ट्रम्पको जितसँगै क्रिप्टोकरेन्सी आकासियो, केहो क्रिप्टोकरेन्सी ?



एजेन्सी । अमेरिको राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको जितसँगै बिटक्वाइनको मूल्य ८० हजार अमेरिकी डलरले वृद्धि भएको छ।

चुनाव प्रचारको क्रममा ट्रम्पले अमेरिकालाई विश्वकै क्रिप्टो क्यापिटल अर्थात् क्रिप्टोको राजधानी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । विश्वकको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य ८० प्रतिशतभन्दा बढी पुगेको छ ।

बिटक्वाइन मात्रै नभएर डोजक्वाइन जस्ता अन्य क्रिप्टोकरेन्सीमा पनि भारी मात्रामा उछाल आएको छ । ट्रम्पका समर्थक अर्बपति एलन मस्कले डोजक्वाइनलाई बढावा दिएकाले पनि यसमा उछाल आएको बताइन्छ ।

२०२१ मा जो बाइडेनले जेन्सलरलाई सेक्युरिटी एन्ड एक्सचेन्ज कमिसनको अध्यक्ष बनाएका थिए । जसले क्रिप्टो मार्केटलाई कडाइ गरेका थिए । यस्तैमा अब ट्रम्प प्रशासनले क्रिप्टोकरेन्सीलाई नियमन गरेको खण्डमा बिटक्वाइनको मूल्य १ लाख डलर पनि नाघ्ने बताइन्छ ।

क्रिप्टोकरेन्सी उद्योगका विषयमा विश्वका विभिन्न देशमा अस्पष्ट ज्ञान हुनुका साथै कतिपय अवस्थामा गलत धारणा पनि व्यक्त हुने गरेका छन् । धेरैजसो देशले भने यसलाई कानुनी मान्यता नै दिएका छैनन् । तर कानुनी मान्यता पाएका देशमा पनि नियमनको समस्या भने छँदैछ । जवकि क्रिप्टोकरेन्सीबाटै कतिपय व्यवसायीहरु भने अर्बपति बनिसकेका छन् ।

ट्रम्पले यसअघि व्यक्त गरेका प्रतिक्रिया हेर्दा उनी यसको समर्थक रहेको बुझिन्छ । र क्रिप्टोकरेन्सीलाई व्यवस्थित गर्नेतर्फ उनको पहल हुने देखिन्छ । पछिल्लो पटक अमेरिकामा निर्वाचन सकिएसँगै यसको मूल्य अनपेक्षित रुपमा बढिरहनुमा ट्रम्प र उनका समर्थक व्यवसायी एलन मस्कले खुलेर यसको प्रशंसा गर्नुलाई पनि मानिएको छ ।

क्रिप्टोकरेन्सी उद्योगबारे ट्रम्पले चुनावअघि नै भनेका थिए, ‘यो ज्यादै नयाँ र वृद्धि हुँदै गरेको छ । यसमा मलाई विश्वास छ ।’ वर्ल्ड लिबर्टी फाइनान्सियलको उद्घाटन गर्दै ट्रम्पले यसमा आफूलाई विश्वास रहेको बताएका थिए ।

अर्कोतर्फ डेमोक्रेट्सबाट राष्ट्रपति बनेका जो बाइडेनको प्रशासनले भने क्रिप्टोकरेन्सीमाथि कडाइ गर्दै आएको थियो । र बाइडेन प्रशासनको आलोचना गर्दै ट्रम्पले यसलाई नियमन गर्ने र व्यवस्थित गर्ने संकेत देखाइरहेका छन् । जसले गर्दा यसको मूल्य पनि ट्रम्पको जितसँगै आकासिएको छ । गत सेप्टेम्बरमा ट्रम्प र उनका छोराछोरीहरुले वर्ल्ड लिबर्टी फाइनान्सियल नामक एक क्रिप्टो व्यवसाय सुरु गरेका थिए । त्यस क्रममा उनले क्रिप्टो व्यवसायको खुलेर प्रशंसा गरेका थिए ।

सोही कार्यक्रममा ट्रम्पले क्रिप्टो व्यवसाय नयाँ र उदाउँदै गरेको उद्योग भएको धारणा राखेका थिए । यससँगै उनले क्रिप्टोलाई लिएर बाइडेन प्रशासनले अवलम्बन गरेका नीतिहरुको पनि उनले कडा शब्दमा आलोचना गरेका थिए ।

अब ट्रम्पको जितसँगै यो व्यवसाय थप फस्टाउने र विस्तार हुने धेरैको अपेक्षा छ । यद्यपि क्रिप्टो व्यवसायको सुरक्षाको मुद्दा भने बारम्बार उठिरहने गर्छ । यसैकारण पनि थुप्रै देशहरुले यसलाई कानुनी मान्यता दिन सकिरहेका छैनन् । क्रिप्टोमा हुने ठगी तथा स्क्यामका घटनाहरुले पनि यसलाई अवलम्बन गर्न रोकिरहेको देखिन्छ ।

के हो क्रिप्टोकरेन्सी ? यसले कसरी काम गर्छ ?

यो एउटा डिजिटल करेन्सी हो । र डिजिटल माध्यमबाट मुद्रा लेनदेन तथा कारोबार हुने सञ्जाल नै क्रिप्टोकरेन्सी हो । तर क्रिप्टोकरेन्सी भन्नाले बिटक्वाइन मात्रै भने हैन । बिटक्वाइन क्रिप्टोकै एउटा हिस्सा हो । बिटक्वाइन जस्ता तरिब ४ हजार भर्चुअल करेन्सी बजारमा उपलब्ध रहेको बताइन्छ । र यी सबै भर्चुअल मुद्राहरुलाई क्रिप्टोकरेन्सी भनिन्छ ।

सामान्यतया मुद्रालाई कुनै न कुनै निकायले नियन्त्रण गरेको हुन्छ । जस्तो कि नेपालमा राष्ट्रबैंक । राष्ट्रबैंकले पैसा छाप्छ र यसको हिसाबकिताब राखेको हुन्छ । यसको विपरीत क्रिप्टोकरेन्सीलाई नियन्त्रण गर्ने कुनै निकाय छैन ।

क्रिप्टोकरेन्सीको हरेक ट्रान्जेक्सनको डेटा विश्वभरका अलग अलग कम्प्युटरमा दर्ज हुन्छ । उदाहरणका लागि एउटा ठूलो कोठभित्र विश्वभरका मानिसहरु बसेका छन् । जब कुनै व्यक्तिले क्रिप्टोकरेन्सी लेनदेन गर्छ र त्यो कारोबार गरेको जानकारी कोठाका सबै मानिसहरुले थाहा पाउँछन् । कुनै एक वा दुई व्यक्तिले मात्रै थाहा पाउँदैन ।

यसरी यहाँ बैंक जस्तो तेस्रो पक्षको आवश्यकता पर्दैन । २००८ मा बिटक्वाइन नामको क्रिप्टोकरेन्सी पहिलो पटक डिजाइन गरिएको थियो । त्यसपछि हालसम्म बिटक्वाइन कसले कति खरिद गर्‍यो र कसले कति विक्री गर्‍यो भनेर सबै जानकारी कम्प्युटरमै विवरणको रुपमा रहँदैआएको छ ।

यसमा वालेट को व्यक्तिसँग जोडिएको छ भनेर चाहिँ थाहा हुँदैन । बजारमा बिटक्वाइन, इथिरियम, डोजक्वाइन जस्ता करेन्सीको संकलनलाई भर्चुअल एसेट भनिन्छ । यसमा ननफिजिकल टोकन वा एएफटी पनि पर्दछ ।

यसैगरी डिजिटल वालेट हामीले पर्समा पैसा राखे जस्तै क्रिप्टोकरेन्सीलाई राख्ने डिजिटल थैली नै हो । यसका लागि क्रिप्टो हुने मानिसले करेन्सी राख्न वालेटको प्रयोग गर्छन् । कम्प्युटरमा पासवर्डको प्रयोग गरेर यसलाई चलाउनुपर्छ । जोसँग करेन्सी छ उसले पासवर्डको प्रयोग गरी वालेट खोलेर विक्री गर्न वा खरिद गर्न सक्छ । यसरी डिजिटल बजारमा अर्बौं, खर्बौ रुपैयाँ वालेट डिजिटल बजारमा छ ।

क्रिप्टोलाई कसरी एक्सचेन्ज गर्ने ?

यो यस्तो प्लेटफर्म हो । जहाँ प्रति व्यक्ति क्रिप्टोकरेन्सी खरिद गर्न वा विक्री गर्न सक्छन् । रुपैयाँलाई यी एक्सचेन्ज प्लेटफर्ममा गएर क्रिप्टोकरेन्सीमा रुपान्तरण गर्न सकिन्छ । यदि क्रिप्टोकरेन्सी बेचेर अर्को क्रिप्टोकरेन्सी खरिद गर्ने बेलामा यसको काम आउँछ । जसरी अनलाइन प्लेफर्ममा सामान खरिद गर्ने र बेच्ने जस्तै गरी क्रिप्टोकरेन्सी खरिदका लागि क्रिप्टो एक्सचेन्जको सहायता चाहिन्छ ।

तर यसरी किनबेच गर्ने क्रिप्टोकरेन्सीमाथि विभिन्न देशहरु अनुसार कर लगाउने गरेका छन् । देशअनुसार फरक कर व्यवस्था छ । यदि राज्यलाई जानकारी नदिइकनै यसको कारोबार हुन्छ भने त्यो अवैध कारोबारको रुपमा कानुन आकर्षित हुन्छ । सामान्यतया यसमा कर लगाउन थालिएको छ ।

क्रिप्टोकरेन्सी गिफ्ट दिने चलन पनि छ । तर यसरी गिफ्ट दिँदा पनि कर तिर्नुपर्ने हुन्छ । तर कतिपय अवस्थामा देश अनुसार आफन्तका लागि सामान खरिद गर्दा भने कर लाग्दैन ।

डिजिटल मुद्रा र क्रिप्टोकरेन्सीलाई एउटै रुपमा पनि बुझ्ने गरेको पाइन्छ । तर यो एउटै हैन । डिजिटल रुपैयाँको मूल्यमा परिवर्तन आउँदैन भने क्रिप्टोकरेन्सीको मूल्यमा उतारचढाव आइरहन्छ ।


क्लिकमान्डु