प्रतिनिधि सभा बैठक बस्दै, कांग्रेसले के गर्ला ?



काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।

सरकारले सदनमा पेस गरेको आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रममाथि छलफल गर्ने लगायत १४ वटा सम्भावित कार्यसूची रहेको छ । आजको बैठकमा सरकारले नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको छ ।

तर, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको माग गर्दै निरन्तर अवरोध गर्दै आएको छ ।

समिति बनाउने विषयमा दलहरुबीच सहमति भए पनि कार्यादेश टुंगिन सकेको छैन । कार्यादेश टुंग्याउने जिम्मा शीर्ष नेतालाई समितिले दिएको छ । आजै शीर्ष नेताहरुबीच बैठक बस्दै छ ।


क्लिकमान्डु