काठमाडौंमा वर्षा, केही घण्टा परेपछि पूर्व सर्ने



काठमाडौं । काठमाडौंमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंको पश्चिमी भू–भागबाट वर्षा सुरु भएको हो ।

पश्चिमी भू-भागबाट सुरु भएको वर्षा काठमाडौंको उत्तरपूर्वतर्फ सर्ने क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार अझै केही घण्टा काठमाडौंमा वर्षा हुनेछ । त्यसपछि विस्तारै पानी काभ्रे हुँदै पूर्वतर्फ अघि बढ्ने छ ।

बुटवल–चितवनबाट विकास भएको स्थानीय प्रणाली काठमाडौंसम्म आइपुगेको हो ।

डेढ/दुई घण्टाअगाडि बुटवल र चितवनमा विकास भएको स्थानीय वायुको प्रणाली सर्दै काठमाडौं आइपुगेको हो ।


क्लिकमान्डु