महानगरसँग सरकारले अहंकार र झगडिया कानुन बोक्यो, समन्वय गरोस्: कांग्रेस सांसद



काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले काठमाडौं महानगरपालिकासँग सरकारलाई समन्वय गर्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै केसीले महानगरसँग समन्वय गरेर अघि बढ्नु सरकारको दायित्व भएको बताए ।

सरकारी पक्षले अहंकार र झगडिया कानून बोकेको उनको आरोप छ ।

‘काठमाडौं महानगरपालिका र सरकारबीच देखिएको द्वन्द्व र भत्काउने बनाउने गाईजात्राले सरकारमाथि नै गम्भीर प्रश्न उठेको छ । तत्काल समन्वय होस् सरकारी पक्षले अहङ्कार , झगडिया कानून नबोकोस्, यसलाई समन्वय गर्नुपर्ने सरकारको दायित्व छ त्यसलाई पूरा गरोस्’ केसीले भने ।


क्लिकमान्डु