प्रचण्डलाई लक्षित गर्दै बाबुरामले भने- सधैँभरी ठग्न सकिन्न



काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री प्रचण्ड लक्षित गर्दै सधैं भरी ठग्न नसकिने टिप्पणी गरेका छन् ।

कांग्रेस-एमालेसँगको सहमतिपछि सामाजिक सञ्जालमार्फत भट्टराईले प्रचण्डलाई लक्षित गर्दै भनेका छन्- ‘केहीलाई सधैँभरी ठग्न सकिन्छ, सबैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैंभरी ठग्न सकिन्न । सन्दर्भ बुझौं ।’

आफ्नो निर्वाचन क्षेत्र गोरखा प्रचण्डका लागि छोडेका भट्टराईको पछिल्लो समय सम्बन्ध बिग्रिएको छ। नेसपालाई विभाजित गरेर माओवादीमा विलय गराएपछि बाबुराम प्रचण्डसँग आक्रोशित छन् ।


क्लिकमान्डु