बुर्तिबाङ पौदीअमराई तम्घास सन्धिखर्क गोरुसिंगे प्रसारण लाइनका लागि जग्गा प्राप्ति गरिँदै



काठमाडौं । नेपाल विद्युत प्राधिकरणको बुर्तिबांङ पौदीअमराई तम्घास सन्धिखर्क गोरुसिंगे प्रसारण लाइनका लागि जग्गा प्राप्तीको प्रक्रिया सुरु भएको छ ।
१३२ केभीको प्रसारण लाइन आयोजनाका लागि बागलुंङ जिल्लाका विभिन्न स्थानको जग्गा प्राप्ती गरिने भएको हो ।

जिल्ला प्रसासन कार्यालय बागलुंगले पुस ८ गते गरेको निर्णयअनुसार मुआब्जा निर्धारण गरि जग्गा प्राप्ती सुरु गरिएको प्रसासन कार्यालयले जनाएको छ । कार्यालयकाअनुसार आगामी १५ दिनभित्र सरोकारवाला व्यक्तिको घर टहरा भएमा सोको समेत मुआब्जा दाबी गर्न कार्यालयमा निवेदन दिन आग्रह गरिएको छ ।

प्रसारण लाइनका लागि गुल्मी जिल्लाको पौदी अमराईदेखि बागलुंङ जिल्लाको बुर्तिबांङसम्म बागलुंग जिल्लाको बुर्तिबांङ वडा नम्बर ४ र ५ तथा भिमगिठे वडा नम्बर १, २, ८ र ९ का जग्गाहरु प्राप्ती गर्न लागिएको कार्यालयले जनाएको छ ।


क्लिकमान्डु