पार्टी विभाजनविरुद्ध सर्वोच्च अदालत पुगे उपेन्द्र यादव



काठमाडौं । सरकार छाडेसँगै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव सर्वोच्च अदालत पुगेका छन् ।

यादवले जनता समाजवादी पार्टी नेपाल विभाजन गरी गएका नेताहरुले गठन गरेको नयाँ पार्टी दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका हुन् ।

यादवले नयाँ दल दर्ता अवैधानिक रहेको भन्दै दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय बदर गर्न अन्तरिम आदेश माग गरेका छन् ।

रिटमा आयोगसँगै जनता समाजवादी पार्टीमा समाहित भएका ७ जना सांसदहरूलाई पनि यादवले विपक्षी बनाएका छन् ।


क्लिकमान्डु