काठमाडौंको मुख्य बजारमा क्षेत्रमा घर र व्यवसायिक कम्प्लेक्स भाडामा (तस्बिरहरु)



काठमाडौं । काठमाडौं उपत्यकाका पुराना र विस्तारित बजारमा अहिले धेरै स्थानमा टु-लेट लेखेको देख्न पाइन्छ ।

मुख्य व्यापार हुने क्षेत्रका भवनहरुमा अहिले व्यापारिक र अफिसका बोर्ड कम, टु-लेट लेखेको मात्र देखिन पाइन्छ।

भव्य देखिने धेरै व्यापारिक मल अहिले सुनसान जस्तै छन् । सटरमा फोन नम्बरसहित ‘टु-लेट’ र ‘भाडामा’ लेखेका बोर्डहरु प्रशस्तै देखिन्छन् । व्यापारीहरुले पहिलाको भन्दा अहिले व्यापार व्यवसाय न्यून भएको बताइरहेका छन् ।

राजधानीका मलहरु कुनै बेला हप्ताको सातै बार भीडभाड हुने गरे पनि अहिलेको अवस्था फरक रहेको उनीहरुको भनाइ छ । ठूला मलहरुमा ग्राहकको उपस्थिति न्यून देखिन्छ ।

मनिष अर्याल/ नेपाल फोटो लाइब्रेरी


क्लिकमान्डु