छोटो समयमै नेकपा एसले राजनीतिमा निर्णायक भूमिका खेल्यो: देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरण गर्न आवश्यक रहेको बताएका छन् ।

आइतबार नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेकपा (एकीकृत समाजवादी) पार्टीले आफ्नो स्थापना कालदेखि नै छोटो समयमा पनि नेपालको राजनीतिमा सकारात्मक महत्वपूर्ण निर्णायक भूमिका निर्वाह गरेको उल्लेख गरे ।

उनले नेपालको संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरण र यसै संविधानमार्फत मुलुकमा दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि प्राप्त गर्नु महत्वपूर्ण एजेण्डा रहेको बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाकाप्रति गहिरो प्रतिवद्धताका साथ नेकपा (एकीकृत समाजवादी)ले कार्य गरिरहेको उल्लेख गरे ।

‘नेकपा (एकीकृत समाजवादी) पार्टीले आफ्नो स्थापना कालदेखि नै छोटो समयमा पनि नेपालको राजनीतिमा सकारात्मक महत्वपूर्ण निर्णायक भूमिका निर्वाह गरेको छ । नेपालको संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरण र यसै संविधानमार्फत मुलुकमा दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि प्राप्त गर्नु महत्वपूर्ण एजेण्डा हुन्,’ उनले भने’संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाकाप्रति गहिरो प्रतिवद्धताका साथ नेकपा (एकीकृत समाजवादी)ले कार्य गरिरहेको छ । भविष्यमा पनि यसको निरन्तरता हुनेछ भन्ने विश्वास लिएको छु ।’

देउवाले नेपालको राजनीतिमा मुलुकमा शान्ति स्थापना गर्ने सवाल, संविधान निर्माण गर्ने सवालमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।


क्लिकमान्डु