सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढ्यो



काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको थियो । बिहीबार एक सय रुपैयाँले बढेर १ लाख १० हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार १५० रुपैयाँ कायम भएको छ ।

साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ कायम भएकोमा बिहीबार १३ सय ९५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु