विद्युत् प्राधिकरणले भारतसँग प्रतियुनिट ३८ रुपैयाँमा विजुली किन्ने



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतसँग ३८ रुपैयाँमा विजुली किन्न लागेको बताएका छन् ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले भारतसँग प्रतियुनिट ३८ रुपैयाँमा विजुली खरिद गर्नका लागि बिडिङ गरिएको जानकारी दिए ।

आज ९६ बल्कमा विजुली अर्डर गरिएको र सबै बिडिङ स्वीकृत भए भोलिदेखि उद्योगमा विजुली अभाव नहुने उनको भनाइ छ ।

विद्युत प्राधिकरणले इन्डियन इनर्जी एक्सचेञ्ज (आइआईसी) बाट ३८ रुपैयाँमा बिजुली किन्न बिडिङ गरिसकेकाे छ ।

बिहीबार ९६ बल्कमा ३८ रुपैयाँ बिजुली किन्न बिडिङ गरिएको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिए।

बिहारबाट ३०० मेगावाट बिजुली दिउँसो आइरहेको र आज गरिएको बिडिङ्बाट बिजुली आउने भन्दै शुक्रबारदेखि उद्योगमा लोडसेडिङ दाबी गरे ।

३५ दिनसम्म महँगो मूल्यमा ८ अर्ब रुपैयाँसम्म नोक्सान हुने प्राधिकरणका एमडी कुलमान घिसिङले जानकारी दिए ।

महँगो मूल्यमा बिजुली खरिद गरेर वितरण गर्दा प्राधिकरणलाई दैनिक २२ करोड रुपैयाँसम्म नोक्सान हुने घिसिङले जानकारी दिए।।

लामो समयसम्म महँगो मूल्यमा बिजुली खरिद गरेर बजारमा वितरण गर्न नसक्ने बताए । भारतबाट बिजुली कसरी ल्याउने भन्ने विषयमा पनि छलफल चलेको बताए।

अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्य बढेको भन्दै कोलमा आधारित बिजुलीको मूल्य बढेकाले भारतमा बिजुलीको मुल्य बढेको घिसिङले दाबी गरे ।

कुलमानको भनाइ जस्ताको त्यस्तै

अहिलेको विद्युत् अभाव नेपालको मात्रै होइन विश्वमा नै रहेको छ । विश्वमा नै विद्युत अभाव किन भयो भने भारतमा ७० प्रतिशत पोलवेस जेनेरेसन हो । नेपालले आयात गर्ने भनेको भारतले आयात गरेकोबाट मात्रै नेपालले आयात गर्न पाइन्छ भनेर भारतको नीतिमा रहेको छ । भारतमा इन्पोटेट कोलको धेरै ठूलो सटेज भयो । अहिले अन्तर्राष्ट्रिय रुपमा रुस र युक्रेनबीचको तनावदेखि अन्य धेरै समस्या परेको हुनाले सबै मेटियलमा र कोलमा समस्या छ । हिँजोको मात्रै विडममा करिव ४ लाख ५० हजार मेगावट प्रतिघण्टाको मागमा बिक्रि भने करिव २ लाख मात्रै हुन सक्यो । कोलको कारण बिक्रि बढ्न सकेको छैन । त्यो कारणले महँगोमा बीट गर्ने भयो ।

विद्युत प्राधिकरणले आयात गरिरहेको तीन वटा अप्सन थियो । हामीलाई बर्षाभरी आयात गर्नु परेको छैन । करिव ८ महिना नेपाललाई विद्युत आयात गर्नु पँदैन । ४ देखि ५ महिना आयात गर्नु पर्छ । अर्को दुई वर्ष सुख्खा समयमा विद्युत आयात गर्नु पर्ने हुनसक्छ । अहिले सुख्खा समय हो । उत्पादन एकदमै कम हुने तर माग बढ्ने समय हो । हामीले आयात गरेको कोल भनेकै इनपोटेट कोलको विद्युत आयात गरेको हो । त्यसमा तीन वटा अप्सन थियो । पहिलो अप्सन भनेको वाइल्याटल सम्झौता जुन एनबीबीएन भारतीय सरकारको सहरकारी कम्पनी एनबीबीएनबाट नेपालले डेर सय मेगावटको आयात डल्केबर प्रसारण लाइनबाट गर्थाै । उहाँहरुसँग एक वर्षको सम्झौता थियो । त्यो सम्झौता डिसेम्बरदेखि जुनसम्म डेर सय मेगावट आयात गर्ने थियो। हामीले ४ रुपैयाँ १६ पैसामा सम्झौता परेका थियौं । पिटिसीबाट टनकपुरबाट ४ रुपैयाँ १२ पैसामा आयात गर्ने भनेर सम्झौता परेका थियौं । सम्झौता अनुसार भारतको कोल भनेको आयातित इनेरेटर हो । एक महिना अगाडि उहाँहरुले यो जेनेरेटरबाट निर्यात गर्न नसकिने भयो । उहाँहरुले एक महिना अगाडि नै बन्द गर्नु भयो । एनबीबीएनले ३०/४० मेगावट भए पनि निर्यात गरिरहयो ।

२० रुपैयाँ नै कोड गरे पनि २० रुपैयाँ नै तिनर््ुा पदैन । त्यो एभरेज मूल्य १५ रुपैया वा १२ रुपैयाँ पनि आउन सक्छ । बिहारले सर्पोट गरिरहेको छ । आज दिनमा ३०० मेगा वटा भयो भने व्यवस्थापन हुन्छ । अहिले प्राधिकरण ३० प्रतिशत आयात गरिहेको हो । चालु आर्थिक वर्षको माघ सम्म ४ अर्ब हाराहारीमा मात्रै छ । यो वर्ष ७ देखि ८ अर्ब आयात हुन्छ भन्ने आकलन हो । तर अहिले मूल्य एकदमै महँगो भएको हुनाले १० अर्बको हाराहारीमा पुग्छ होला । गत वर्ष २५ अर्बको आयात थियो । त्यो आयात पुग्दैन । बढीमा ३ महिना मात्रै हो । लोडसेडिङ नै हुन्छ भन्ने कुरा आएको छ हुँदैन । अहिलेकै मूल्य रहयो भने ३५ दिनको समय आकलन गरेका छौं । ३५ दिनको लागि १६ रुपैयाँ नै तीनु प¥यो भने करिब ८ अर्ब बढी रमक पर्ने रहेछ । एक दिनमा २२ करोड एक दिनमा पर्छ । छोटो समयमा मँहगो भए पनि उद्योगलाई सजिलो होस् भनेर प्राधिकरण लागेको छ ।

नीजी क्षेत्रसँग सहयोग गर्नु भनेर माग गरेका छौं । छोटो समयको लागि भए पनि महँगो भएर पनि विद्युत किने उद्योग चालाउने प्राधिकरणको योजना छ । हामी विद्युतमा आत्मनिर्भर हुँदै गएका छौं । गर्मी महिनामा अभाव भए पनि असार पछि भारतलाई बेच्न सक्नु हामी सहज अवस्थामा छौं । उपभोताको आत्मावल बढोस भने हो । विद्युत खपत बढाउनु हो । सुख्खा समयको अभाव आएको छ । संधै यस्तो हुँदैन । तर, लोडसेडिङ हुँदैन । जति खपत गर्न सकिन्छ , प्राधिकरण विद्युत दिन तयार छ । २०० मेगावट असार सम्म आउँदैछ । ८ सय मेगावटको सात वटा आयोजनाहरु भारतसँग समन्वय गरेका छौं । सुख्खा समय भन्दा अगाडि गर्ने योजना बनाएको छ । नेपालमा विद्युत् खपत बढाउनु पर्छ । अहिले अभाव देखेर खपत बढाउने होइन् । अहिले उद्योगहरुलाई घरघरमा गएर विद्युत खपत बढाउन अभियान चलाएका छौं । उद्योगले चाहेजति विद्युत् दिन तयार छ । अहिले केही मूल्य बढेको छ । सँधै यस्तो हुँदैन ।


क्लिकमान्डु