बालेनले संयमता गुमाए: एमाले



काठमाडौं । नकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौंका मेयर बालेन्द्र शाहले संयमता गुमाउँदै गएको बताएका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै सचिव भट्टराईले मेयर शाहलाई महानगरमा निर्वाचित हुनासाथ एमाले अध्यक्ष केपी शर्मा ओलीले तबला उपहार दिएको स्मरण गराए ।

बालेनलाई ड्रमसेट नदिएर तबला उपहार दिनुको कारण करुणा,प्रेम,सद्भाव र संयमता कायम गर्न भएको भए पनि बालेनले संयमता गुमाउँदै गएको उनले बताए ।

शाहले तबेलाको धुनमा काम गर्नुपर्नेमा विपरित रुपमा अगाडि गएको उनको भनाइ छ ।

‘उहाँले निर्वाचन चितेर आउने बित्तिकै अध्यक्षले तबेला उपहार दिनुभएको थियो । तबेला किन उपहार दिनुभयो । किन ड्रमबजाउने उपहार दिनुभएन ? बोलेन्द्र शाहले संगितको ड्रम बजाएर नै आउनु भएको थियो । तर अध्यक्षले सोच विचार गरेर तबेला दिनुभयो,’ भट्टराईले संसदमा भने, ‘ मेयरलाई तबेलाको धुनमा काम गर्नुस् । तबेलाको अर्थ हो । कुरुणा,प्रेम,सदभाव र सम्यमता हो । तर काठमाडौं महानगरपालिका प्रमुखले सम्यमता गुमाउँदै जानु भएको छ ।’

भट्टराईले मेयर शाहलाई आफू काठमाडौं महानगरपालिकाको प्रमुख हुँ भन्ने नभुल्न चेतावनी दिए । संविधानले नै हरेक व्यक्तिको सीमा र अधिकार तोकेको उनले बताए ।

काठमाडौं महानगरपालिका र सडक विभागबीच मतभेदहरु उत्पन्नहरु हुँदा दोष एमाले र एमालेका अध्यक्षले बोक्नुपर्ने ? भन्दै भट्टराईले प्रश्न गरे ।

‘काठमाडौं महानगरपालिका र सडक विभागबीच मतभेदहरु उत्पन्नहरु भए । त्यसको दोष पनि एमाले र एमालेका अध्यक्षले बोक्नु पर्ने ?’ भट्टराईको प्रश्न थियो ।

काठमाडौं महानगर मुलुकको राजधानी भएकाले महानगरपालिका जनप्रतिनिधि नेपालको सभ्यताको प्रतिनिधित्व गर्ने बताउँदै भट्टराईले ऋषीमुनी र बुद्धले बनाएको सभ्यातामाथि मेयरले धावा बोल्न थालेको आरोप लगाए ।

२०५४ सालमा एमालले महानगरपालिकाको निर्वाचन जितेपछि काठमाडौंलाई सभ्य शहर बनाउने सफा शहर बनाउने र वैकल्पिक बाटोहरु खोल्नको निम्ति वागमती,विष्णुमति,मनोहरा करिडोर बनाएको उनले बताए ।

काठमाडौंको भूकम्पपछिको निर्माणमा उल्लेख्य भुमिका खेलेको उनले बताए ।

रानीपोखरी,कमलपोखरी,दरबार स्कुल,काठमाडौं दरबार स्क्वायर पुनर्निर्माण एमालेले गरेको भन्दै गकाठमाडौं महानगरका प्रमुखलाई सहयोग गर्न एमाले तयार रहेको बताए ।

योगेशले यसो भने

काठमाडौं महानगरपालिकाका प्रमुख बोलेन्द्र शाहलाई सम्मानका साथ भन्न चाहन्छु । उहाँ जननिर्वाचित हुनुभएको छ । उहाँले चुनाव जितेर आएपछि हामी पनि आशावादी भएका छौं । उहाँले निर्वाचन चितेर आउने बित्तिकै अध्यक्षले तबेला उपहार दिनुभएको थियो । तबेला किन उपहार दिनुभयो । किन ड्रमबजाउने उपहार दिनुभएन ? बोलेन्द्र शाहले संगितको ड्रम बजाएर नै आउनु भएको थियो । तर अध्यक्षले सोच विचार गरेर तबेला दिनुभयो ।

मेयरलाई तबेलाको धुनमा काम गर्नुस् । तबेलाको अर्थ हो । कुरुणा,प्रेम,सदभाव र सम्यमता हो । तर काठमाडौं महानगरपालिका प्रमुखले सम्यमता गुमाउँदै जानु भएको छ । काठमाडौं महानगर मुलुकको राजधानी हो । महानगरपालिका जनप्रतिनिधि काठमाडौंको सभ्यताको प्रतिनिधित्व गर्छ । नेपालको सभ्यताको प्रतिनिधित्व गर्छ । ऋषीमुनी र बुद्धले बनाएको सभ्यता छ । आज त्यो सभ्यातामाथि धावा बोलिदै छ ।

२०५४ सालमा एमालले २०५४ सालमा महानगरपालिकाको निर्वाचन जितेपछि काठमाडौंलाई सभ्य सहर बनाउने सफा सहर बनाउने र वैकल्पिक बाटोहरु खोल्नको निम्ति बागमती,विष्णुमति,मनोहरा करिडोर बनायौं । खुसीबु जग्गा पल्यानिङ,टाउनपल्यानिङ गरौं । नयाँ शहर बनाउने थालनी गरेका हौं । काठमाडौंका बाटा चौडा बनायौं । माइतीघरमण्डला,तीनकुने चौडा बनाउने कुरामा भुमिका खेल्यौं ।

विद्यासुन्दर शाक्य मेयर भएर आएपछि काठमाडौंको भुकम्पपछिको निर्माणमा उल्लेखिय भूमिका खेल्यौं ।

रानीपोखरी,कमलपोखरी,दरबार स्कुल,काठमाडौं दरबार स्वयेर पुनर्निर्माण गरौं । काठमाडौं महानगरका प्रमुखलाई सहयोग गर्न तयार छौं । मेयर बोलन जीलाई भन्न चाहन्छु पैसा कति चाहियो । सरकार दिन तयार छ । प्रधानमन्त्री,अर्थमन्त्रीलाई भनौला काठमाडौंलाई अझ सुन्दर बनाउन तपाईका योजना के छन् । आउनुस हामीसँगै काम गरौंला । तर उतेजना फैल्याएर,उश्रृखल गतिविधि गरेर होएन । तपाईमार्फत लाखौ युवाहरुले यो देशको भविष्य खाजेका हुन् ।

लाखौं युवाहरुले आफ्नो भविष्य,सपना तपाई मार्फत खोजेका हुन । पछिल्लो दिनमा तपाई जसरी जाँदै हुनुहुन्छ । ती युवाहरु माथिको सपनालाई र मुलुकलाई धोका दिँदै हुनुहुन्छ । यो हिसाबले अगाडि नबढ्न आग्रह गर्दछु । मेयरले नेताहरु जेल बसेको कुरालाई मज्जाकले उडाउनु भयो ।

हामीलाई दुख लागेको छ । केपी ओली,शेरबहादुर देउवा,पुष्पकमल दाहाल, माधव नेपाल,महन्त ठाकुर,अशोक राई,उपेन्द्र यादव लगायत अग्रभावमा हुनेहरु जेल बसेर यो व्यवस्था ल्याएका हुन । त्यस बापत काठमाडौं महानगरको मेयर तपाई हुनुभएको छ । ती नेताहरुको जेल बसाईलाई मज्जाक उडाउने । हामी भन्न चाहन्छौं । जो मान्छे जसले इतिहास माति गर्व गर्न सक्छ । यसरी तपाईले भण्डाफोर गर्ने हो भने आफ्नै आमा माथि तपाईले चिथोर्दै हुनुहुन्छ । तपाई आफ्नै आमाको अस्मिता माथि प्रश्न उठाउँदै हुनुहुन्छ । तपाई काठमाडौं महानगरपालिकाको मेयर हो भन्ने कुरा नभुल्नको लागि आग्रह गर्न चाहन्छु ।


क्लिकमान्डु