कागेश्वरी मनोहरामा नि:शुल्क आँखा शिविर



काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ मा नि:शुल्क आँखा शिविर तथा चस्मा वितरण कार्यक्रम आयोजना गरिएको छ ।

प्रगतिटोल विकास समिति र किवनिज क्लब अफ काठमाडौं सनसाइनको संयुक्त आयोजनामा एवं ख्वप तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोगमा शनिबार नि:शुल्क आँखा जाँच शिविर आयोजना भएको हो ।

कार्यक्रममा ४० वर्षभन्दा माथिका व्यक्तिहरु आँखा जाँच, औषधी तथा चस्मा वितरण आयोजना भएको निवर्तमान अध्यक्षय राजेन्द्र तिमल्सेनाले जानकारी दिए ।

शिविरमा ३०७ जनाको आखा जाँच सम्पन्न भएको उनले जानकारी दिए ।


क्लिकमान्डु