संस्थाहरू बलियो नहुँदा अर्थतन्त्रमा गुणात्मक परिवर्तन हुन सकेनः अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले संस्थाहरू बलियो नहुँदा अर्थतन्त्रमा गुणात्मक परिवर्तन हुन नसकेको बताए ।

आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल गर्ने बैंक तथा वित्तीय संस्था परिसंघ ९सिविफिन०ले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री शर्माले संस्था बलियो बनाउन नसक्नु कमजोरी भएको स्वीकार गरे ।

संरचनात्मक समस्या र व्यवस्थापन क्षमतालाई परिवर्तन नगरी गुणात्मक परिवर्तन हुन सक्दैनौं । जनताका समस्यालाई समाधान गर्ने गरि संस्थाहरू बलियो भएनन्’ शर्माले भनेञहामी स्थायित्व निर्माण गर्ने अस्थायी चरणमा हामी छौं । संस्थागत सुदृढीकरण आजको मुख्य समस्या हो। हामी निर्मम भएर लाग्नु पर्नेछ।’

अनुसन्धानमा आधारित भन्दा पनि कपि पेष्टमा आधारित नीति भन्दा समस्या देखिएको शर्माले बताए। संस्था बलियो नहुँदा समेत अनुसन्धानमा आधारित नीति बन्न नसकेको हो झशर्माले भनेञहाम्रा नीति निर्माणमा रहेका व्यक्तिहरू समेतले समस्या मात्र देखाउने गरेका छन् । अब हामीलाई समस्या होइन समाधान चाहिएको छ। आजका दिनमा समस्याभन्दा पनि समाधान आवश्यक भएको शर्माले बताए ।

अर्थशास्त्री बिश्वभर प्याकुरेलले क्रीप्टो करेन्सी चुनौती बन्दै गएको भन्दै त्यसलाई व्यवस्थापन गर्नु पर्ने बताए । प्याकुरेलले नचाहिने आयात रोक्ने निर्णय नेपाल राष्ट्र बैंकको निर्णय ठिक भएको भन्दै कोरोना महामारीपछि बढ्दो क्रममा रहेको धनी र गरिब बीच असमानता हटाउन काम गर्न सुझाव दिए।

अर्थसचिव मधु मसासिनिले बाह्य क्षेत्रका कारण अर्थतन्त्रमा समस्या देखिएको बताए। ञ

‘रसिया र युक्रेनको युद्ध हुन्छ र प्रेटोलियम पदार्थको मुल्य बढ्छ भन्ने थाहा हुने बिषय भएनझ अर्थ सचीव मरासिनीले भनेञुअर्थ मन्त्रालय अहिलेको सम्पुर्ण समस्यामा चिन्तित छ। सकेसम्म अर्थतन्त्रलाई नियन्त्रण गर्नु हुन्न भनेर हामीले आयात प्रतिबन्ध लगाउने र भन्सार बढाउने निर्णय गरेका छैनौं ।’

अर्थ मन्त्रालयका सल्लाहकार सुरेन्द्र उप्रेतीले कोरोना महामारीका कारण रोकिएको माग एक्कै पटक बढ्दा आयात बढेको बताए । न्यून बिजकिकरणले अर्थतन्त्रमा समस्या देखिएको सिविफिनका अध्यक्ष पवल गोल्यानले बताए ।

‘न्युन बिजकिकरण गर्दै सामान आयात भईरहेकाले नेपालमा उद्योग विकास हुन नसकेको हो,’ झगोल्यान भने भनेञुसरकारले आयात निरुत्साहित गर्न सकेन भने औद्योगिक विकास हुन सक्दैन ।’

गोल्यानले ट्रेडिङ र उद्योगलाई फरक-फरक ब्याजदर बनाउनु पर्ने माग गरे।

‘ट्रेडिङलाई महँगो ब्याजदर तोक्ने नीति लिनुहोसझकार्यक्रममा उपस्थित अर्थमन्त्री र अर्थ सचीवलाई गोल्यानले भने,’ औद्योगिक विकास हुँदा समग्र अर्थतन्त्र बलियो हुन्छ।’


क्लिकमान्डु