गिरीबन्धु टि इस्टेट प्रकरणमा छानबिन आयोग बन्नुपर्छः कांग्रेस सांसद केसी



काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले गिरीबन्धु टि इस्टेट प्रकरणमा छानबिन आयोग गठनक माग गरेका छन्।

बिहीबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गिरीबन्धु टि इस्टेट प्रकरणमा छानबिन आयोग बन्नुपर्ने कांग्रेसको चाहना रहेको बताए । उनले गिरीबन्धु टि इस्टेटबारे सबै कुरा बाहिर आउनुपर्ने बताए । उनले गिरी टि इस्टेटको सत्यता बाहिर ल्याउनुपर्नेमा कांग्रेस स्पष्ट रहेको उनको भनाइ छ ।

‘गिरीबन्धु टि इस्टेटमा ३४४ रोपनी जग्गामा जुन किसिमले त्यसको कुरा आयो । त्यसको सत्यता बाहिर आउनुपर्छ भन्नेमा नेपाली कांग्रेस स्पष्ट छ । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले ५१ बिगाह र १९ बिगाह कांग्रेसले नै बेचेको हो भन्नुभएको छ । त्यो सम्बन्धमा क्लियर हुनुपर्छ । यसमा छानबिन आयोग बन्नुपर्छ भन्ने नेपाली काँग्रेसको चाहना छ,’ उनले भने ।

उनले नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले ५१ र १९ बिगाह गिरीबन्धु टि इस्टेटको जग्गा कांग्रेसले बेचेको आरोप लगाउनुभएको बारेमा पनि स्पष्ट हुन छानबिन आयोग बन्नुपर्ने बताए ।


क्लिकमान्डु