डिजिटल बैंकिङप्रति प्रधानमन्त्री ओलीको प्रशंसा, डिजिटल इकोनोमी उदयमान बन्दै



काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले कोरोना महामारीको समयमा बैकिङ क्षेत्रले डिजिटल बैकिङ मार्फत गरेको योगदानको प्रशंसा गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुले घरबाटै बैंक खाता खोल्न सक्ने, मोबाइल मार्फत क्यूआर कोडद्वारा चेक बिना नै बैंकबाट रकम झिक्न सक्ने खालका नविनतम बैंकिङ सेवा दिन थालेको प्रति प्रशंसा गरेका हुन् ।

‘फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२०’ को उद्घाटन गर्दै प्रधामन्त्री ओलीले यस्तोे प्रशंसा गरेका हुन् । ओलीले अबको दिनमा डिजिटल इकोनोमी निकै उदयमान हुने तर्क गरे । अहिले ५० प्रतिशतको हाराहारी युवा नवप्रबद्र्धनमा लागेको भन्दै यसले डिजिटल इकोनोमीलाई अझ प्रभावकारी बनाउन सकिने बताए ।

कोरोना नियन्त्रणको लागि लगाएको बाध्यात्मक बन्दा बन्दीले भौतिक सम्पर्कलाई बन्द गर्दा, इ-कमर्श, डिजिटल बैकिङ, इ-लर्निङ, डिजिटल व्यवसाय लगायत कुरा मानिसलाई जोड्ने माध्यम बनेको बताए । यसले समग्रमा उच्च आर्थिक वृद्धिको सम्भावना रहेको बताए । यसले नेपाललाई डिजिटल युवमा प्रवेश गर्ने आधार दिएको बताए । नेपालमा डिजिटल क्षेत्रको माध्यमबाट आर्थिक विकासलाई अघि बढाउन सकिने बताए ।

उनले नेपालमा कोरोना भाइरसको असर आँकलन गरे भन्दा धेरै हुने र त्यसले नेपालको अर्थतन्त्रमा पारेको प्रभाव न्यूनिकरणको लागि सरकारले सबै प्रयत्न गर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले सरकार मन गरिब नरहेको र सके अनुसार, गक्ष अनुसारको सहयोग र सहकार्य गर्न तयार रहेको जानकारी गराए । विश्वको ध्यान डिजिटल अर्थतन्त्रमा लागेकोले कोरोनाले धेरै मानिसको दुरी बढाएको समयमा डिजिटल भुक्तानी निकै उल्लासमय बनेर आएको बताए ।

कोरोनाका कारण केही देशहरु आर्थिक मन्दीको चपेटामा परेको भन्दै समग्र एशियाको आर्थिक वृद्धि नकारात्मक हुनसक्ने एशियाली विकास बैंकले आंकलन गरेको स्मरण गराए ।

ओलीले आफ्नो नेतृत्वको सरकारले मन्त्रिपरिषदको बैठकलाई कागजको प्रयोग रहित बनाएको स्मरण गराउँदै आफू उपचारको क्रममा सिंगापुर हुँदा डिजिटल रुपमा बैठक गरेको समेत स्मरण गरे । ‘त्यो बेला कतिपय मानिसले त्यसको महत्व नबुझेपनि आज त्यसको महत्व सान्दर्भिकता र आवश्यकता महशुस गरेका छन्’ उनले भने ।

सरकारले पनि डिजिटल नेपालको रुपमा सबै क्षेत्रलाई जिडिटल रुपमा नै अघि बढाउने र आफ्नो नेतृत्वको सरकारले यसको खाका तयार पारेको र नीतिगत आधार तयार पारिसकेको स्मरण गराए ।
सरकारले कार्यान्वयनमा ल्याएको डिजिटल नेपालको खाका कृषि, शिक्षा, स्वास्थ्य, सहरी पूर्वाधार, सहरी, उर्जा, पर्यटन र डिजिटल फाउन्डेसन सहितका क्षेत्रको पहिचान गरेर काम सुरु भएको बताए । साथै ८० डिजिटल पलको समेत पहिचान भएको ओलीका भनाइ छ ।

डिजिटलको माध्यमबाट सेवा प्रवाह, उत्पादन र उत्पादकत्वमा वृद्धि गरी अर्थतन्त्रको बृहत्तर आयामको रुपमान्तरण सहित सरकारले डिजिटल नेपाल फ्रेमवर्क सार्वजनिक गरेको बताए । मालपोट, विद्युत महशुल, आन्तरिक राजस्व, भन्सार महशुल, सवारी चालक अनुमति पत्र र नविकरण जस्ता नागरिकसँग प्रत्यक्ष जोडिएका विषयमा एकिकृत सेवा पुर्याउने कामको सुरु भइसकेको बताए ।

सरकारले राष्ट्रिय परिचय पत्रलाई सेवा प्रवाहको मुख्य आधार बनाउने गरी काम अघि बढाएको स्मरण गराए ।

सरकारले अप्टिकल फाइबर, सबै स्थानीय तहमा इन्टरनेटको पहुँच, विस्तार जस्ता सूचना प्रविधिको आधारशिला खडा गरेर काम भइरहेको बताए । यो बेला ह्याकिङ र साइबरसँग सम्बन्धित विषयमा ध्यान दिन आवश्यक रहेको बताए ।

प्रम ओलीले डिजिटल क्षेत्रमा नीजि क्षेत्रको भूमिका महत्वपूर्ण रहेको भन्दै पहिलो पुस्ताको सूचना प्रविधि व्यवसायीहरुले सुरु गरेको फिनटेक कम्पनीले नेपालीलाई मोबाइल वालेट, नगद रहित कारोबार बढाएर डिजिटल बैकिङ सुरु भएको बताए ।

कोरोना आउला र यस्तो भयावह अवस्थाको सृजना होला भन्ने कल्पना समेत नभएको बताए ।
यो अवधिमा डिजिटल सिस्टमको सुरुवात नगरेको हो भने आज धेरै कठिनाइ समाना गर्नुपर्ने तर्क गरे । अबको युव डिजिटल अर्थतन्त्रको युग भएको दाबी गरे ।

उनले  डिजिटल प्रविधिले मित्तव्ययी बन्न सफल बनाएको भन्दै विदेशी नियोग तथा अन्तर्राष्ट्रिय माध्यममा पनि डिजिटल माध्यमबाट सहभागी जनाउन सफल भएको बताए ।


क्लिकमान्डु