नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा स्काभेटर अपरेटरको मृत्यु



चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलानजिक पहिरो खस्दा स्काभेटर मेसिन अपरेटरको मृत्यु भएको छ ।

नाला खन्ने क्रममा पुल निर्माण कम्पनी एएनकेको मेसिनमाथि पहिरो खसेर अपरेटरको मृत्यु भएको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ । मेसिनमाथि पहिरो खस्दा मेसिनमा समेत क्षति पुगेको छ ।

पहिरो खसेर मेसिनमै च्यापिएका अपरेटरलाई बाहिर निकालेर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको डिभिजन कार्यालयले जानकारी दिएको छ ।

घटनाको बारेमा बुझ्न नारायणगढ-मुग्लिन सडक आयोजनाका अधिकारीहरू घटनास्थलमा गइरहेको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।


क्लिकमान्डु