मधेश प्रदेशका मुख्यमन्त्री सिंहसहित मन्त्रीहरुले लिए शपथ



जनकपुर । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले शपथ लिएका छन् । सिंह जनमत पार्टीबाट प्रदेशसभा सदस्य हुन् । शुक्रबार जनकपुरमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नवनियुक्त मुख्यमन्त्री सिंहलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्।

सिंहसँगै नवनियुक्त मन्त्रीहरूले पनि शपथ ग्रहण गरेका छन् । अर्थमन्त्रीमा भरतप्रसाद शाह, उद्योग, वाणिज्य र पर्यटनमन्त्रीमा युवराज भट्टराई, भौतिक पूर्वाधार विकासमन्त्रीमा सरोजकुमार यादव, भूमि व्यवस्थामन्त्रीमा गोविन्दबहादुर न्यौपाने, शिक्षामन्त्रीमा राजकुमार लेखीले शपथ लिएका हुन् ।

त्यस्तै, स्वास्थ्यमन्त्रीमा शत्रुघनप्रसाद सिंह, ऊर्जामन्त्रीमा बेची लुङ्गेली, खेलकुदमन्त्रीमा प्रमोदकुमार जयसवालले शपथ लिएका छन् भने गृह, सञ्चार तथा कानुनमन्त्रीमा विमला अंसारी, श्रम तथा यातायातमन्त्रीमा उर्मिला चौधरीले शपथ लिएका छन् । वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्रीले नै सम्हाल्ने छन् ।

मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेशसभामा विश्वासको मत गुमाएपछि जनमत पार्टीका सांसद सिंह मुख्यमन्त्री नियुक्त भएका हुन् ।


क्लिकमान्डु