१० वर्षमा २८,५०० मेगावाट उत्पादन गर्ने लक्ष्य बोकेको ऊर्जा विकास मार्गचित्रको पूर्णपाठ



काठमाडौं । ऊर्जा,जलस्रोत तथा सिंचा मन्त्रालयले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य सहित तयार पारेको ऊर्जा जिकास मार्गचित्र तथा कार्ययोजना २०८१ सार्वजनिक गरेको छ । गत साता मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि यो प्रतिवेदन सार्वजनिक गरेको हो ।

ऊर्जा विकासको मार्गचित्रमा नदी प्रवाहमा आधारित जलविद्युत आयोजना ४ वर्षमा, अर्ध जलाशययुक्त ६ वर्षमा र जलाशययुक्त ७ वर्षमा निर्माण सक्ने लक्ष्य छ । २८,५०० मेगावाटका आयोजना निर्माणका लागि ५० अर्ब अमेरकी डलर लाग्ने अनुमान छ ।

२८ हजार ५०० मेगावाट उत्पादन गर्दा नेपाल सरकारले ८८ अर्ब रुपैयाँ प्राप्त गर्नेछ । विद्युत बिक्रीबापत उत्पादकहरुले ३९ खर्ब रुपैयाँ आम्दानी गर्नेछन्। विदयुत खरिद बिक्री बापत नेपाल विद्युत प्राधिकरणले २६ खर्ब रुपैयाँ प्राप्त गर्नेछ ।

काठमाडौं उपत्यकालगायत ७ प्रमुख क्लष्टर क्षेत्रहरुको सन् २०५० सम्मको माग आपूर्ति गर्न आवश्यक प्रसारण तथा १५ हजार मेगावाटको निर्यात गर्ने लक्ष्य छ । भारत र बंगलादेश लगायतका देशमा निर्यातको सम्भावना देखाइएको छ । सन् २०३० सम्म भारतमा १० हजार मेगावाट निर्यात गर्ने र बंगलादेशमा ५ हजार मेगावाट निर्यात गर्ने पूर्वाधार तयार पारिने उल्लेख छ ।

नेपाल र भारतबीच दिर्घकालीन विद्युत् व्यापार सम्झौता भएको छ । सम्झौता अनुसार नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत भारत निर्यात हुनेछ । अहिले ८०० मेगावाटसम्म निर्यात भइरहेको छ । प्रतिवेदनमा भारतमा १० हजार मेगावाट निर्यात गर्ने र बंगलादेशलगायतका देशहरुमा ५ हजार मेगावाट निर्यात गर्ने उल्लेख छ ।

नेपाल र बंगलादेशबीच विद्युत् व्यापार सम्झौता भइसकेको । नेपालले बर्खामा ४० मेगावाट बंगलादेश पठाएर व्यापारको सुरुवाता गरिसकेको छ ।


क्लिकमान्डु