बिवाईडीका गाडीको मूल्य १० लाखसम्म बढ्यो, कुन गाडीको अब कति पर्छ ?



काठमाडौं । चिनियाँ विद्युतीय कार बिवाईडीको मूल्य बढेको छ । नेपाली बजारमा बिवाईडीको भाउ १० लाख रुपैयाँसम्मले बढेको हो ।

बजेटमार्फत सरकारले विद्युतीय सवारीसाधन (ईभी) मा कर बढाउने निर्णय गरेसँगै बिवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले मूल्य बढाएको हो ।

साइमेक्स इंकले सार्वजनिक गरेको नयाँ मूल्यअनुसार बिवाईडी सिल (प्रिमियम) को १ करोड ४५ लाख ५० हजार रुपैयाँ पर्छ ।  कम्पनीले यस अघिको मूल्यमा ६ लाख रुपैयाँ बढाएको हो । बिवाईडी सिल (पर्फरमेन्स)को १ करोड ९५ लाख रुपैयाँ पर्छ । यो गाडीमा १० लाख  रुपैयाँ मूल्य बढेको छ ।

बिवाईडी सिल (डायनामिक) ५ लाख रुपैयाँ मूल्य बढेको छ । यो गाडी किन्न अब १ करोड १० लाख रुपैयाँ तिर्नुपर्छ । यसअघि यस गाडीको मूल्य १  करोड ५ लाख रुपैयाँ थियो ।

बिवाईडी डल्फिनको मूल्य ४१ लाख १५ हजार रुपैयाँ तिर्नुपर्छ । पुरानो मूल्य ३९ लाख ८० हजार रुपैयाँ थियो ।

बिवाईडी एट्टो थ्री

एट्टो थ्री (सुपेरियर)को ६७ लाख ८० हजार रुपैयाँ पुगेको छ । कम्पनीले ६५ लाख ८० हजार मूल्यमा २ लाख रुपैयाँ बढाएको हो।

एट्टो थ्री (एडभान्स) किन्नका लागि अब ५६ लाख ९० हजार रुपैयाँ तिर्नुपर्छ । यस अघिको पुरानो मुल्य ५५ लाख ९९ हजार रुपैयाँ थियो । ९१ हजार रुपैयाँ बढाएको हो । बिवाईडी नेपालमा सबैभन्दा बढी रुचाईको कार एट्टो थ्री हो ।

क्रस मोडल हालको मूल्य (रुपैयाँ)बढेको मूल्य (रुपैयाँ)
बिवाईडी सिल (प्रिमियम)१ करोड ३९ लाख१ करोड ४५ लाख  ५० हजार
बिवाईडी सिल (पर्फरमेन्स)१ करोड ८५ लाख१ करोड ९५ लाख
बिवाईडी सिल (डायनामिक)१ करोड ५ लाख१ करोड १० लाख
बिवाईडी डल्फिन३९ लाख ८० हजार४१ लाख १५ हजार
एट्टो थ्री (सुपेरियर)६५ लाख ८० हजार६७ लाख ८० हजार
एट्टो थ्री (एडभान्स)५५ लाख ९९ हजार५६ लाख ९० हजार
अल न्यु इ सिक्स ५९ लाख५९ लाख यथावत
स्रोत: साइमेक्स इंक

कम्पनीले अल न्यु इ सिक्सको मूल्य भने यथावत राखेको छ । यो गाडीको मूल्य ५९ लाख रुपैयाँ छ ।

सरकारले कुनैमा अन्तशुल्क र कुनैमा भन्सार बढाउदै समग्रमा १० प्रतिशत कर बढाएको छ । ५० किलोवाटसम्मको ईभीमा  सरकारले भन्सार दर १० प्रतिशतमा ५ प्रतिशत थपेर १५ प्रतिशत पुर्‍याएको छ। अन्तशुल्क छुट थियो । ५ प्रतिशले बढाइएको छ । समग्रमा १० प्रतिशत कर बढाइएको छ । ५१ देखपि १०० किलोवाटमा ५/५ प्रतिशत प्रतिशत भन्सार र अन्तशुल्क बढाएको छ । यसअघि १५ प्रतिशत भन्सार र १० प्रतिशत अन्त शुल्क थियो ।

१०१ देखि २०० किलोवाटसम्म ३० प्रतिशत भन्सार र २० प्रतिशत अन्तशुल्क पुर्‍याएको छ । यस अघि भन्सार २० प्रतिशत र अन्तशुल्क २० प्रतिशत थियो । २०१ देखि ३०० किलोवाटको २० प्रतिशत भन्सार बढाएको छ ।१० प्रतिशत अन्त शुल्क घटेको छ । ३०० भन्दा बढीमा २० प्रतिशत भन्सार बढेको छ । १० प्रतिशत अन्त शुल्क घटेको छ । समग्रमा १० प्रतिशत कर बढेको छ


दिनेश खड्का