कांग्रेसको बिरोधबीच नीति तथा कार्यक्रममाथि छलफल



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको बिरोधका बीच प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाको बैठकमा आव २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गर्न प्रस्ताव गरेका छन् ।

आइतवारको प्रतिनिधि सभा बैठकमा कांग्रेसले वेल घेराउ गरी नारा जुलुस लगाइरहँदासमेत प्रधानमन्त्रीले आव २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गर्न गरेका हुन् ।

ष्ट्रपति रामचन्द्र पौडेलले २०८१ जेठ १ गते मंगलवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आव २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्रस्तुत गरे ।

प्रतिनिधि सभामा आव २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि एक घण्टाको समय छुट्याएर छलफल जारी छ । अहिले नेकपा एमालेको तर्फबाट उपाध्यक्ष एवं सांसद विष्णुप्रासद पौडेलले आ.व. २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि आफ्ना धारणा राखेका छन् ।


क्लिकमान्डु