अमेरिकामा आविष्कार भएको जमिन र पानीमा गुड्ने गाडीको पेटेन्ट बीवाईडीले लियो



चिनियाँ कार निर्माता बीवाईडीले जमिन र पानीमा गुड्ने गाडीको पेटेन्ट राइट लिएको छ

एजेन्सी । चिनियाँ कार कम्पनी बीवाईडीले पानी र जमिन दुबैमा गुड्नसक्ने एम्फीबायस कारको पेटेन्ट राइट लिएको छ । बजारको आवश्यकता पूरा गर्नका लागि बीवाईडीले एम्फीबायस कारको पेटेन्ट दर्ता गराएको जनाएको छ ।

यसै साता ‘एम्फीबायस भिहिकल र यसको नियन्त्रण विधि’ शीर्षकमा बीवाईडीको पेटेन्ट राइट स्वीकृत भएको हो ।

यसका लागि बीवाईडीले एक एम्फीबायस कार र यसको नियन्त्रण विधि प्रदर्शन गरिसकेको छ । जसअनुसार यस गाडीको बडीसँगै प्याडल ह्वीलहरु जडान गरिएको हुन्छ । जसले प्याडल ह्वीलहरुको स्टेयरिङ एङगल समायोजन गर्न सकिन्छ ।

साथै प्याडल ह्वीलहरुको भर्टिकल दिशाको समानान्तर घुमाउरो अक्षको चारैतर्फ गाडीको बडीको सापेक्ष रोटेट गरी व्यवस्थित गरिएको हुन्छ ।

यस्तै पानीमा प्याडल ह्वीललाई घुमाएर गाडीको बडीलाई धकेल्ने प्रविधि यसमा जडान हुन्छ । यसले गाडीलाई पानीमा प्याडल चाल्न मद्दत गरेको हुन्छ ।

साथै वर्तमान एप्लिकेसनले वेडिङ भिहिकलको सुरक्षा र नियन्त्रण प्रणालीमा सुधार गर्न सक्ने पनि जनाएको छ । साथै विभिन्न प्रवाह दिशाहरु र प्रवाह गतिको साथ पानीमा स्थिर र सिधा रेखामा गाडी गुड्न सक्छ ।

पेटेन्ट एप्लिकेसन

पेटेन्ट एप्लिकेसनमा के उल्लेख छ भने यो भिहिकल १०० र सिपको संरचना एकआपसमा जोडिने वा हाबी हुने अवस्था हुँदैन।

साथै यसमा गाडी चलाउने यन्त्र प्रोपेलर र सिप चलाउने पावर मेकानिजम एक आपसमा अलग्गै हुन्छन् । यसैले सिङगल ब्लेड ह्वील १२१ जमिन र पानीको बहाब दुबैमा गुड्न सक्छ ।

कसरी विकसित भयो एम्फीबायस सवारी ?

सामान्यतया जमिन र पानी दुबैमा गुड्ने गाडी एम्फीबायस गाडी हो । यस्तो गाडीमा पानीमा गुड्नका लागि एक किसिमको प्याडल जडान हुन्छ । र एम्फीबायस सवारीमा कार मत्रै नभएर बाइसाइकल, एटीभी, बस, ट्रक, रेवले सवारी, लडाकु वाहन र होबरक्राफ्ट पर्छन् ।

तर क्लासिक ल्यान्डिङ क्राफ्ट भने एम्फीबायस सवारीमा पर्दैनन् । जवकि ती पानीमा चले पनि जमिनमा भने ती गुड्न सक्दैनन् । त्यस्ता सवारीलाई विशेषगरी वाटरफेयरको रुपमा लिइन्छ । यस्तै ग्राउन्ड इफेक्ट भिहिकल । जस्तो कि इक्रानोप्लान, सम्भवत जमिनले यस्ता सवारीलाई असर पारेको हुन्छ । यसैले पनि यस्ता सवारीलाई पनि एम्फीबायस सवारीको रुपमा लिइँदैन ।

एम्फीबायस सवारीका मुख्यगरी दुई श्रेणी हुन्छन् । एकथरी एयर कसन (होभरक्राफ्ट) मा यात्रा गर्छन् र अर्को एयर कसनमा चल्दैनन् । एयर कसनमा नचल्नेहरुमध्ये केही जमिन जस्तै आइस वा हिउँ, दलदल वा लेदो जस्ता ठाउँमा पनि चल्न सक्छन्।

यस्तै केही डिजाइनमा टायरको सट्टा यसमा ट्र्याकको उपयोग गरिएको हुन्छ । र कतिपय अवस्थामा बडी कन्फिगरेसन वा अन्य अपरम्परागत डिजाइन हुन्छन् । जस्तै स्क्रु प्रोपेल्ड सवारी । जसमा ब्यारलको उपयोग गरिएको हुन्छ । जसले गाडीलाई घुमाएर हिलो वा लेदोमा पनि लैजान सक्छ ।

धेरैजसो ल्यान्ड सवारीहरु । यतिसम्म कि हल्का बख्तरबन्द गाडीहरुलाई पनि प्रोपेलर वा वाटरप्रुफ प्रयोग गरेर एम्फीबायस बनाउन सकिन्छ । यो किन पनि सम्भव हुन्छ भने सवारीको विस्थापन आम रुपमा यसको तौलभन्दा धेरै हुन्छ । यसरी नै यो पानीमा पनि तैरिन सम्भव हुन्छ ।

सबैभन्दा पहिले एम्फीबायस गाडीहरुमा केही एम्फीबायस क्यारिज अर्थात् ढुवानीको लागि यसको प्रयोग गरिएको थियो । यसको डिजाइन पहिलो पटक जुलाइ १७७० मा गरिएको थियो । र नियोपोलिटन पोलिम्याथ प्रिन्स राइमोन्डो डी सांग्रोलाई यसको श्रेय जान्छ ।

जसलाई स्यामुएल बेन्थमले पनि १७८१ मा यसको नयाँ डिजाइन गरे र १९८७ मा त्यो गाडी निर्माण भएको थियो । साथै १७७५ देखि १८१९ सम्मको अवधिमा ओलिभर इभान्सले यस्तै प्रकृतिको एम्फीबायस ढुवानी साधन निर्माण गरेका थिए । जुन वाफको शक्तिबाट चलायमान हुन्थ्यो । जुन अमेरिकामा निर्माण भएको थियो ।

यस्तै १८७० को दशकमा पूर्वी क्यानडा वा उत्तरी संयुक्त राज्य अमेरिकामा लजिङ कम्पनीहरुले एलीगेटर नामको वाफबाट चल्ने एम्फीबायस टाँगाको विकास गरिएको थियो । जुन ताल र नदीहरुमा पार गर्नसक्थ्यो ।

१९२० को दशकको अन्त्यसम्म नाउ र अटोमोबाइललाई मिलाएर नयाँ डिजाइन दिने प्रयास गरिएको थियो । धेरैजसो नाउमा टायर राखेर रोलिङ गर्नमिल्ने गरी पानीमा खियाउन मिल्ने साधन बनाइयो । जुन एक कारको फ्रेममा थियो ।

सबैभन्दा पहिलो पेट्रोलबाट चल्ने एम्फीबायस ढुवानी सवारी अमेरिकामा १९०५ मा रिचमन्डले बनाएका थिए । सोही गाडीलाई विश्वकै पहिलो एम्फीबायस सवारीको रुपमा लिइन्छ । जुन तीनपांग्रे थियो । अगाडिको सिंगल पांग्राले जमिन र पानी दुबैमा दिशा तय गर्थ्यो । र जसमा तीन सिलिन्डर पेट्रोल राखिएको हुन्थ्यो । जसले पछाडिका ठूला आकारका ह्वीललाई सञ्चालन गर्थ्यो ।

त्यही प्राचीन सवारीको आविस्कारको विकसित रुप हाल अत्याधुनिक प्रविधिसहित निर्माण भइरहेको छ । विशेषगरी चिनियाँ कम्पनीले यसलाई विद्युतीय सवारीको रुपमा निर्माण गरेको छ । जसको पेटेन्ट राइट हालै चिनियाँ कम्पनी बीवाईडीले लिएको हो ।


क्लिकमान्डु