पुँजी बजारको अध्ययनका लागि गठित उपसमिति तात्यो, लगानीकर्ताले दिए यस्तो सुझाव



काठमाडौं । पुँजी बजार र मुद्रा बजारको अध्ययनका लागि ठगित उपसमितिले सरोकारवालासँगको छलफललाई तिब्रता दिएको छ ।

संघीय संसद अन्तर्गतको अर्थसमितिले गठन गरेको पुँजी बजार र मुद्रा बजार अध्ययन उपसमितिकी संयोजक झाँक्रीको संयोजकत्वमा समिति गठन गरेको थियो । उक्त समितिले सेयर लगानीकर्ता लगायत सरोकारवाला निकायसँगको छलफललाई तिब्रता दिएको हो ।

मंगलबार समितिले नेपाल इन्भेष्टर फोरम, सेयर लगानीकर्तासँग र नेपाल पुँजी बजार लगानीकर्ता संघलाई बोलाएर छलफल गरेको हो ।

समितिले पुँजी बजारको विषयका साथै बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने विषयमा, मुद्रा बजारको विषयमा लामो समयदेखि अध्ययन गरिरहेको छ । मंगलबारको छलफलमा लगानीकर्ताहरुले अहिले बजारले भोगिरहेको समस्याको बारेमा उपसमितिलाई जानकारी गराएको एक लगानीकर्ताले बताए ।

ति लगानीकर्ताका अनुसार भारित औषत गणना विधि चाँडै समाधान होस, बैंक ब्याजदरको विषयमा थप अध्ययन गरियोस, सेयर बजारमा स्टक डिल्लर भित्र्याउनु पर्ने, ५८ बुँदा कार्यान्वयनमा अर्थ समितिले चासो देखाउनु पर्ने, ब्रोकरलाई ओपन इन्ट्रि र ओपन एक्जिनको लागि सहज बताउनु पर्ने जस्ता सुझाव दिएका छन् । यस्तै ब्रोकरलाई शाखा खोल्न दिने विषयमा धेरै झमेला रहेको र त्यसलाई सहजिकरण गरिदिन अर्थ समितिले सहजिकरणका लागि लगानीकर्ताले आग्रह गरेका छन् ।

मंगलबारको छलफलमा उपसमितिले कुनै पनि धारणा दिएको छैन । लगानीकर्ताहरुको धारणा मात्रै लिएको छ । उपसमितिले आवश्यकता अनुसार लगानीकर्तासँग पुनः राय लिने बताइएको छ ।

लगानीकर्तासँग भएको छलफलमा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाल, उप समितिकी संयोजक झाँक्रीका साथै सदस्यहरु शिव कुमार यादव, मेटमणी चौधरी, हेम कुमार राई र शिव कुमार यादव उपस्थित रहेका थिए ।

अर्थ समितिले साउन ३० गते झाँक्रीको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिले अध्ययन गरेर २ महिनामा रिपोर्ट बुझाउने भनेको थियो ।
उक्त समयमा अर्थ समितिको बैठकले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिँदा इन्साइडर ट्रेडिङको खतरा हुनसक्ने भन्दै उपसमिति बनाएर अध्ययन गर्ने निर्णय गरेको थियो ।

समितिका सभापति कृष्णप्रसाद दाहालले उपसमितिले विस्तृत अध्ययन गरेर चाँडै रिपोर्ट बुझाउने र त्यही रिपोर्टका आधारमा आवश्यक निर्देशन दिने बताएका थिए ।


क्लिकमान्डु