नेपाली क्रिकेट टोलीलाई चिनियाँ राजदूतले दिए सफलताको शुभकामना



काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चेन सङले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना दिएका छन् ।

राजदूत सङले भिडियो सन्देश जारी गर्दै टी-२० विश्वकप क्रिकेटमा सफलताको शुभकामना व्यक्त गरेका हुन् ।

नेपाली टोलीले आज राति अमेरिकामा विश्वकपको पहिले खेल खेल्दै छ । नेदरल्याण्ड्ससँगको खेल नेपाली समय अनुसार सवा ९ बजे सुरु हुने छ ।


क्लिकमान्डु