबाट बचाउने पनि फिचर राखिएको हुन्छ । जसले प्रयोगकर्तालाई आफ्ना गोप्य सूचना लुकाइराख्न सक्ने सुविधा दिन्छ ।

यसवाहेक मोबाइलमा ह्याकिङ भाइरस वा साइबर आक्रमण रोक्ने सुरक्षा संयन्त्र पनि समावेश गरिएको हुन्छ । जसले आईफोनलाई सुरक्षित बनाउन मद्दत पुर्‍याएको हुन्छ ।

एप्पलले हालसम्म जम्मा २५ किसिमका आईफोन मोडेल वा सिरिज लन्च गरिसकेको छ

२००७ मा पहिलो आईफोन
२००८ मा आईफोन ३ जी
२०९ मा आईफोन ३ जीएस
२०१० मा आईफोन ४
२०११ मा आईफोन ४एस
२०१२ मा आईफोन ५
२०१३ मा आईफोन ५ एस
२०१३ मा आईफोन ५सी
२०१४ मा आईफोन ६ र ६ प्लस
२०१५ मा आईफोन ६ एस र ६ एसप्लस
२०१६ मा आईफोन एसई
२०१६ मा आईफोन ७ र ७ प्लस
२०१७ मा आईफोन ८ र ८ प्लस
२०१७ मा आईफोन एक्स
२०१८ मा आईफोन एक्स एस र एक्स एस म्याक्स
२०१९ मा आईफोन एक्स आर
२०१९ मा आईफोन ११ सिरिज
२०२० मा आईफोन एसई
२०२० मा आईफोन १२ मिनी
२०२० मा आईफोन १२ सिरिज
२०२१ मा आईफोन १३ सिरिज
२०२२ मा आईफोन एसई थर्ड जेन
२०२२ मा आईफोन १४ सिरिज
२०२३ मा आईफोन १५ सिरिज
२०२४ मा आईफोन १६ सिरिज

-बीबीसीबाट


क्लिकमान्डु