जीवन बीमा कम्पनीले अभिकर्ता कमिसनमा गरे १४ अर्बबढी खर्च



काठमाडौं । अर्थिक वर्ष २०७७/७८ मा जीवन बीमा कम्पनीले अभिकर्ता कमिसन वापत १४ अर्ब २५ करोड ९२ लाख रुपैयाँ खर्च गरेका छन् । यो अघिल्लो आवको तुलनामा ३४.२२ प्रतिशत अर्थात्् ३ अर्ब ६३ करोड बढी हो । अघिल्लो आवमा यस्तो कमिसन १० अर्ब ६२ करोड ३२ लाख रुपैयाँ थियो ।

बीमा कम्पनीहरुले गत आवमा अभिकर्ता कमिसनमा न्यूनतम २१ करोडदेखि ३ अर्ब रुपैयाँसम्म खर्च गरेका छन् ।

हाल सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीमध्ये ४ वटा कम्पनीले १ अर्ब रुपैयाँदेखि साढे ३ अर्ब रुपैयाँसम्म, ४ वटा कम्पनीले ५० करोड रुपैयाँदेखि ७१ करोड रुपैयाँसम्म र ११ वटा कम्पनीले २१ करोड रुपैयाँदेखि ४८ करोड रुपैयाँसम्म अभिकर्ता कमिसनमा खर्च गरेका छन् ।

गत आवमा अभिकर्ता कमिसन वापत जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफले सबैभन्दा बढी र महालक्ष्मी लाइफले सबैभन्दा कम रकम खर्च गरेका छन् ।

के हो अभिकर्ता कमिसन ?
बीमा कम्पनी अर्थात् बीमक र बीमितबीच समन्वय गराई मध्यस्तकर्ताको काम गर्ने व्यक्तिलाई बीमा अभिकर्ता भनिन्छ । बीमा अभिकर्ताले सम्भावित उपभोक्ताहरुलाई सही बीमा खरिदका लागि छनौट गर्न मद्दत गर्दछन् । बीमितलाई उपयुक्त पोलिसी रोज्न मद्दत गरेपनि लेनदेनको मामिलमा अभिकर्ताहरु बीमा कम्पनीको प्रतिनिधित्व गर्छन् । आफ्ना बीमालेख अथवा पोलिसी बिक्री गरेवापत कम्पनीले अभिकर्तालाई दिने रकमलाई नै अभिकर्ता कमिसन भनिन्छ ।

कति पाउँछन् कमिसन ?

कमिसन अभिकर्ताले कम्पनीमा व्यापार ल्याए वापत पाउने रकम हो । उदाहरणका लागि एक अभिकर्ताले १५ वर्षे अवधिको एक लाख रुपैयाँ बराबरको बीमालेख कम्पनीमा बिक्री गर्छ र यदि त्यस बीमालेखको प्रिमियम ७ हजार प्रतिवर्ष तय गरिन्छ भने अभिकर्ताले उक्त बीमालेख बिक्री गरेवापत पहिलो वर्ष प्रिमियमको २५ प्रतिशत अर्थात् एक हजार ७ सय ५० रुपैयाँ कमिसन पाउँछ । दोस्रो वर्ष प्रिमियमको १५ प्रतिशत अर्थात्् एक हजार ५० रुपैयाँ र बाँकी ८ वर्षसम्मलाई प्रिमियमको ५ प्रतिशत अर्थात्् ३५० रुपैयाँ पाउँछन् ।

अभिकर्ताले १५ वर्षको बीमालेख बिक्री गर्दा पहिलो १० वर्षको मात्र कमिसन पाउँछन् । त्यसपछि बाँकी रहेको ५ वर्षको अवधिमा अभिकर्ताले कमिसन पाउँदैनन् ।

कमिसनमा अभिकर्ताको गुनासो
पेशागत बीमा अभिकर्ता सघं नेपालका अध्यक्ष नन्दप्रसाद तिवारी अभिकर्ताले पाएको कमिसन पर्याप्त नभएको तर्क गर्छन् । अभिकर्ताले बीमालेखको सम्पूर्ण अवधिसम्म बीमितसँग निरन्तर सम्पर्कमा रहिरनु पर्ने भएकाले कमिसन पर्याप्त नभएको बताए ।

‘बीमालेख जारी राखिरहन अभिकर्ताले बीमितलाई भेटेर सुझाव सल्लाह दिइरहनु पर्छ । यसो हुँदा अभिकर्ताले लागत खर्च आफ्नो निजी सम्पत्तिबाट ब्यहोर्नु पर्छ । जसले गर्दा अभिकर्ताहरु मारमा पर्छन,’ उनले भने ।

‘नेपालमा सञ्चालित बीमा कम्पनीले आफ्ना अभिकर्तालाई पर्याप्त र व्यावहारिक कमिसन दिएका छैनन्’ उनले भने, ‘छिमेकी मुलुक भारतमा बीमालेखको पूरै कार्यकालसम्म अभिकर्तालाई कमिसन दिने प्रावधान छ ।’

तिवारीले अभिकर्ताका हकमा बीमा समितिले छिट्टै नियम ल्याउनुपर्ने बताए ।

अभिकर्ता कमिसनमा बीमा कम्पनीको खर्च
सानिमा लाइफः
गत आवमा कम्पनीले अभिकर्ता कमिसन वापत ३४ करोड ४७ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो आवको तुलनामा कम्पनीले १२३.३२ प्रतिशत अर्थात् १९ करोड ३ लाख रुपैयाँ बढी खर्च गरेको हो । अघिल्लो आवमा भने कम्पनीले १५ करोड ४३ लाख रुपैयाँ खर्च गरेको थियो ।

गुराँस लाइफ: गत आवमा कम्पनीले अभिकर्ता कमिसन वापत ५३ करोड ४२ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो आवको तुलनामा कम्पनीले १०८.७७ प्रतिशत अर्थात् २७ करोड ८३ लाख रुपैयाँ बढी खर्च गरेको हो । अघिल्लो आवमा भने कम्पनीले २५ करोड ५९ लाख रुपैयाँ खर्च गरेको थियो ।

आईएमई लाइफ: गत आवमा कम्पनीले अभिकर्ता कमिसन वापत ५१ करोड ९७ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो आवको तुलनामा कम्पनीले १०४.३९ प्रतिशत अर्थात् २६ करोड ५४ लाख रुपैयाँ बढी खर्च गरेको हो । अघिल्लो आवमा भने कम्पनीले २५ करोड ४२ लाख रुपैयाँ खर्च गरेको थियो ।

महालक्ष्मी लाइफ: गत आवमा कम्पनीले अभिकर्ता कमिसन वापत २१ करोड २० लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो आवको तुलनामा कम्पनीले ९०.१७ प्रतिशत अर्थात् १० करोड ५ लाख रुपैयाँ बढी खर्च गरेको हो । अघिल्लो आवमा भने कम्पनीले ११ करोड १४ लाख रुपैयाँ खर्च गरेको थियो ।

सिटिजन लाइफ: गत आवमा कम्पनीले अभिकर्ता कमिसन वापत ६२ करोड ९४ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो आवको तुलनामा कम्पनीले ७५.१९ प्रतिशत अर्थात् २७ करोड १ लाख रुपैयाँ बढी खर्च गरेको हो । अघिल्लो आवमा भने कम्पनीले ३५ करोड ९३ लाख रुपैयाँ खर्च गरेको थियो ।

रिलायवल लाइफ: गत आवमा कम्पनीले अभिकर्ता कमिसन वापत ४२ करोड ७६ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो आवको तुलनामा कम्पनीले ६९.७८ प्रतिशत अर्थात् १७ करोड ५७ लाख रुपैयाँ बढी खर्च गरेको हो । अघिल्लो आवमा भने कम्पनीले २५ करोड १८ लाख रुपैयाँ खर्च गरेको थियो ।

रिलायन्स लाइफ: गत आवमा कम्पनीले अभिकर्ता कमिसन वापत ४१ करोड ७६ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो आवको तुलनामा कम्पनीले ६२.८६ प्रतिशत अर्थात् १६ करोड १२ लाख रुपैयाँ बढी खर्च गरेको हो । अघिल्लो आवमा भने कम्पनीले २५ करोड ६४ लाख रुपैयाँ खर्च गरेको थियो ।

सन लाइफ: गत आवमा कम्पनीले अभिकर्ता कमिसन वापत ३२ करोड ४५ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो आवको तुलनामा कम्पनीले ६१.७८ प्रतिशत अर्थात् १२ करोड ३९ लाख रुपैयाँ बढी खर्च गरेको हो । अघिल्लो आवमा भने कम्पनीले २० करोड ६ लाख रुपैयाँ खर्च गरेको थियो ।

ज्योति लाइफ: गत आवमा कम्पनीले अभिकर्ता कमिसन वापत ४६ करोड ३३ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो आवको तुलनामा कम्पनीले ५४.७२ प्रतिशत अर्थात् १६ करोड ३८ लाख रुपैयाँ बढी खर्च गरेको हो । अघिल्लो आवमा भने कम्पनीले २९ करोड ९४ लाख रुपैयाँ खर्च गरेको थियो ।

नेशनल लाइफ: गत आवमा कम्पनीले अभिकर्ता कमिसन वापत १ अर्ब ३३ करोड ३९ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो आवको तुलनामा कम्पनीले ४६.४२ प्रतिशत अर्थात् ४२ करोड २९ लाख रुपैयाँ बढी खर्च गरेको हो । अघिल्लो आवमा भने कम्पनीले ९१ करोड १० लाख रुपैयाँ खर्च गरेको थियो ।

राष्ट्रिय बीमा संस्थान: गत आवमा कम्पनीले अभिकर्ता कमिसन वापत २६ करोड ८८ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो आवको तुलनामा कम्पनीले ४२.६० प्रतिशत अर्थात् ८ करोड ३ लाख रुपैयाँ बढी खर्च गरेको हो । अघिल्लो आवमा भने कम्पनीले १८ करोड ८५ लाख रुपैयाँ खर्च गरेको थियो ।

एशियन लाइफ: गत आवमा कम्पनीले अभिकर्ता कमिसन वापत ७१ करोड १३ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो आवको तुलनामा कम्पनीले ४१.२९ प्रतिशत अर्थात् २० करोड ७८ लाख रुपैयाँ बढी खर्च गरेको हो । अघिल्लो आवमा भने कम्पनीले ५० करोड ३४ लाख रुपैयाँ खर्च गरेको थियो ।

सूर्या लाइफ: गत आवमा कम्पनीले अभिकर्ता कमिसन वापत ४८ करोड ५४ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो आवको तुलनामा कम्पनीले ३९.०३ प्रतिशत अर्थात् १३ करोड ६२ लाख रुपैयाँ बढी खर्च गरेको हो । अघिल्लो आवमा भने कम्पनीले ३४ करोड ९१ लाख रुपैयाँ खर्च गरेको थियो ।

प्रभु लाइफ: गत आवमा कम्पनीले अभिकर्ता कमिसन वापत २२ करोड २१ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो आवको तुलनामा कम्पनीले ३८.७१ प्रतिशत अर्थात् ६ करोड १९ लाख रुपैयाँ बढी खर्च गरेको हो । अघिल्लो आवमा भने कम्पनीले १६ करोड १ लाख रुपैयाँ खर्च गरेको थियो ।

युनियन लाइफ: गत आवमा कम्पनीले अभिकर्ता कमिसन वापत १ अर्ब २० करोड ७४ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो आवको तुलनामा कम्पनीले ३३.०१ प्रतिशत अर्थात् २९ करोड ९६ लाख रुपैयाँ बढी खर्च गरेको हो । अघिल्लो आवमा भने कम्पनीले ९० करोड ७७ लाख रुपैयाँ खर्च गरेको थियो ।

प्राइम लाइफ: गत आवमा कम्पनीले अभिकर्ता कमिसन वापत ४३ करोड ९ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो आवको तुलनामा कम्पनीले २२.७७ प्रतिशत अर्थात् ७ करोड ९९ लाख रुपैयाँ बढी खर्च गरेको हो । अघिल्लो आवमा भने कम्पनीले ३५ करोड ९ लाख रुपैयाँ खर्च गरेको थियो ।

मेट लाइफ: गत आवमा कम्पनीले अभिकर्ता कमिसन वापत ४८ करोड ३६ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो आवको तुलनामा कम्पनीले १९.६२ प्रतिशत अर्थात् ७ करोड ९३ लाख रुपैयाँ बढी खर्च गरेको हो । अघिल्लो आवमा भने कम्पनीले ४० करोड ४३ लाख रुपैयाँ खर्च गरेको थियो ।

नेपाल लाइफ: गत आवमा कम्पनीले अभिकर्ता कमिसन वापत ३ अर्ब ५५ करोड ६३ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो आवको तुलनामा कम्पनीले १३.१० प्रतिशत अर्थात् ४१ करोड १९ लाख रुपैयाँ बढी खर्च गरेको हो । अघिल्लो आवमा भने कम्पनीले ३ अर्ब १४ करोड ४३ लाख रुपैयाँ खर्च गरेको थियो ।

लाइफ इन्स्योरेन्स कर्पोरेसनः गत आवमा कम्पनीले अभिकर्ता कमिसन वापत १ अर्ब ६८ करोड ५७ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो आवको तुलनामा कम्पनीले ८.०८ प्रतिशत अर्थात् १२ करोड ६० लाख रुपैयाँ बढी खर्च गरेको हो । अघिल्लो आवमा भने कम्पनीले १ अर्ब ५५ करोड ९६ लाख रुपैयाँ खर्च गरेको थियो ।


क्लिकमान्डु