विकास बैंक पनि आरटीजीएस प्रणालीमा सहभागी हुने, ५ वाट बैंकसँग भयो सम्झौता



काठमाडौं । अब विकास बैंकहरुपनि नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा सहभागी हुने भएका छन् । नेपाल क्लियरिङ्ग हाउसले अब विकास बैंकहरुलाई नेपाल राष्ट्र बैंकबाट संचालित आरटीजीएस प्रणालीसँग इन्टिग्रेसन गर्ने भएको छ ।

नेपाल क्लियरिङ्ग हाउसले मुक्तिनाथ विकास बैंक, ज्योति विकस बैंक, गरिमा विकास बैंक, कामना सेवा विकास बैंक र लुम्बिनी विकास बैंकसँग सम्झौता गरेको छ । उक्त सम्झौता अनुरुप नेपाल क्लियरिङ्ग हाउसले बैंकहरुलाई आरटीजीएस प्रणाली मार्फत् कारोबार गर्न तथा आफ्नो कोर बैंकिङ्ग प्रणालीमा जोड्न चाहिने आवश्यक कनेक्ट आरटीजीएस उपलब्ध गराउने भएको छ ।

विकास बैंकहरुसँगको यस सम्झौतासँगै क्लियरिङ्ग हाउसले राष्ट्र बैंकको आरटीजीएस प्रणालीको प्रभावकारिता बढाउन विशेष सहयोग पु¥याउने अपेक्षा गरिएको उल्लेख छ । कनेक्ट आरटीजीएस प्रणाली पहिलो चरणमा अधिकांश ‘क’वर्गका वाणिज्य बैंकहरुमा कार्यान्वयनमा आईसकेको छ । अब नेपाल राष्ट्र बैंकसँग यो प्रणालीको लागी सोझै सदस्यको रुपमा सम्झौता गरेका ‘ख’ तथा ‘ग’वर्गका वित्तिय संस्थाहरुको लागी पनि उपलब्ध गराइने जारी विज्ञप्तिमा उल्लेख छ ।

एनसीएचएलले आफ्ना सदस्य बैंक तथा वित्तिय संस्थाहरु, गैर–बैंकिङ्ग सदस्यहरु जस्तै सरकारी तथा अर्धसरकारी संस्था, पिएसपी÷ पीएसओ र अन्य सेवा प्रदायकहरुलाई विभिन्न राष्ट्रिय भुक्तानी पूर्वाधारहरुको स्थापना तथा सञ्चालनमार्फत समग्र बैकिङ्ग क्षेत्रलाई सहयोग पु¥याउँदै आएको छ ।

एनसीएचएलसँग उपलब्ध भएका पूर्वाधारहरुलाई विस्तार गरी अन्तर्राष्ट्रिय मापदण्डहरुको अनुपालनसहित कनेक्ट आरटिजीएस बैंक र वित्तिय संस्थाहरुका लागी न्यून मुल्यमा कार्यान्वयनमा ल्याइएको छ ।

आरटीजीएस प्रणालीमा ठूलो मुल्यका र तत्काल भुक्तानी गर्नुपर्ने कारोबारहरु सदस्य बैंक र वित्तिय संस्थाहरुबीच गरिन्छ । आरटीजीएस प्रणालीलाई तत्काल फण्ड प्राप्तगर्न र अन्य भुक्तानी प्रणालीको फर्छौट सम्बन्धी जोखिम न्यूनीकरण गर्र्न प्रयोगमा ल्याइने एक राष्ट्रिय भुक्तानी प्रणालीको मेरुदण्डको रुपमा लिइन्छ । नेपालमा आरटीजीएस प्रणाली नेपाल राष्ट्र बैंकले लागू गरेको हो ।


क्लिकमान्डु