असार मसान्तसम्म साढे २ खर्ब बढीको सहुलियतपूर्ण कर्जा स्वीकृत, कुन बैंकबाट कति ?



काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्म २ खर्ब ५९ अर्ब ५५ करोड ७९ लाख रूपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत भएको छ । असार मसान्तसम्म विभिन्न ५६ बैंक तथा वित्तीय संस्थाले १० शीर्षकमा १ लाख ४७ हजार ३९३ ऋणीको उक्त रकम बराबरको कर्जा स्वीकृत गरेका हुन् ।

राष्ट्र बैंकका अनु्सार अझै २ खर्ब १३ अर्ब ८८ करोड ९२ लाख रुपैयाँ कर्जा स्वीकृत गर्न बाँकी छ । स्वीकृत भएको कर्जामध्ये सबैभन्दा बढी ‘क’ वर्गका वाणिज्य बैंकको २ खर्ब २६ अर्ब ८१ करोड ९० लाख ६० हजार रुपैयाँ रहेको छ । वाणिज्य बैंकबाट स्वीकृत हुन बाँकी कर्जा १ खर्ब ८६ अर्ब २२ करोड ९६ लाख २ हजार रुपैयाँ रहेको छ । यस्तै विकास बैंकबाट २९ अर्ब ४३ करोड १ लाख ६३ हजार रुपैयाँको कर्जा स्वीकृत भएको छ भने स्वीकृत हुन बाँकी कर्जा २४ अर्ब ७२ करोड ८१ लाख ९५ हजार रुपैयाँ रहेको छ ।

फाइनान्स कम्पनीबाट असार मसान्तसम्म ३ अर्ब २० करोड ५९ लाख ९५ हजार रुपैयाँको कर्जा स्वीकृत भएको छ भने २ अर्ब ८५ करोड ११ लाख ८४ हजार रुपैयाँ स्वीकृत हुन बाँकी रहेको छ । यस्तै ‘घ’ वर्गका माइक्रोफाइनान्स कम्पनीले १० करोड २६ लाख ९० हजार रुपैयाँ कर्जा स्वीकृत गरेर ८ करोड २ लाख ९४ हजार रुपैयाँ कर्जा स्वीकृत गर्न बाँकी रहेको छ ।

बैंक तथा वित्तीय संस्थाले हाल व्यवसायिक कृषि तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्किएका युवा परियोवना, महिला उद्यमशील, दलित समुदाय व्यवसाय विकास, उच्च र प्राविधिक तथा व्यवसायीक शिक्षा, भूकम्प पीडितहरुको निजी आवास निर्माण, कपडा उद्योग सञ्चालन, प्राविधिक तथा व्यवसायिक तालिम परिषद्‍बाट मान्यताप्राप्त संस्थाबाट दिइने तालिम र युवा वर्ग स्वरोजगार कर्जा दिएका छन् ।

असार मसान्तसम्म सहुलियतपूर्ण कर्जा १ लाख ४७ हजार ३९३ ऋणीले लिएकोमा ‘क’ वर्गका वाणिज्य बैंकबाट १ लाख २५ हजार ७७१, ‘ख’ वर्गका विकास बैंकबाट १९ हजार ६२५, ‘ग’ वर्गका फाइनान्स कम्पनीबाट १ हजार ८९३ जना र ‘घ’ वर्गका वित्त कम्पनीबाट १०४ जनाले ऋण लिएका छन् ।

असार मसान्तसम्म सबैभन्दा बढी व्यवसायिक कृषि तथा पशुपन्छी शीर्षकमा १ खर्ब ६५ अर्ब ४३ करोड ४५ लाख ८ हजार रुपैयाँ कर्जा स्वीकृत भएको छ । जसमा धितोसहितको कर्जा १ खर्ब ६२ अर्ब ८ करोड ४६ लाख ७ हजार रुपैयाँ र विना धितो ३ अर्ब ३४ करोड ९९ लाख १ हजार रुपैयाँ रहेको छ । राष्ट्र बैंकका अनुसार १ खर्ब ३९ अर्ब २३ करोड ४० करोड ८३ लाख रुपैयाँ स्वीकृत गर्न बाँकी रहेको छ । जसमा धितो सहितको कर्जा १ खर्ब ३६ अर्ब ९० करोड ५८ लाख ९९ हजार र विना धितो २ अर्ब ३२ करोड ८१ लाख ८३ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै शिक्षित युवा स्वरोजगार कर्जा १० करोड ३० लाख ५७ हजार रुपैयाँ बराबरको स्वीकृत भएको छ । १५७ ऋणीको उक्त कर्जा स्वीकृत भएको हो । ७ करोड ६० लाख ७६ हजार रुपैयाँको कर्जा स्वीकृत हुन बाँकी रहेको छ ।

असार मसान्तसम्म ७७ करोड ७० लाख ७६ हजार रुपैयाँ विदेशबाट फर्केका युवा परियोजना कर्जा स्वीकृत भएको छ । ५६ करोड ४२ लाख ४५ हजार रुपैयाँ कर्जा स्वीकृत हुन बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै महिला उद्यमशील कर्जा शीर्षकमा ८ खर्ब ८९ अर्ब ८४ करोड ३० लाख रुपैयाँ स्वीकृत भएको छ भने स्वीकृत हुन बाँकी कर्जा ७ अर्ब ९९ करोड ६० लाख ६२ हजार रुपैयाँ रहेको छ ।

दलित समुदाय व्यवसाय विकास कर्जा ७६ करोड ७२ लाख ७ हजार रुपैयाँ स्वीकृत भएको छ भने ५८ करोड २३ लाख ४२ हजार रुपैयाँ कर्जा स्वीकृत हुन बाँकी रहेको छ ।

राष्ट्र बैंकका अनुसार ५ करोड ९२ हजार रुपैयाँ उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा स्वीकृत भएर ३ करोड ६५ लाख १७ हजार रुपैयाँ स्वीकृत हुन बाँकी रहेको छ ।

भूकम्प पीडितहरुको निजी आवास निर्माण गर्नका लागि ६ करोड ७ लाख ५१ हजार रुपैयाँ स्वीकृत हुँदा ३ करोड २३ लाख ४ हजार रुपैयाँ स्वीकृत हुन बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ ।

असार मसान्तसम्म कपडा उद्योग सञ्चालनका लागि भन्दै ३ अर्ब ३६ करोड ९९ लाख १९ हजार रुपैयाँ कर्जा स्वीकृत भएको छ भने २ अर्ब ३५ करोड ८५ लाख १२ हजार रुपैयाँ कर्जा स्वीकृत हुन बाँकी रहेको छ ।

प्राविधिक तथा व्यवसायिक तालिम परिषदबाट मान्यताप्राप्त संस्थाबाट दिइने तालिमका लागि ४ लाख रुपैयाँ कर्जा स्वीकृत हुँदा २ लाख ६१ हजार स्वीकृत हुन बाँकी रहेको छ । युवावर्ग स्वरोजगार कर्जाका लागि १ करोड ६ लाख रुपैयाँ स्वीकृत हुँदा ८८ लाख ७३ हजार रुपैयाँ स्वीकृत हुन बाँकी रहेको छ । असार मसान्तसम्म राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि १६ अर्ब ९६ करोड ८५ लाख ८ हजार रुपैयाँ दिएको छ ।


क्लिकमान्डु